प्रधानमन्त्री केपी ओलीले देशका ७७ जिल्ला जोड्ने सडक सञ्जाल (मोटर बाटो) हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित चुवा (गौरी) नदी/खोलामाथि निर्माण भएको बेलिब्रिजको असार २२ गते उद्घाटन गर्दै हुनुहुन्छ । उक्त ब्रिज नेपाली सेनाले निर्माण गरेको हो । कर्णाली प्रदेशको मोटरबाटोले काठमाडौँ र सिमकोट हुम्ला मात्रै जोडेन कि भारत–नेपाल–चीनको नग्रिप्रिफेक्चर (प्रान्त) (पुराङ काउन्टी) जोड्दै तीन देशबिच सेतु (राष्ट्रिय सडक सञ्जाल) को काम गर्ने कर्णाली कोरिडोर ट्र्याक पनि सम्पन्न भएको छ । यो कोरिडोर झन्डै ५६५ किमी (जमुनाह–हिल्सा) लामो छ । यसले भारतको उत्तरप्रदेश (युपी) को रुपैडिया–नेपालको बाँके जिल्ला जमुनाह नेपालगन्ज–कोहलपुर हुँदै सुर्खेत–दैलेख–कालीकोट–आछाम–बाजुरा (कर्णाली नदीको वारिपारि) मुगु, हुम्ला उत्तरी सीमानाका हिल्सा हुँदै मेनल्यान्ड चीनको–ताक्लाकोट (पुराङ काउन्टी सीमा बजार) हुँदै पवित्र तीर्थस्थल मानसरोवर कैलाश सहजै दुई दिनभित्र यात्रा सम्पन्न गर्न सकिने भएको छ । यो राजमार्गले तिनै देशलाई सडक सञ्जालबाट आवतजावत, बन्द व्यापार र धार्मिक एवं साहसी पर्यटकीय थ्री–व्रmस कन्ट्रीलाई फाइदा पु-याएको छ । अति दुर्गम तथा पिछाडिएको नेपालको पश्चिमउत्तर कर्णाली भूभागको विकासको रूपान्तरण –लाइफ लाइन) यसले निर्धारण र सहजीकरण गर्ने छ ।
यो सडक निर्माणको सम्पूर्ण खर्च र सिप नेपालीको हो । यसबारे पुनः उनै मिलन लामाको ‘कर्णालीमा बाटो बन्यो, मोटर चल्यो सुर्खेत÷जुम्ला÷कालीकोटको’ भन्ने अर्को रोचक एवं यथार्थपरक लोकगीत उनैले वा अर्का देउडा गायक जोकोहीले रचना गर्ने छन् । यसले कर्णाली क्षेत्रका अथाह सम्पदा र नेपाली दुनियाँ एवं विदेशीलाई चिनाउने छ । सिन्धुपाल्चोकको तातोपानी नाका, रसुवागढी नाका, मुस्ताङको कोरोला नाका हेर्न अति आतुर नेपालीले हुम्ला–लाप्चा र हिल्सा नाकाबाट विश्वप्रसिद्ध तीर्थस्थल मानसरोवर कैलाश काखमा राखेर नेपालको बल्कोनी हुम्ला–लाप्चाको खुला चिडियाखानाबाट दर्शन एवं पूजापाठ सस्तो खर्च (८/१० हजार रुपियाँ) मा एकहप्ते यात्राबाट सम्पन्न गर्ने छन् । जय ! बहादुर नेपाली सेना र कर्णालीवासी, बधाई एवं धन्यवाद छ । सडक सञ्जाल निर्माणमा नेपाल र नेपालीले प्रजातन्त्र पुनस्र्थापना (२०४७ साल) पछि अकल्पनीय योगदान गरेका छन् ।
विकासनिर्माणका व्रmममा सडक सञ्जाललाई मेरुदण्डका रूपमा लिइन्छ । यो नेपालको ठुलो उपलब्धि हो । कर्णाली नदीको उद्गम स्थल कहाँ रहेछ, यसबारे जनविश्वास के छ, यो नदीको पानीको उपयोगको स्थिति÷सम्भाव्यता के छन्, आदिबारे युएसएडको पानी परियोजनाको सहयोगमा यो कलमजीवीलगायत झन्डै तीन दर्जन व्यक्ति सम्मिलित समूहले ५६ दिने यात्रा गरेर धेरै कुरा पत्ता लगाइसकेको छ । यही पैदल तथा जलयात्राको अनुभवमा नेपालको दक्षिण जमुनाह सीमा पोस्टबाट उत्तरको हिल्सा सीमा पोस्ट आवतजावत गर्ने यो मोटरबाटो अति नै कौतूहल, रहस्यमय र भविष्यमा यस सडक सञ्जालले प्रभाव पार्ने कर्णाली, राप्ती र चिसापानी क्षेत्र खास गरी बर्दिया र