• २२ असार २०८१, शनिबार

संसदमा साङ्केतिक भाषाको दोभासे राख्न माग

blog

फाइल तस्बिर

काठमाडौँ, असार १९ गते । संसदमा साङ्केतिक भाषाका लागि दोभासे राख्न माग गरिएको छ । राष्ट्रियसभाको आज बसेको बैठकको शून्य समयमा सांसद पदमबहादुर परियारले दोभासे राख्न माग गर्दै श्रवण शक्ति कमजोर भएकाहरूका लागि संसद् गतिविधिबारे जानकारी गराउन आवश्यक रहेको बताउनुभयो । 

“संसदमा भएको प्रत्यक्ष प्रसारण र रेकर्डसमेत साङ्केतिक भाषामा हुनसकेको छैन,” उहाँले भन्नुभयो, “यसले संसदमा भएका नीति निर्माणका कुरा सुन्नबाट श्रवण शक्ति कमजोर भएकाहरू वञ्चित भएका छन् ।” संसद्को गतिविधि रेकर्डसमेत साङ्केतिक भाषामा प्रयोग नगरिएको हुँदा सरकारले साङ्केतिक भाषाको दोभासे राख्न सांसद परियारले माग गर्नुभयो । रासस