• २१ फागुन २०८२, बिहिबार

इलाममा मतपेटिका सङ्कलन सुरु

blog

प्रेम अधिकारी

पशुपतिनगर(इलाम) फागुन २१ गते । मतदान सकिए लगतै इलाममा मतपेटिका सङ्कलन सुरु भएको छ । जिल्लाका दुई वटै निर्वाचन क्षेत्रमा नजिक केन्द्र भएका मतपेटिका धमाधम आउन थालेको जिल्ला निर्वाचन अधिकारी देबीचरण फुँयालले जानकारी दिनुभयो । 

इलाम क्षेत्र नं. १ मा सूर्योदय नगरपालिकाभित्र र इलाम २ मा इलाम नगरपालिका भित्रको मतपेटिका आउन थालेको निर्वाचन अधिकारी फुँयालले जानकारी दिनुभयो । राती अबेर सम्म मतपेटिका सङ्कलन भैसक्ने निर्वाचन कार्यालयले जनाएको छ । 

मतपेटिका राती सङ्कलन भैसकेपछि भोली बिहानबाट गणना सुरु गरिने भएको छ । 

इलाममा दुई लाख ३१ हजार ८०९ मतदाता रहेका छन् । इलाममा एक सय ५० मतदान केन्द्रका दुई सय ९० मतदान स्थलमा मतदान भएको छ । इलाम क्षेत्र नं. १ मा १३ र २ मा १४ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् ।