काठमाडौंबासीलाई खानेपानी सङ्कट निम्तिदैँछ : सांसद सुवाल
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले खानेपानीको अभावमा काठमाडौँवासी निस्सासिएर मर्ने दिन आउन लागेको टिप्पणी गर्नुभएको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन कांग्रेसको माग
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गर्नुभएको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । शुक्रबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा प्रेम सुवालले विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।
आयात प्रतिस्थापन गर्न नसके मुलुक आर्थिक सङ्कटमा पर्छ : सांसद केसी
प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले आयात प्रतिस्थापन गर्न नसके मुलुक आर्थिक सङ्कटमा पर्ने भन्दै सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभएको छ ।
स्वास्थ्य मन्त्रालयमा छुट्याएको बजेट अत्यन्त न्यून भयो : सांसद केसी
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले कम्तीमा १० प्रतिशत बजेटको व्यवस्था हुनुपर्नेमा ४.६४ प्रतिशत अत्यन्त न्यून भएको बताउनुभएको छ ।
भूमि व्यवस्था मन्त्रालयको आवश्यकता देखिएन : सांसद शाही
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक एवम् सांसद ज्ञानबहादुर शाहीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको औचित्यमाथि प्रश्न उठाउनुभएको छ ।
लगानी बोर्ड तत्काल खारेज गर्न सांसद सुवालको माग
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले लगानी बोर्ड तत्काल खारेज गर्न सरकारसँग माग गर्नुभएको छ ।
सरकारले रुग्ण उद्योग सञ्चालनमा सम्पूर्ण प्रयास केन्द्रित गर्नुपर्दछ : सांसद बडू
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले रुग्न उद्योग सञ्चालनमा ध्यान केन्द्रित गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।
समयमा नै किसानलाई मल उपलब्ध गराउन रास्वपाको माग
किसानलाई समयमा नै रासायनिक मल उपलब्ध गराउन राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारसँग माग गरेको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले यस्तो माग गर्नुभएको हो ।
‘सरकारी अस्पतालमा बिरामीले घण्टौं लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ’
नेकपा (एमाले)का सचेतक सुनीता बरालले सरकारी अस्पतालमा बिरामीले घण्टौं लाइन बस्नुपर्ने बाध्यता हटाउन माग गर्नुभएको छ । नागरिकहरु आज पनि सरकारी अस्पतालमा घण्टौं लाइन बस्नुपर्ने अवस्था रहेको भन्दै सो अवस्था हटाउन सरकारको ध्यनाकर्षण गराउनुभएको हो ।
सांसद यादवद्वारा मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको जवाफ माग
नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको जवाफ माग गर्नुभएको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो माग गर्नुभएको हो ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । बिहीबार ११ बजेबाट सुरु भएको बैठकमा प्रेम सुवालले विनियोजन विधेयक, २०८१ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।
‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’मा बजेट थप्नुपर्छ : सांसद श्रेष्ठ
सांसद रन्जिता श्रेष्ठले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’का लागि बजेट थप्न सुझाव दिनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा सहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, सङ्घीय मामिला मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलका क्रममा उहाँले सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा यस कार्यक्रमका लागि १० करोड विनियोजन गरेको छ ।
सरकारले अदालतप्रति नागरिकको भरोसा वृद्धि गर्नुपर्छ : प्रमुख सचेतक बर्तौला
नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले अदालतप्रति नागरिकको भरोसा वृद्धि गर्नु आवश्यक रहेको बताउनुभएको छ।
दलित समुदायको हक, अधिकार सुनिश्चित गर्न सांसद परियारको ध्यानाकर्षण
नेपाली कांग्रेसका सांसद जीवन परियारले संविधानमा उल्लेख गरिए अनुरुप दलित समुदायको हक, अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
शहरी विकास मन्त्रालयको नाम मन्त्री विकास मन्त्रालय राख्न सांसद सिंहको सुझाव
सांसद डा.अमरेशकुमार सिंहले शहरी विकास मन्त्रालयको नाम मन्त्री विकास मन्त्रालय राख्न सुझाव दिनुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा शहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, सङ्घीय मामिला मन्त्रालयको विनियोजन विधेयक माथिको छलफलमा बोल्नुहुँदै उहाँले यस्तो सुझाव दिनुभएको हो ।
प्रतिनिधि सभा बैठक : कर्णालीको झोलुङ्गे पुल तत्काल मर्मत गर्न माग
प्रतिनिधि सभाको आजको बैठकमा कर्णाली नदीको झोलुङ्गे पुल तत्काल मर्मत संहार गर्न माग गरिएको छ । पुलका कारण दैलेख र अछामका नागरिकलाई आवतजावतमा समस्या भएको संसदमा आवाज उठेको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
बुधबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा प्रेम सुवालले विनियोजन विधेयक, २०८१ अन्तर्गत शहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय शीर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।
राष्ट्रिय मानव अधिकार आयोगको २३ औँ वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस
मङ्गलबार बसेको सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय मानव अधिकार आयोगको २३ औं वार्षिक प्रतिवेदन, २०७९/८०, सभामा पेश गर्नुभएको छ ।
विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि छलफल प्रारम्भ
प्रतिनिधि सभामा आजदेखि विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकमाथि छलफल प्रारम्भ भएको छ । बैठकमा युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपक्षी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल प्रारम्भ भएको हो ।
सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित
सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ।
नीति तथा कार्यक्रमको समय सारियो
मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुतिको समय सारिएको छ । मधेश सरकारले मङ्गलबार साँझ ६ बजे प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुतिको समय तोकेको छ । यसअघि आजै दिउँसो २ बजे सो नीति तथा कार्यक्रम प्रस्तुतिको समय तोकिएको थियो ।
सरकारले उच्च शिक्षा ऐन छिटो ल्याउनुपर्छ : सांसद पौडेल
सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का सांसद एवम् पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उच्च शिक्षा ऐन छिटो ल्याउन सरकारसँग माग गर्नुभएको छ ।
नयाँ चरणको आर्थिक सुधार गरेर छोड्ने अर्थमन्त्रीको प्रतिबद्धता
अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधार जरुरी रहेको बताउनुभएको छ । काठमाडौँमा मङ्गलबार आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।