• १२ असोज २०८१, शनिबार

राष्ट्रिय सभा बैठकः तिलगङ्गा विधेयक पेस

blog

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ । फाइल तस्बिर

काठमाडौँ, असार १० गते । राष्ट्रिय सभाको आजको बैठकमा ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ पेस गरिएको छ । सभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले उक्त विधेयक पेस गर्नुभएको हो ।

बैठकले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही असार १३ गते बिहीबार दिउँसो १:१५ बजे बस्नेछ । रासस