• १६ असार २०८१, आइतबार

प्रतिनिधि सभाबाट अभिलेख संरक्षण विधेयक पारित

blog

सङ्घीय संसद भवन नयाँबानेश्वरमा आज बसेको प्रतिनिधि सभाको बैठकमा सहभागीहरु । तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौँ, असार १३ गते । प्रतिनिधि सभाले अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक, २०८१ पारित गरेको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरेको हो ।

सभामुख देवराज घिमिरेले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक असार १४ गते शुक्रबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।