• १५ असार २०८१, शनिबार

प्रतिनिधिसभाको अर्को बैठक १३ गते बस्ने

blog

गोरखापत्र अनलाइन

काठमाडौँ, असार ११ गते । प्रतिनिधिसभाको अर्को बैठक असार १३ गते बिहीबार बिहान ११ गते बस्नेगरी स्थगित भएको छ । आजको दैनिक कार्यसूचीमा रहेको क्रमसङ्ख्या ६ को कार्यसूची हटाइएको जानकारी दिँदै सभामुख देवराज घिमिरेले अर्को बैठक १३ गते बिहान ११ बजे बस्नेगरी स्थगित भएको जानकारी गराउनुभयो ।

क्रमसङ्ख्या ६ मा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदनसहितको अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८ माथि छलफल गरियोस्’ र ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।