• २१ फागुन २०८२, बिहिबार

इलाम कारागारभित्रै मतदान

blog

प्रेम अधिकारी

पशुपतिनगर (इलाम),फागुन २१ गते । इलामको कारागारमा रहनुभएका कैदीबन्दीले मतदान गर्नुभएको छ। जिल्ला कारागारभित्र रहेको मतदान केन्द्रमा कैदीबन्दीले मतदान गरेका हुन्।

कारागारभित्र रहेको केन्द्रमा कुल दुई सय १४ मतदाता रहेका थिए। जसमा एक सय जना कैदी र रणसार्दुल गण इलामका नेपाली सेना एक सय १४ जना गरी दुई सय १४ जना उक्त मतदान केन्द्रमा सहभागी थिए।

कैदीबन्दीको सहजताका लागि कारागारभित्रै मतदान गर्ने व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकारी देवीचरण फुँयालले जानकारी दिनुभयो।