• १९ असार २०८१, बुधबार

बीआरआई सम्झौतालाई कार्यान्वयन गर्नुपर्छ : सांसद श्रेष्ठ

blog

नेकपा (एमाले) का सांसद लिलानाथ श्रेष्ठ

काठमाडौँ, असार १७ गते । नेकपा (एमाले) का सांसद लिलानाथ श्रेष्ठले बीआरआई सम्झौतालाई कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्नुहुँदै सांसद श्रेष्ठले बीआरआई सम्झौता कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको हो ।

उहाँले बीआरआई परियोजनाको सम्बन्धमा विभिन्न टिप्पणीहरू हुने गरेको भन्दै सरकारले सम्झौता गरिसकेको कुरालाई कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले सम्झौता कार्यान्वयन गर्ने कुरा दुई देश बिचको विश्वसनीयतासँग पनि सम्बन्धित भएको जिकिर गर्नुभयो ।

सांसद श्रेष्ठले  भन्नुभयो, ‘‘दुई देशबिचको महत्त्वपूर्ण योजना हो । जसले नेपालको विकासमा धेरै ठुलो महत्त्व राख्छ । जुन एमओयुमा सम्झौता भएको छ, नेपालको हितलाई ध्यानमा राखेर अहिलेको सरकारले कार्यान्वयनसम्बन्धी जुन सम्झौता छ, यसलाई नेपालको हितमा अगाडि बढाउनुपर्छ । यसमा दुई मत छैन । त्यसको लागि दुई देश बिचको विश्वसनीयताको कुरा हो ।’’

भारत लगायतका देशहरूसँग गरिएका सम्झौताहरूलाई पनि कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।