• २१ फागुन २०८२, बिहिबार

दाङमा उत्साहजनक मतदान

blog

प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान गर्न लाइनमा बसेका मतदाता । तस्बिर : लीलाधर वली

लीलाधर वली 

घोराही, फागुन २१ गते । प्रतिनिधिसभा सदस्य चयनका लागि आज भएको निर्वाचनअन्तर्गत दाङमा उत्साहजनक रूपमा मतदान भइरहेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रियामा मतदाताहरू मतदान केन्द्रमा पुगेर शान्तिपूर्ण रूपमा आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् ।

जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा मतदाताको सहभागिता उल्लेखनीय रहेको छ । दाङमा निर्वाचनका लागि १५९ मतदान स्थलअन्तर्गत ४८४ मतदान केन्द्र तोकिएका छन् । तीमध्ये घोराही र तुलसीपुरस्थित कारागारमा दुईवटा अस्थायी मतदान केन्द्र पनि राखिएका छन् ।

जिल्लामा कुल ४ लाख ३१ हजार ६८६ मतदाता रहेका छन् । तीमध्ये २ लाख १३ हजार ३८० पुरुष, २ लाख १८ हजार ३०३ महिला र ३ जना अन्य मतदाता रहेका छन् ।