कैलालीलाई प्रत्यक्ष लाभ पुग्ने निश्चित छ । यो पैदल/जलयात्राले नेपालगन्ज/धनगढी/सुर्खेतबाट ताक्लाकोट हवाई यात्रा गर्ने स्वदेशी र विदेशी तीर्थयात्रीलाई कम खर्च र समयमा, तीन देशका थरी थरी भूसंरचना, त्यहाँका बासिन्दासँग रहेको संस्कृति, आर्थिक कारोबार, व्यापार व्यवसायले पक्कै पनि तीन देशलाई प्रत्यक्ष एवं परोक्ष फाइदा पुग्ने छ । यो क्षेत्र भ्रमण गरेर मात्रै हेर्नुस्, तपाईंले अनुमान गरेभन्दा नेपाल, भारत तथा चीनबाट सबैभन्दा बढी आर्थिक कारोबार हुने छ । यस भेगमा अथाह आर्थिक सम्भाव्यता उजागर हुने छ र विविध विकासका आयाम पत्ता लाग्ने छन् ।
वर्तमान अवस्थामा नेपालको क्षमताले उपलब्धि हासिल गर्न सकिने भनेकै कृषि, पर्यटन र जलसम्पदा हुन् । जलसम्पदामा लगानी, बजार र प्रविधिमा नेपाल कमजोर छ तर कृषिउपज र पर्यटनको क्षेत्रमा बर्दिया निकुञ्ज र शुक्लाफाँटादेखि चार नाथीइजम (चन्दननाथ, छायानाथ, खोजेरनाथ र खार्पुनाथ) कर्णालीका तथा सीमापार तिब्बतस्थित मानसरोवार कैलाश, नेपाली खसान (मष्टो) संस्कृतिदेखि जडान गुम्बा तिब्बतियन संस्कृति, रारा र से–फोक्सुन्डो ताल विश्वकै उच्च बस्ती धो, छार्काभोट, लिमीस्थित हाल्जी, झोङ र एल्वाङ, मुचु, तुमकोट, कर्णाली कोरिडोर क्षेत्र, सिमकोट पूर्व रेलिङ गुम्बा र यी दुई (जडान र खसान) आस्थाका धरोहर संस्कृति र वन्यजन्तु–ब्वाँसो, हिमचितुवा, वनघोडा, वनचौरी, मरमट, मानसरोवर कैलाश सयर गर्ने चराचुरुङ्गीका उपस्थितिले यहाँको खुला आकाश, जीवित चिडियाखानाको अवलोकन गर्ने अवसर सबैले पाउने छन् ।
उच्च हिमाली भेग र सीमा वारपार परम्परागत (वाटर एवं अर्धनोम्याड) शैलीदेखि चल्दै आएको क्याराभन व्यापार तथा खर्क प्रचलनले हाल तिब्बतमा फस्टाउँदै आएको आधुनिक पशुपालन (भेडा, च्याङ्ग्रा र चौँरी) र लाइभस्टक व्यवसायले चीनमा ठुलो बजार पाए झैँ हाम्रो कर्णालीको कृषिउपज, खास गरी नगदे बाली र पशुपालन, फलफूल उत्पादनले तीन देशमा बजार सुलभ रूपमा प्राप्त गर्ने छ । नेपालमा आफ्नै हावापानी, जमिन र संस्कृतिको मौलिक विकास हुने काम यो कर्णाली राजमार्गले सहजीकण गर्ने छ । हिजोको क्याराभन, वाटर इकोनोमीबाट कागजी नोट र डिजिटल करेन्सीमा रूपान्तरण हुने छ । हिमालपारिको गाउँ नाम्खावासी खास गरी लिमी उपत्यका–६ का बासिन्दा तिब्बततर्फ रोजगारीका लागि अस्थायी बसाइँसराइको व्रmम रोकिने छ ।
भारतको रुपैडिया सीमा र नेपालको तर्फको जमुनाह भन्सारबाट नेपालगन्ज बाँके जिल्ला प्रवेश हुँदै पूर्वपश्चिम राजमार्गको कोहलपुर चौराह र उत्तरतर्फ चिसापानी, बबई हुँदै छिन्चु बजार र पश्चिमउत्तर सुर्खेत बजार, कर्णाली प्रदेशको सदरमुकाम, त्यसपछि कर्णाली नदीको किनारैकिनार ढल्के सीमा लवाउकालोतर्फ दैलेखको गुराँसे, दुल्लु हुँदै अगाडि बढ्न सकिन्छ । सभ्यता र सम्पदाको भरिपूर्ण सदरमुकाम दैलेख बजार (पादुका स्थान, श्रीस्थान÷नाभीस्थान, पञ्चदेवल, कीर्तिस्तम्भ, ऐतिहासिक दुल्लु दरबार) अवलोकन गर्दै पुनः कर्णाली कोरिडोरमै जोडिन सकिन्छ । कि त गुराँसेबाट तल्लो ढङ्गेश्वर हुँदै सरासर अप्पर कर्णाली हाइड्रोपावर बाँध (ढाब) हुँदै राकम कर्णाली हुँदै कालीकोट–अछाम, तिलानदी र हुम्ला कर्णालीको सङ्गम जितेगाढ पुगिन्छ ।
तिलानदी, कालीकोटको सदरमुकाम मान्मलाई दायाँतर्फ छाड्दै जितेगाढको कर्णाली नदीमाथिको बेलिब्रिज तरेपछि अब हुम्ला कर्णालीको कोरिडोर पछ्याउँदै, बहादुर नेपाली सेनाले निर्माण गरेको हुम्ला कर्णालीबाट हाम्रो यात्रा हुम्ला सिमकोट–हिल्सातर्फ अघि बढ्छ । कालीकोटको सान्नीत्रिवेणी हुँदै पातल झरना, घाट, तिलाचौर, धुलाचौर, कवाडीदोमुखे (मुगु कर्णाली र हुम्ला कर्णाली) सङ्गम, (हुम्ला–बाजुरा सिमा) दामा–सलीसल्ला, मुगुतर्फ चङ्खेली (दायाँ मुगुतर्फ छाड्दै) उत्तरतर्फ सर्केगाड, खार्पुनाथ हुँदै हुम्ला जिल्लाको सदरमुकाम सिमकोट पुगिन्छ । यतिसम्मको हालको सवारी यात्राले तीन प्रदेश, आठ जिल्ला भ्रमण सम्पन्न हुन्छ । साथै भारतीय सिमा जमुनाहदेखि मेनल्यान्ड चीनको तिब्बती सिमा हिल्सासम्म यात्रा गर्दा करिब ६५/७० किमीको यात्रा दुई दिन लगाएर जितेगाढदेखि हिल्सासम्म मझौला र ठुला गरी करिब एक दर्जन पक्की÷बेलिब्रिज पार गरिन्छ । सिमकोटदेखि हिल्सासम्म ९५ किमी कच्ची सडकमा विगत दुई÷तीन वर्षदेखि बस सेवा सञ्चालनमा छ ।
सिमकोटअगाडि हेप्काखोला÷सल्लीखोलाबाट अर्को एउटा बाटो हिमालपारिको गाउँ लिमी उपत्यका र लाप्चा नाकासम्म पनि जिप सवारी सञ्चालनमा छ । लाप्चा नाकाको छुट्टैै विशेषता रहस्यमय छ । तीन देश, तीन प्रदेश, नौ जिल्ला र २०÷२२ पालिका जोड्ने यो राजमार्गले भविष्यमा नेपालको पिछडिएको, ओझेलमा परेको मध्यपश्चिम एवं कर्णाली प्रदेशको मात्रै होइन; चीनको नग्री प्रदेश र भारतको उत्तरी सीमा क्षेत्रलाई समेत प्रत्यक्ष अप्रत्यक्ष फाइदा पु-याउने छ । यसबाट त्यहाँका बासिन्दाको जीवनशैलीमा आमूल परिवर्तन हुने छ । नेपालको रहस्यमय, पछाडि परेको भूभागका जनताको जीवनशैली र समृद्धिमा ठुलो परिवर्तन देखा पर्ने छ ।
मोटरबाटोकै कारण यो क्षेत्र र यहाँका जनता धेरै पछि परेका रहेछन् भन्ने अबको परिवर्तनले देखाउने छ । अब यहाँका बासिन्दाको चर्को बसाइँसराइको व्रmम रोकिने छ । गाउँठाउँमै रोजगारी सिर्जना हुने छ । पशुपालन, जडीबुटी उत्पादन, उच्च हिमाली भेगको खेतीपाती र फलफूल उत्पादनले उपयुक्त बजार पाउने छ । रोजगारबिनाका बासिन्दा नयाँ सोच, खोज र जाँगरका साथ अघि बढ्ने छन् । आन्तरिक पर्यटनको विकास, ट्रान्सबोर्डर धार्मिक एवं सांस्कृतिक तीर्थयात्रा र साहसिक पदयात्राको बाटो खुल्ने छ । विकासको नयाँ मोडेल सुरु हुने छ । यो सडक सञ्जालले राजधानी काठमाडौँ जोड्ने मात्रै होइन, पूर्व मेचीदेखि महाकालीसम्म, हिमालदेखि तराई र विभिन्न अरू चार प्रदेशसँग पनि सम्पर्क सञ्जाल निर्माण हुने छ । बल्ल अब कर्णालीलाई चिनाउने छ, कर्णालीवासीले पनि नेपालका अन्य भूभाग चिन्ने छन् । यसले नेपालको भूसन्तुलित विकासमा आमूल परिवर्तन ल्याउने विश्वास गर्न सकिन्छ । नेपालको विकास, नेपालको समृद्धि नेपालीकै हातमा छ । धन्यवाद नेपाली सेना, बधाई छ कर्णालीवासी अनि कर्णालीको ढोका खोल्ने त्यहाँका जनप्रतिनिधिलाई !