• १९ असार २०८१, बुधबार

महिला उत्थान कार्यक्रमलाई व्यवस्थित गर्नुपर्छ : सांसद अर्याल

blog

राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद उर्मिला अर्याल

काठमाडौँ, असार १७ गते । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद उर्मिला अर्यालले महिला उत्थान कार्यक्रमलाई व्यवस्थित गर्न माग गर्नुभएको छ । सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो माग गर्नुभएको हो ।

सांसद अर्यालेले महिला उत्थान कार्यक्रममा खर्च भएको तर कार्यक्रममा पहुँच नरहेको र पालिकाहरुकसँगको समन्वय हुन नसकेको भन्दै पुनः स्थापित गर्न आग्रह गर्नुभयो । उहाँले बालमन्दिरको जग्गाको खोजी गर्न आग्रह गर्नुभयो । उहाँले बाल मन्दिर ध्वस्त भएको भन्दै सम्पत्ति सबै खोजेर व्यवस्थित गर्न आग्रह गर्नुभयो । उहाँले सडक बालबालिकाको उपयुक्त पुनः स्थापनालाई फेरि नयाँ सिराबाट अघि बढाउन आग्रह गर्नुभयो ।

‘‘महिला उत्थान कार्यक्रम खर्च भयो तर कार्यक्रम पहुँच नरहेको पालिकाहरुकसँगको समन्वय हुन सकेको छैन । त्यसलाई फेरि पुनः स्थापित गरेर जानुपर्छ । बालमन्दिरको जग्गाको खोजी हुनुपर्‍यो । बाल मन्दिर ध्वस्त भएको छ, त्यसको जग्गा, त्यसका सम्पत्ति, सबै खोजेर त्यसलाई व्यवस्थित गर्नुपर्छ ।,’’ सांसद अर्यालले भन्नुभयो, ‘‘सडक बालबालिकाको उपयुक्त पुनः स्थापनालाई फेरि नयाँ सिराले जानुपर्छ । बालबालिका खोजतलास सेवा टोल फ्रि नम्बर १०४, त्यो म आफैँ मन्त्री भएको बेलामा कार्यान्वयन गराएको थिएँ । त्यहाँ अहिले बेथिति भइरहेको अवस्था छ । अब बालबालिकाको पुनः स्थापना भन्नेकुरा त्यसरी हराएर रहेका बच्चाहरू अनाथ बच्चालाई पालिकस्तरमै गर्न पाए व्यवस्थित हुन्छ ।’’ उहाँले सङ्घीयताको मर्मअनुसार कार्यक्रमहरू बनाउन सुझाव दिनुभयो ।