छानबिनमा पूर्वाग्रहबाट मुक्त हुन कांग्रेस महामन्त्री शर्माको आग्रह
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फौजदारी वा कुनै घटनामा आरोप लागेका व्यक्तिमाथि छानबिन गर्दा पूर्वाग्रहबाट मुक्त भएर अनुसन्धान गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।
काठमाडौँ महानगरसँग समन्वयमा काम गर्न कांग्रेसको माग
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सङ्घीय सरकार र काठमाडौँ महानगरपालिकाबिच तत्काल समन्वय गर्न माग गर्नुभएको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ ।बिहीबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए)को स्थापनासँग सम्बन्धितसम्झौताको प्रावधानमाथी सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।
प्रतिनिधि सभा बैठकः तीन विधेयक पेस
प्रतिनिधिसभाको आजको बैठकमा तीन वटा विधेयक पेस गरिएका छन् । अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ र ‘भन्सार महसुल विधेयक, २०८१’ बैठकमा पेस गर्नुभएको हो ।
उपत्यकालाई सांस्कृतिक शहर घोषणा गरौंः प्रमुख सचेतक परियार
सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले काठमाडौं उपत्यकालाई सांस्कृतिक शहरको रुपमा घोषणा गर्नुपर्ने बताउनुभएको छ ।
मनसुन पूर्वतयारी तथा प्रतिकार्यको काम आजैदेखि सुरु भएको छ : गृहमन्त्री लामिछाने
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सरकारले मनसुनजन्य विपद् न्यूनीकरणका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोस्टको स्थापना गरिएको बताउनुभएको छ ।
अभिलेख संरक्षण विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस
प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको ‘अभिलेख संरक्षण पहिलो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१’ प्रतिनिधि सभा बैठकमा पेस गरिएको छ ।
सरकारले कोशी कटानसम्बन्धी समस्याको दिगो समाधान खोज्नुपर्छ : सांसद कार्की
नेपाली कांग्रेसका सांसद एवम् पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बर्षातमा हुने कोशी कटानको समस्या स्थायी रूपमा समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
विद्युतीय सामग्रीको प्रयोग बढाउन उपसभामुखको आह्वान
उपसभामुख इन्दिरा रानाले विद्युतीय सामग्रीको प्रयोग बढाउन आह्वान गर्नुभएको छ । बुधबार विश्व वातावरण दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
वडा समाजवादी कार्यक्रम सञ्चालन गर्न १३ जिल्लाका १३ वडा छनोट
बागमती प्रदेश सरकारले वडा समाजवादी कार्यक्रम कार्यान्वयन गर्न वडा छनोट गरी कार्यक्रम स्वीकृत गरेको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बुधबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा आ.व. २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहनेछ ।
राप्रपाले संसदमा अर्थमन्त्री खोजेपछि...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बजेटसम्बन्धी छलफलमा अर्थमन्त्रीको अनिवार्य उपस्थिति हुनुपर्ने भन्दै प्रश्न उठाएपछि प्रतिनिधिसभा बैठक आज १५ मिनेट स्थगन भयो ।
बजेट उत्पादनमुखी छ : अर्थमन्त्री पुन
राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत राजस्व र आयव्ययको छलफलमाथि उठेका प्रश्नको जवाफ दिँदै उहाँले विगतमा गरिएका आर्थिक सुधारका उपलब्धिलाई संस्थागत गर्ने र बदलिँदो विश्व अर्थ व्यवस्थामा मुलुकको वस्तुगत आवश्यकताको दृष्टिकोण बजेटमा रहेको सुनाउनुभयो ।
मधेश प्रदेश सभाको बैठक : दुई वटा विधेयक दफावार छलफलमा पठाउने निर्णय
मधेश प्रदेश सभाको बैठकले दुई वटा विधेयक दफावार छलफलका लागि सम्बन्धित विषयगत समितिमा पठाउने निर्णय गरेको छ ।
सांसदहरूद्वारा सदनमा बजेटका विविध पक्षको मिहिन विश्लेषण
सत्तापक्ष र प्रतिपक्षका सांसदले आगामी आर्थिक वर्षको बजेटलाई मिहिन रूपमा विश्लेषण गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा घोषणा गरिएको कर प्रणालीमा विरोधाभास देखिएको बताउनुभएको छ ।
सरकारले अस्पतालमा स्वास्थ्य सेवा शुल्क निर्धारण गर्नुपर्छ : सांसद कार्की
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवम् पूर्व स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले सरकारी तथा निजी क्षेत्रको अस्पतालहरूमा स्वास्थ्य सेवा शुल्क निर्धारण गर्न सरकारसँग माग गर्नुभएको छ ।
सरकारले कृषिमा प्राविधिक जनशक्ति वृद्धिमा ध्यान दिनु जरुरी छ : कांग्रेस सांसद राणा
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद डा. आरजु राणाले कृषिमा प्राविधिक जनशक्ति वृद्धि गर्न सरकारलाई सुझाव दिनुभएको छ।
विद्युतीय सवारीहरूमा लगाइएको कर फिर्ता लिन अध्यक्ष लिङदेनको आग्रह
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले विद्युतीय सवारीहरूमा लगाइएको कर फिर्ता लिन अर्थमन्त्रीलाई आग्रह गर्नुभएको छ ।
बजेट मिसन मोडमा काम गर्नेगरी क्षेत्र प्राथमिकीकरण भएर आएको छ : डा.वाग्ले
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट मिसन मोडमा काम गर्नेगरी क्षेत्रको प्राथमिकीकरण गरेर आएको बताउनुभएको छ।
शान्ति प्रक्रियाको बाँकी काम अविलम्ब टुङ्ग्याउनुपर्छ : सांसद सिटौला
नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले शान्ति प्रक्रियाका बाँकी कामहरू अविलम्ब टुङ्ग्याउनुपर्ने बताउनुभएको छ ।
सरकारले ल्याएको बजेट कार्यान्वयन चुनौतीपूर्ण : एमाले सचिव विष्ट
नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले सरकारले ल्याएको बजेट सन्तुलित भए पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।
उत्तेजक अभिव्यक्ति नदिन महानगरप्रमुख शाहलाई सांसद भट्टराईको सुझाव
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सांसद योगेशकुमार भट्टराईले राजनीतिक नेतृत्वप्रति उत्तेजक अभिव्यक्ति नदिन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई आग्रह गर्नुभएको छ ।
राष्ट्रिय सरकार गठन गरौँ : सांसद पाण्डे
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विक्रम पाण्डेले राष्ट्रिय सरकार बनाउनुपर्ने धारणा राख्नुभएको छ । मङ्गलबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्नुहुँदै सांसद पाण्डेले गणतान्त्रिक व्यवस्थाले गन्तव्यमा पुर्याउन नसक्ने भन्दै राष्ट्रिय सरकार गठन गरेर अघि बढ्नुपर्ने बताउनुभएको हो ।
विपदमा जनजीवन प्रभावित हुन नदिन सरकारलाई सांसदको सुझाव
प्रतिनिधि सभाका सांसदहरुले वर्षातमा हुने बाढी, पहिरो र डुबानबाट जनजीवनलाई प्रभावित हुन नदिने गरी पूर्वतयारी गर्न सरकारसँग माग गरेका छन् ।