ट्याक्टर दुर्घटनामा चालक सहित दुई घाइते
सिमकोट गाउँपालिका–२ को ठेहे गाउँतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालक सहित दुई जना घाइते भएका छन् । सिमकोटबाट ठेहेतर्फ जाँदै गरेको ट्याक्टर वडा नम्बर २ को पैरापोरीमा दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् ।
बेनीघाट-आरुघाट सडक तीन सातादेखि अवरुद्ध
गोरखाको बेनीघाट–आरुघाट सडक खण्ड तीन सातादेखि अवरुद्ध हुँदा आवतजावतमा समस्या भएको छ । गत असार २८ गते परेको अविरल वर्षाले भीमसेन थापा गाउँपालिका–५ र सहिद लखन गाउँपालिका–९ बुङकोट जोड्ने ज्यादुरखोलामा मोटेरबेल पुलको दुई साइड बाढीले बगाउँदा आवतजावतमा समस्या भएको हो ।
रामेछापको विभिन्न ठाउँमा सडक अवरुद्ध
अविरल वर्षापछि आएको बाढी र पहिराेका कारण रामेछापमा विभिन्न स्थानका सडक अवरुद्ध बनेका छन् । गए रातिको अविरल वर्षापछि ठाउँ–ठाउँमा पहिरो खस्दा लिखुतामाकोशी गाउँपालिकाको धोबी–सैपु सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।
मिथिलामा मधुश्रावणी पर्वको रौनक
जनकपुरधामसहित सम्पूर्ण मिथिला क्षेत्रमा अहिले मधुश्रावणी पर्वकोे रौनक देखिएको छ । यस पर्वबाट नवविवाहिता महिलाले वैवाहिक जीवन जिउने पाठ सिक्ने गर्दछन् । मिथिलाञ्चलका नवविवाहिता महिलाहरुले गत बिहीबारबाट मधुश्रावणी व्रत सुरु गरेका छन् ।
बडिमालिका क्षेत्रको पर्यटकीय गुरुयोजना बनाउन माग
कालीकोटको र बाजुरा जिल्लाको बडिमालिका क्षेत्र धार्मिक तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण क्षेत्र हो । बडिमालिका क्षेत्रसँग जोडिएको त्रिवेणी पाटन पनि पर्यटन क्षेत्रको दृष्टिले राम्रो सम्भावना रहेर पनि अहिलेसम्म यसको गुरुयोजना बन्न नसक्दा यी क्षेत्रहरुको विकाससँगै प्रतिफल लिन नसकिएको स्थानीय जनप्रतिनिधिहरुको भनाइ छ ।
सडक बगाउँदा लोकमार्ग अवरुद्ध
चुरे क्षेत्रमा मङ्गलबार राति परेको भारी वर्षाका कारण ढुङग्रे खोलामा आएको बाढीले सडक कटान गर्दा पूर्व–पश्चिम लोकमार्ग रातिदेखि अवरुद्ध भएको छ । बाढीले बर्दीबास ५ स्थित जंगली क्षेत्रमा पर्ने फबेलगाछी पुलको पश्चिमतर्फको अप्रोच कटान गर्दा लोकमार्ग अवरुद्ध भएको हो ।
साँफे–मार्तडी राजमार्ग खुल्यो
बाजुराको सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग खण्डमा गएको पहिरो पन्छाइए पछि सडक सुचारु भएको छ ।
सुदूरपश्चिममा सवारी दुर्घटनाबाट एक वर्षमा एक सय ७२ को मृत्यु
सो अवधिमा सवारी दुर्घटनाबाट एक सय ३७ पुरुष, २३ महिला, सात बालक र पाँच बालिकाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनिलकुमार उप्रेतीले जानकारी दिनुभयो ।
दुई फरार प्रतिवादी पक्राउ
फरार प्रतिवादी कपिलवस्तुको बुद्धभूमि नगरपालिका– २ बस्ने ४९ वर्षीया बिन्दु दर्जी परियार र दाङको तुल्सिपुर उपमहानगरपालिका– ९ बस्ने ३३ वर्षीय खिमी कुमारी बुढाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) शङ्कर पोखरेलले जानकारी दिनुभयो ।
हिमाल आरोहण गर्न रेकी समूह लिङखोलामा
नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीको लिङखोलामा रहेका हिमालहरुको आरोहण गर्नका लागि एक रेकी समूहको टोली पुगेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीविरुद्ध उजुरी
काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालन भई बचतकर्ताको रकम समयमा फिर्ता नगर्ने दुई दर्जन सहकारी संस्थाविरुद्ध उजुरी परेको छ । आफूहरूले थोरै थोरै गरेर सहकारीमा बचत गरेको रकम आवश्यक परे
