प्रतिनिधिसभाको बैठक स्थगित
प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान ११ बजेका लागि तय भएको संसद सचिवालयका महासचिव पद्य प्रसाद पाण्डेयले जानकारी दिनुभयो ।
संसदमा काँग्रेसले असभ्य व्यवहार देखायोः एमाले अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली काँग्रेसले असभ्य व्यवहार गरेको बताउनुभएको छ।
कांग्रेसको अवरोधपछि राष्ट्रिय सभाको बैठक आइतबारसम्म स्थगित
राष्ट्रिय सभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विरोध जनाएको छ। सभाको कार्यतालिकामा प्रवेश गर्न नपाउँदै नेपाली कांग्रेसका सांसदले उठेर विरोध जनाएपछि सभा अवरुद्ध भएको हो।
बानेश्वरमा राष्ट्रिय सभाको कार्यव्यवस्था बैठक जारी
राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बानेश्वरमा जारी रहेको छ । संसद भवन नयाँ बानेश्वरमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालको नेतृत्वमा बैठक जारी भएको हो ।
प्रतिनिधि सभा बैठक २ बजेसम्मका लागि स्थगित
शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ ।
सदनको अवरोध अन्त्यका लागि प्रधानमन्त्री र सभामुखको बेग्लाबेग्लै परामर्श
संसदमा देखिएको गत्यवरोध अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बेग्लाबेग्लै राजनीतिक दलका नेतासँगको परामर्श गर्नुभएको छ ।
आज दुवै सदनको बैठक बस्दै
सङ्घीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । जसअनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्नेछ ।
कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित
प्रतिनिधि सभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित भएको छ । बैठक प्रारम्भ हुना साथ कांग्रेसका सांसदले रोष्टम घेराउ गर्दै विरोध जनाएपछि सभामुख देवराज घिमिरेले अर्को बैठक भोलि शुक्रबार बिहान ११ बजे बस्ने गरी स्थगित गर्नुभएको हो ।
राष्ट्रिय सभामा कांग्रेसको विरोध : शुक्रबारसम्मका लागि बैठक स्थगित
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विरोध गरेपछि बिहीबारको राष्ट्रिय सभा बैठक स्थगित भएको छ।
राष्ट्रियसभाको बैठक सर्यो
राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजेका लागि सारिएको छ । बिहीबार दिउँसो १ः१५ बजेका लागि बोलाइएको बैठक अपराह्न ४ः३० बजेका लागि सारिएको संसद सचिवालयका महासचिव पद्मप्रासद पाण्डेयले जानकारी दिनुभयो ।
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।
प्रतिनिधिसभा बैठक ४ बजेलाई सर्यो
बिहीबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजेलाई सारिएको छ ।
संसद् बैठकबारे प्रधानमन्त्री र सभामुखबिच टेलिफोनवार्ता
प्रतिनिधिसभाको बैठक निर्धारित समयभन्दा केही पछि बस्ने भएको छ । सभामुख देवराज घिमिरले सदन सञ्चालनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग टेलिफोनवार्तापछि बिहीबार बस्ने प्रतिनिधिसभा बैठक निर्धारित समयभन्दा केही पछि सञ्चालन हुने भएको हो ।
सङ्घीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै
सङ्घीय संसद् अन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । जसअनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु हुनेछ ।
एमालेमाथि लाञ्छना लगाउने प्रयास नगर्न कांग्रेसलाई ओलीको चुनौती
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसले गिरीबन्धु टी-स्टेटको जमिन कमिसनमा बेच्न दिएको आरोप लगाउनुभएको छ।
प्रतिनिधिसभाले जेठ ९ गते नीति तथा कार्यक्रम पारित गर्ने
प्रतिनिधिसभाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ ९ गते पारित गर्ने जनाएको छ । मङ्गलबार सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम ल्याएको थियो ।
राष्ट्रिय सभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुको विरोधपछि राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ । सहकारी प्रकरणको छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसका सांसदहरुको माग थियो ।
कांग्रेसद्वारा प्रतिनिधि सभा बैठक अवरुद्ध
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरुद्ध पारेपछि प्रतिनिधि सभा बैठक पनि स्थगित भएको छ ।
कांग्रेसद्वारा राष्ट्रिय सभा बैठक अवरुद्ध
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध पारेको छ । मङ्गलबार बसेको राष्ट्रिय सभाको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबारको संयुक्त सदनमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा धन्यवाद ज्ञापन गर्ने कार्यसूचि रहेपनि कांग्रेसले संसद अवरुद्ध पारेको हो ।
बागमती प्रदेश सभा : बजेटको सिद्धान्त र प्राथमिकता पेस
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रदेश सभाको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक प्रस्तुत गर्नुभएको छ ।
सदनका बैठक निर्बाध सञ्चालनका लागि सभामुखद्वारा प्रमुख सचेतकसँग छलफल
सभामुख देवराज घिमिरेले निर्बाध रूपमा सदन सञ्चालनको वातावरण बनाउने विषयमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्नुभएको छ ।
यस्तो छ संसद्को कार्यतालिका, संयुक्त सदनको बैठक ३ बजे
आज सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक हुँदैछ । दिउँसो ३ बजे सुरु हुने सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।
प्रदेश सभा बैठकः पूर्वाग्रह नराखी काम गर्न सरकारलाई सुझाव
बागमती प्रदेशसभाको आज अपराह्नमा बसेको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता बहादुर सिं लामाले पूर्वाग्राही नराखी प्रदेशको पूर्वाधार विकास, बजेट र योजनालाई भौगोलिक आवश्यकताअनुसार बाँडफाँट गर्न आग्रह गर्नुभयो ।
यस्तो छ मङ्गलबारको सङ्घीय संसद्को संयुक्त बैठकको सम्भावित कार्यसूची
मङ्गलबार साँझ ६ बजे सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने भएको छ । सोमबार संघीय संसदका महासचिव पदमप्रसाद पाण्डेयले संयुक्त बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्नुभएको छ ।