• २१ फागुन २०८२, बिहिबार

सप्तरीमा २६ प्रतिशत मत खस्यो

blog

मतदान स्थलमा मत खसाल्न लाइनमा मतदाता । तस्बिर : विनय कर्ण

विनय कर्ण
कल्याणपुर (सप्तरी) फागुन २१ गते ।
सप्तरीमा बिहीबार दिउँसो १ बजेसम्म २६ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय राजविराजका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा दिउँसो १ बजेसम्म २६ प्रतिशत मत खसेको हो ।

जिल्लाको स्थायी २९६ र अस्थायी दुई गरी २९८ मतदान स्थलको ५६२ मतदान केन्द्रमा २६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले जानकारी दिनुभयो ।

उहाँले अहिलेसम्म जिल्लामा शान्तिपूर्ण रूपमा मतदान भइरहेको उहाँले बताउनुभयो ।  चार वटा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा कुल चार लाख ४६ हजार ४०२ मतदाता रहेको छ ।