राष्ट्रियसभाको बैठक सर्यो
राष्ट्रियसभाको आजको बैठकको समय परिवर्तन
प्रधानमन्त्रीद्वारा नीति तथा कार्यक्रम प्रस्ताव छलफलका लागि पेश
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आ.व. २०८१÷८२ को नीति तथा कार्यक्रम माथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेश गर्नुभएको छ ।
प्रतिनिधिसभा बैठक, नीति कार्यक्रम पारित गर्ने तयारी (प्रत्यक्ष प्रसारण)
प्रतिनिधिसभा बैठक एक घण्टा ढिलोगरी सुरु भएको छ । आजको बैठकमा नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरिए पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्नो विरोध जारी राखेको छ ।
‘सदनको गतिरोध अन्त्यका लागि कार्यदलमा सहमति जुटाउन भगीरथ प्रयास गर्छौ’
सङ्घीय संसदका दुवै सदनमा जारी गतिरोध अन्त्य गर्न प्रमुख राजनीतिक दलका प्रतिनिधि सम्मिलत कार्यदलमा सहमति जुटाउन भगीरथ प्रयास गरिने कार्यदलका एक जना सदस्यले बताउनुभएको छ ।
राष्ट्रियसभा बैठक स्थगित
राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उठेर विरोध जनाएपछि सञ्चालन हुन नसकेको हो ।
संसदलाई विधिसम्मत रुपमा छलफलको केन्द्र बनाऔँ : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे संसदलाई विधिसम्मत रुपमा छलफलको केन्द्र बनाउनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको बैठक आइतबारका लागि सर्यो
आज बिहान ११ बजेका लागि तय भएको बैठक करिब डेढ घण्टा ढिलो गरी मात्र सुरु भएलगत्तै नेपाली कांग्रेसलगायतका प्रतिपक्षी दलले अवरोध गरेको थिए । सभामुख देवराज घिमिरेले प्रतिपक्षी दलको मागबमोजिम संसदीय छानिबन समितिको कार्यदलको बैठक जारी रहेको भन्दै बैठक सञ्चालन सहजीकरणका लागि आग्रह गर्नुभएको थियो ।
संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक
सहकारीको रकम हिनामिनाको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेशको विषयमा छलफल सुरु भएको छ।
लगानी सहजीकरणसम्बन्धी अध्यादेश प्रतिनिधि सभामा पेस
प्रतिनिधि बैठकमा ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस भएको छ । मङ्गलबार बसेको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उक्त अध्यादेश पेस गर्नुभयो ।
नीति तथा कार्यक्रममाथि शुक्रबार छलफल
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा यही जेठ ११ गते छलफल हुने तय भएको छ ।
राष्ट्रिय सभाबाट राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधकाबिच राष्ट्रिय सभाबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित भएको छ ।
राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता प्रस्ताव स्वीकृत
प्रतिनिधि सभाबाट राजनीतिक दलसम्बन्धी संशोधन विधेयक–२०८० लाई फिर्ता गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।
प्रतिनिधि सभाबाट राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित
प्रतिनिधि सभाले राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पारित गरेको छ । मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबानीकै बिचमा सभामुख देवराज घिमिरेले राष्ट्रपति पौडेललाई धन्यावाद दिने प्रस्ताव निर्माणार्थ पेस गर्नुभएको हो ।
संसद्मा कांग्रेसको अवरोध कायमै
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति गठन नभएसम्म संसद्का कामकारबाही अघि बढ्न नसक्ने जनाउँदै संसद् बैठक अवरोध गरेको छ ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । मङ्गलबार मध्याह्नबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची रहेको छ ।
संसदबाट प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया सुरु (प्रत्यक्ष प्रसारण)
पन्ध्र मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पुनः सुरु भएको छ । बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकलाई सम्बोधन गर्दै सांसदसँग विश्वासको मत माग्नुभएको छ ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठक सोमबार बिहान ११ बजेबाट सुरु भएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनुहुने कार्यसूचि रहेको छ ।
विश्वासको मत लिने कार्यक्रमलाई प्रभावित नगर्न सभामुखको आग्रह
सभामुख देवराज घिमिरेले मुलुकको कार्यकारी प्रमुखले संसद बैठकमा आफ्नो बहुमत परीक्षण गर्छु भन्दा त्यसलाई प्रभावित गर्न नहुने बताउनुभएको छ । आज नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा उहाँले सो कुरा बताउनुभएको हो ।
न्यायको खोजीमा महान्यायाधिवक्ताको कार्यालयलाई पत्राचार गरेँ : उपप्रधानमन्त्री लामिछाने
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि सहकारी गठीको आरोप लगाएपछि न्यायको खोजीमा महान्यायाधिवक्ताको कार्यालयलाई पत्र लेख्नुपरेको बताउनुभएको छ। महान्यायाधिवक्ताको कार्यालय दुरुपयोग गरेर सहकारी ठगी प्रकरणमा बच्न खोजेको आरोप लागिरहेका बेला सो स्पष्टीकरण दिनुभएको हो।
गृहमन्त्रीले सम्बोधन गर्नुभएपछि प्रतिनिधि सभाको बैठक स्थगित
काठमाडौँ, जेठ ६ गते । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्बोधन गर्नुभएपछि आइतबारको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले गृहमन्त्रीले सम्बोधन गर्नुभएपछि कार्यसूचीमा रहेका विषय सूचीबाट हटाएको सदनलाई जानकारी गराउदै बैठक स्थगित भएको घोषणा गर्नुभएको हो। प्रतिनिधि सभाको अर्को बैठक सोमबार बिहान ११ बजे बस्नेछ । प्रतिनिधिसभोको बैठक आइतबार बिहान ११ बजे बस्नेगरी तय भएकोमा दलहरुबीच संसदीय छानबिन समितिको कार्यादेशमाथि सहमति जुट्न नसकेपछि दिउँसो २ बजेसम्मका लागि सारिएको थियो । त्यो अवधिमा पनि दलहरुबीच सहमति नजुटेपछि दोस्रोपटक सारेर साढे ४ बजेका लागि निर्धारण गरिएको थियो । बैठक सुरु भएपछि उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई सभामुख देवराज घिमिरेले बोल्न समय दिनुभएको थियो ।
प्रतिनिधि सभाको बैठक (प्रत्यक्ष प्रसारण)
आइतबार पटकपटक स्थगित भएको प्रतिनिधिसभाको बैठक साँझ बसेको छ । अहिले प्रतिनिधि सभाको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्बोधन गर्दै हुनहुुन्छ ।
गृहमन्त्री लामिछानेलाई छानबिनको दायरामा ल्याउनुपर्ने कांग्रेसको अडान यथावत्
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समितिमा सहकारी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर जानुपर्ने अडान लिएको छ।
प्रतिनिधि सभा बैठक ४:३० बजेका लागि सर्यो
दिउँसो २ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक ४ : ३० बजे बस्ने गरी बोलाइएको छ। यसअघि बिहान ११ बजेका लागि बोलाइएको बैठकसमेत स्थगित भएको थियो।
राष्ट्रिय सभाको बैठक सोमबार बस्ने
आइतबार दिउँसो पटकपटक स्थगित भएको राष्ट्रिय सभाको बैठक सोमबार मात्र बस्ने भएको छ ।