• ७ पुस २०८१, आइतबार

जलस्रोत विधेयकलाई छलफलका लागि सम्बन्धित समितिमा पठाइयो

blog

संसद् भवन नयाँ बानेश्वरमा मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत जलस्रोत विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौँ, असार २५ गते । प्रतिनिधि सभाले जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाएको छ ।

मङ्गलबारको प्रतिनिधि सभा बैठकले जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको हो ।

बैठकमा प्रधानमन्त्रीको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन(२०७९ साउन–२०८० असार) पेस गर्नुभयो ।

प्रतिनिधि सभाको आगामी बैठक असार २७ गते बिहीबार दिउँसो ४ बजे बस्नेगरी बोलाइएको छ ।