नेपालकै विश्वविद्यालयमा विद्यार्थी टिकाउन सांसदको जोड
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा उच्च शिक्षाका लागि स्वदेशकै विश्वविद्यालयमा विद्यार्थी टिकाउने वातावरण सिर्जना गर्न जोड दिइएको छ ।
सदनमा कुरा त राख्छु, सम्बोधन हुँदैन : नेत्री सिंह
राजनीतिमा होमिन आमरुपमा महिलाका लागि त्यति सहज छैन । पछिल्लो लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले भने राजनीतिमा महिला समावेशीतालाई बाध्यकारी बनाइदिएको छ । फलस्वरुप चाहेर वा नचाहेर घुम्टो पन्छाउँदै घरदेखि सदनसम्म आउन मधेसका महिला तयार हुनुहुन्छ ।
सभामुख–प्रमुख सचेतकबिचको छलफल निष्कर्षविहीन
संसद्को गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले प्रमुख सचेतकसँग गर्नुभएको छलफल बिना निष्कर्ष सकिएको छ।
नीति तथा कार्यक्रम तयारी सम्बन्धमा सभामुखको कार्यकक्षमा छलफल
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रमको तयारीको विषयमा सिंहदरबारमा छलफल गर्नुभएको छ।
प्रदेशसभाको अधिवेशन सोमबारबाट सुरु
बागमती प्रदेशसभाको अधिवेशन सोमबारका लागि आह्वान गरिएको छ । बजेट अधिवेशनको रुपमा रहेको प्रदेशसभाको अधिवेशन बागमती प्रदेश सरकारको सिफारिशमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आह्वान गर्नुभएको हो ।
देशको समृद्धिका लागि सोचेअनुसार काम भएन : अध्यक्ष दाहाल
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले देशको समृद्धिमा सोचेअनुसार काम नभएको बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
सदनको अवरोध हटाउन अनौपचारिक संवाद
सङ्घीय संसदमा उत्पन्न गतिरोध फुकाउन प्रमुख राजनीतिक दलका नेताहरूले आन्तरिक तथा अनौपचारिक संवादलाई जारी राखेका छन् ।
प्रतिनिधिसभा बैठक जेठ १ गतेसम्मका लागि स्थगित
प्रतिनिधिसभा बैठक जेठ १ गतेसम्मका लागि स्थगित गरिएको छ ।
कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगन
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले अवरोध गरेपछि राष्ट्रियसभाको आजको दोस्रो बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगन गरिएको छ ।
संसदीय छानबिन समिति नबनेसम्म दुवै सदनको बैठक अघि बढ्न सक्दैन
राष्ट्रिय सभामा नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाएर छानबिन नभएसम्म दुवै सदनको बैठक सञ्चालन गर्न नदिने बताउनुभएको छ।
समाजमा गुणात्मक परिवर्तन गर्नसक्ने बजेट आओस्ः सांसद भुषाल
राष्ट्रियसभामा नेकपा (एकीकृत समाजावादी) का सांसद डा. वेदुराम भुषालले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट समाजमा गुणात्मक परिवर्तन गर्नसक्ने किसिमका हुनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभामा कांग्रेसको अवरोध
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक अवरोध भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको हो ।
सङ्घीय संसद् अधिवेशन : प्रतिनिधि सभाको बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको छ।
कांग्रेस वर्तमान गठबन्धन भत्काउन सुरुबाटै लागेको छः नेता दाहाल
राष्ट्रियसभामा नेकपा (एमाले)का संसदीय दलका नेता देवेन्द्र दाहालले वर्तमान गठबन्धन बनेको सुरुवाती दिनदेखि नै सरकार परिवर्तनको खेल सुरु भएको बताउनुभएको छ ।
राष्ट्रियसभाः डढेलो नियन्त्रणमा सक्रिय हुन आग्रह
राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता देवेन्द्र दाहालले देशका विभिन्न स्थानमा पछिल्लो समयमा भएको वनजङ्गलको डढेलो र आगलागी नियन्त्रणका लागि सरकारले सक्रियतापूर्वक काम गर्नुपर्ने माग गर्नुभएको छ ।
राष्ट्रियसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन सुरु भएको छ ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य भण्डारीद्वारा शपथ ग्रहण
बझाङ क्षेत्र नम्बर (१) उपनिर्वाचनबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
विधायन समितिबाट सुरक्षित कारोबारसम्बन्धी विधेयक पारित
राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८० सम्बन्धी प्रतिवेदन पारित भएको छ ।
बुबाको मार्गनिर्देश अनुसार अघि बढ्छु: सांसद नेम्वाङ
प्रतिनिधिसभाका नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले इलामेली जनताको माया, विश्वास र भरोसाका कारणबाट आफू विजयी भएकाले त्यहाँका जनताले भोग्दै आएका समस्या समाधान गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नवनिर्वाचित सांसद नेम्वाङद्वारा शपथ
प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य सुहाङ नेम्वाङले बुधबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
संसद्लाई समस्या समाधानको थलो बनाऔँ : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले संसद् बैठकलाई रोकतोक बिना अगाडि लैजान महत्त्वपूर्ण आधार तयार भएको बताउनुभएको छ ।
कांग्रेसको व्यक्ति लक्षित संसदीय समितिको माग सम्भव छैन : महेश बर्तौला
नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली कांग्रेसले व्यक्ति विशेष संसदीय समितिको माग गरेको भन्दै संसदीय छानबिन समिति बनाउने कुरा असम्भव रहेको बताउनुभएको छ।
प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँग सभामुखको छलफल
आज सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसहितका राजनीतिक दलहरूका शीर्ष नेताहरूसँग छलफल गर्दै हुनुहुन्छ । शीर्ष नेताहरूसँगको छलफल आज बिहान ११ बजे सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा हुनेछ ।
आँबुखैरेनीमा ‘नमुना युवा संसद्’ अभ्यास सुरु
तनहुँको आँबुखैरेनी गाउँपालिकामा नमुना युवा संसद् अभ्यास तथा नमुना गाउँ सभा प्रशिक्षण सुरु भएको छ ।