• ७ पुस २०८१, आइतबार

सरकारले बस्ती बसाउन सुरक्षित स्थानबारे जानकारी दिनुपर्छ : सांसद राणा

blog

नेपाली कांग्रेसका सांसद डा. आरजु राणा मङ्गलबार प्रतिनिधि सभा बैठकमा समसामयिक विषयमा धारणा राख्दै । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौँ, असार २५ गते । नेपाली कांग्रेसका सांसद डा. आरजु राणाले सरकारले बस्ती बसाउनका लागि सुरक्षित स्थानका बारेमा जानकारी दिनुपर्ने बताउनुभएको छ ।

मङ्गलबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद राणाले सरकारले बस्ती बसाउनका लागि सुरक्षित र असुरक्षित स्थानका बारेमा जानकारी दिनुपर्ने बताउनुभएको हो ।

उहाँले सरकारले जहाँको पनि जग्गा किनबेच गर्न दिने गरेको भन्दै सुरक्षित जमिन र असुरक्षित जमिनको बारेमा स्पष्ट पार्नुपर्ने बताउनुभयो । उहाँले मानिसहरुले खोला वरिवरि घर बनाउँदा विपदमा पर्ने गरेको भन्दै खोला वरिपरि कति दूरीसम्म घर बनाउन सकिन्छ भन्नेमा मापदण्ड नै बनाउनुपर्ने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘नेपाल सरकारले कुन ठाउँमा बस्ती बसाउनलाई सुरक्षित हो । कुन ठाउँमा बस्ती बसाउनलाई सुरक्षित होइन भनेर भनिदिनु पर्छ । भूमी सुधार मन्त्रालय छ, तर मन्त्रालयले जहाँको पनि जग्गा किनबेच गर्न दिन्छ । मध्यवर्ति क्षेत्र जीवजन्तुको सुरक्षाका लागि राखेका छौँ । तर मान्छेको सुरक्षाका लागि पनि खोलाको वरिवरि घर बनाउनु हुँदैन । कहाँसम्म बनाउने, कहाँसम्म नबनाउने भन्ने मापदण्ड हाम्रो देशले पनि तयार पारेर दिनुपर्छ ।’’

सांसद राणाले हिमतालहरुको सुरक्षाका लागि विशेष योजना बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।