गुरु कामतको स्वास्थ्य नाजुक
लक्ष्मीपुरपतारी गाउँपालिका–२, पोखरभिन्डा निवासी शास्त्रीय सङ्गीतका चर्चित सङ्गीतकार गुरुदेव कामतको स्वास्थ्य अवस्था नाजुक बन्दै गइरहेको छ । ६८ वर्षीय कामदको दुवै मिर्गौलाले काम गर्न छो
खोटाङमा दलित बालबालिकाको उद्धार
जिल्ला प्रहरी कार्यालयले रावाबेँसी गाउँपालिका–२ खार्पास्थित डाँडागाउँका तीनजना सहाराविहीन दलित बालबालिकाको उद्धार गरेको छ । स्थानीय टेकबहादुर नेपालीका १० वर्षीया छोरी मनकुमारी, नौ वर्षीया छोरी भूमिका र सात वर्षीय छोरा माधव नेपालीलाई प्रहरीले उद्धार गरेको हो ।
विपन्न परिवारलाई नगरपालिकाको घर उपहार
चापाकोट नगरपालिकाले नगर क्षेत्रका विपन्न छ परिवारलाई उपहारस्वरुप घर निर्माण गरिदिएको छ । चापाकोट–१० भुमरीघाटकी माया भट्टराई र सोही पालिका–४ घुर्लीचौरका केशबहादुर दमैको परिवारलगायत विपन्न परिवारलाई ती घर मङ्गलबार हस्तान्तरण गरिएको हो ।
आठ वर्षमा त्रिशूलीमा ५५ जना बेपत्ता
नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकखण्डमा बितेका आठ वर्षमा २१ वटा सवारीसाधन त्रिशूली नदीमा खसेर ५५ जना बेपत्ता भएका छन् । पूर्वगृहमन्त्री एवं परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेलगायत ५५ जना बेपत्ता भएका हुन् ।
नेवाद्वारा बागलुङमा दुई वर्षमा एक हजार आठ सय १५ धारा जडान
नेपाल स्वास्थ्यका लागि पानी ९नेवा०ले उपभोक्ता र स्थानीय सरकारसँगको सहकार्यमा जिल्लाका विभिन्न भागमा एक हजार आठ सय १५ धारा जडान गरेको छ । दुई वर्षको अवधिमा उक्त संस्थाले ती धारा जडान गरेको हो ।
तनहुँमा एक वर्षमा सात सय ७१ उद्योग दर्ता
आर्थिक वर्ष २०८०/८१ तनहुँमा सात सय ७१ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७३ उद्योग दर्ता भएका हुन् । सोही आवमा एक हजार एक सय ३७ उद्योग नवीकरण भएका छन् ।
सुत्केरी महिलाको होलिकोप्टरबाट उद्धार
जाजरकोटमा एक सुत्केरी महिलाको होलिकोप्टरबाट उद्धार गरिएको छ । कुशे गाँउपालिका–४ टाँगाचौरस्थित कृष्णबहादुर रोकायाकी १८ वर्षीय श्रीमती निशा रोकायालाई होलिकोप्टरबाट उद्धार गरिएको हो ।
वराहक्षेत्रले पुरातात्त्विक स्वरूप गुमाउँदै
प्रख्यात रहेको वराहक्षेत्र मन्दिरको पुरातात्त्विक स्वरूप हराउँदै गएको छ । पछिल्लो समय मन्दिर परिसर क्षेत्रमा रहेका पुरातात्त्विक संरचनालाई कङ्व्रिmटले नयाँ स्वरूपमा पुनर्निर्माण गर्दा पुराना शैलीका पाटीपौवाको स्वरूप हराउँदै गएको हो ।
छुरा प्रहारबाट युवाको हत्या
मोरङको उर्लाबारी–४ आइतबारेका २१ वर्षीय कुशल दाहालको छुरी प्रहारबाट हत्या भएको छ । मङ्गलबार साँझ उर्लाबारी–५ स्थित उर्लाबारी उद्योग वाणिज्य सङ्घको भवन छेउको घरमा सुवास लामाले छुरा प्रहार गर्दा दाहालको मृत्यु भएको हो ।
बितेका १२ घण्टामा देशभर वर्षा, केही प्रदेशमा आज पनि मुसलधारे वर्षा हुने
पछिल्लो १२ घण्टामा देशभर वर्षा भएको तथा विशेष गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धैरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
राष्ट्रिय विद्युत् प्रसारण लाइनमा थपिए साढे चार हजार घरधुरी
मरिण गाउँपालिका–२, सिन्दुरे दोभानका नरबहादुर अस्थानीले विगत १० महिनादेखि आफ्नो घरमा राष्ट्रिय विद्युत् प्रसारण लाइनको बिजुलीबत्ती बाल्दै आउनुभएको छ । गत असोजमा उक्त गाउँ राष्ट्रिय