• १६ भदौ २०८१, आइतबार

बालश्रमबाट उद्धार गरिएका बालबालिकालाई उचित व्यवस्था गरियोस् : सांसद कंशाकार

blog

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विन्द्यवासिनी कंशाकार

काठमाडौँ, असार १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विन्द्यवासिनी कंशाकारले बालश्रमबाट उद्धार गरिएका बालबालिकालाई उचित व्यवस्था गर्न आग्रह गर्नुभएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

सांसद कंशाकारले नेपालमा अहिले पनि १० लाख ८१ हजार बालबालिका श्रममा छन् । त्यसमध्ये दुई लाख २२ हजार बालबालिका जोखिममुक्त अवस्थामा श्रम गर्न बाध्य रहेको बताउनुभयो । उहाँलेत्यसमध्ये दुई लाख २२ हजार बालबालिका जोखिममुक्त अवस्थामा श्रम गर्न बाध्य रहेको बताउनुभयो । उहाँले बालश्रम रोक्न स्थानीय तहको भूमिका निकै महत्त्वपूर्ण भए पनि स्थानीय तहहरूले चासो नदेखाएको जिकिर गर्नुभयो । उहाँले बालश्रमबाट उद्धार गरिएका बालबालिकालाई भोलिका दिनमा फेरि काममा फर्किने अवस्था आउन नदिन बालबालिकाका लागि उचित व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

‘‘नेपालमा अहिले पनि १० लाख ८१ हजार बालबालिका श्रममा छन् । त्यसमध्ये दुई लाख २२ हजार बालबालिका जोखिममुक्त अवस्थामा श्रम गर्न बाध्य छन् । हामीले संविधान र विभिन्न कानुनमार्फत यसलाई रोक्न खोजे पनि यसले सार्थकता पाउन सकेको छैन । बालश्रम रोक्न स्थानीय तहको भूमिका निकै महत्त्वपूर्ण भएपनि स्थानीय तहहरूले यसप्रति चासो देखाएको देखिँदैन ।,’’ सांसद  कंशाकारले भन्नुभयो, ‘‘विभिन्न बहानामा बालबालिकालाई आर्थिक प्रलोभन देखाइ जोखिमयुक्त काममा लगाउनेलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गर्दछु । बालश्रमबाट उद्धार गरिएका बालबालिकालाई भोलिका दिनमा फेरि काममा फर्किने अवस्था आउन नदिन बालबालिकाका लागि उचित व्यवस्था गर्दै, शिक्षा, स्वास्थ्य मनोरञ्जन, पोषणयुक्त खानासहितको बालबालिकाको अधिकारको सुनिश्चितता गर्न यस सदनमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’’

उहाँले बालबालिकालाई शिक्षा, स्वास्थ्य मनोरञ्जन, पोषणयुक्त खानासहितको बालबालिकाको अधिकारको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।