• २१ असार २०८२, शनिबार

आँखा परीक्षण र शल्यक्रिया

blog

चौतारा समाचारदाता  

चौतारा, असार २१ गते । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले आँखा परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । यही असार ७ देखि १६ गतेसम्म बलेफी गाउँपालिकाका विभिन्न वडामा सञ्चालन गरिएका शिविरमा ८६३ जनाले सेवा  लिएका छन् । तीमध्ये ५४ जना बिरामी मोतीविन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएको छ ।  

असार १२ र १३ गते जुगल गाउँपालिकामा सञ्चालन गरिएको शिविरमा २२८ जनाले सेवा लिई ११ जना बिरामी शल्यव्रिmयाका लागि छनोट गरिएका छन् । शिविरमा एक हजार ९१ जनाले सेवा लिएका हुन् । ३५ जनाको सफल शल्यक्रिया गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईंले जानकारी दिनुभयो । मोतीविन्दुको बिरामीको जलबिरे प्राथमिक स्वास्थ्य केन्द्रमा  शल्यक्रिया गरिएको हो । शिविरमा ३५ जनाको सफल शल्यक्रिया भएको छ । शल्यक्रिया शिविरमा बलेफी र जुगल गाउँपालिकाबाट  सहभागी भएका हुन् । शिविरमा सहभागी एक सय जना ज्येष्ठ नागरिकलाई निःशुल्क चस्मासमेत वितरण गरिएको थियो । 

बलेफी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख चेतन घिमिरेका अनुसार वर्षा र सडकको अवस्था कमजोर भएकाले केही बिरामी शल्यक्रियाका लागि जलबिरे प्राथमिक स्वास्थ्य केन्द्रसम्म पुग्न नसकेको बताउनुभयो । 

शल्यव्रिmयामा तिलगङ्गा आँखा प्रतिष्ठानको चिकित्सक टोलीको सहभागिता रहेको थियो । शिविरले दुर्गम गाउँका ज्येष्ठ नागरिकलाई घरदैलोमै पुगेर आँखा जाँच, उपचार तथा मोतीविन्दु शल्यव्रिmयाको सुविधा पु-याएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।