• १२ साउन २०८१, शनिबार

लगानी सहजीकरणसम्बन्धी विधेयक प्रमाणीकरणका लागि बाटो खुल्यो

blog

सङ्घीय संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको प्रतिनिधिसभाको बैठकको अध्यक्षता ग्रहण गर्दै सभामुख देवराज घिमिरे ।

काठमाडौँ, असार २३ गते । प्रतिनिधि सभामा उत्पत्ति भएको लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश प्रतिनिधि सभामा टेबल भएको छ ।

आइतबार प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले प्रतिनिधि सभामा उत्पत्ति भएको लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबल गर्नुभएको हो ।

विधेयक अब प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाउने बाटो खुलेको छ । प्रतिनिधि सभाको अर्को बैठक असार २४ गते सोमबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ ।