• १२ असोज २०८१, शनिबार

साँफे–मार्तडी राजमार्ग खुल्यो

blog

साँफे–मार्तडी राजमार्गमा पहिरो पन्छाउँदै जेसिबी । तस्विरः संगिता तिमिल्सेना

संगिता तिमिल्सेना

बाजुरा, साउन १६ गते । बाजुराको सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग खण्डमा गएको पहिरो पन्छाइए पछि सडक सुचारु भएको छ । 

बडीमालिका नगरपालिका –६ स्थित नुनेपानीमा खहरे खोलानजि खसेको पहिरो मंगलबार राति पन्छाएपछि सडक सुचारु भएको हो । पहिरोका कारण राजमार्गमा यातायात सेवा प्रभावित भएको थियो ।