• १२ असोज २०८१, शनिबार

नयाँ बसपार्कमा बसभित्र युवकको शव फेला

blog

काठमाडौँ, साउन १६ गते । काठमाडौँको नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवाको शव फेला परेको छ । काठमाडौँ महानगरपालिका-२६ नयाँ बसपार्कभित्रको ३ नम्बर गेट नजिक पार्किङ गरेर राखेको बा २ ख २३४४ नम्बरको बसभित्र युवकको शव फेला परेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले इटहरी उपमहानगरपालिका-१३ घर भएका ३७ वर्षीय प्रह्लाद अधिकारीको शव फेला परेको जानकारी दिनुभयो । उनको शव परीक्षण गर्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज लगिएको प्रहरीले जनाएको छ । रासस