• ८ मंसिर २०८१, शनिबार

वराहक्षेत्रले पुरातात्त्विक स्वरूप गुमाउँदै

blog

बाबुराम कार्की

वराहक्षेत्र, साउन १६ गते ।  प्रख्यात रहेको वराहक्षेत्र मन्दिरको पुरातात्त्विक स्वरूप हराउँदै गएको छ । पछिल्लो समय मन्दिर परिसर क्षेत्रमा रहेका पुरातात्त्विक संरचनालाई कङ्व्रिmटले नयाँ स्वरूपमा पुनर्निर्माण गर्दा पुराना शैलीका पाटीपौवाको स्वरूप हराउँदै गएको हो । 

स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट मन्दिर र मन्दिर परिसर क्षेत्रको संरक्षण र विकासका लागि आउने बजेटबाट मन्दिर परिसर क्षेत्रमा हरेक वर्ष हुने विकासबाटै मन्दिर क्षेत्र कङ्क्रिटले भरिँदै गएको छ । मन्दिर क्षेत्रभित्र बन्ने हरेक संरचना कङ्व्रिmटद्वारा निर्माण गरिँदा ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक महìव बोकेको मन्दिरको पहिचान नै हराउँदै गएको छ । ऐतिहासिक मन्दिर परिसर क्षेत्रमा नेपाली कला, संस्कृति, सभ्यता र सम्पदाको मौलिक पहिचान बोकेका संरचना भत्किँदा पुरानै शैलीमा नबनाई आधुनिक ढाँचामा कङ्क्रिटले पुनर्निर्माण गरिँदा मन्दिरले मौलिक पहिचान गुमाउँदै गएको छ ।

पछिल्लो समय मन्दिर क्षेत्रमा टायल र ढलान गर्ने गरिएको छ । यस क्षेत्रमा बन्ने हरेक संरचना आधुनिक मोडलमा बनिँदा मौलिक पहिचान हराउँदै गएको स्थानीयवासी नवराज विष्ट बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “वराहक्षेत्र मन्दिर धर्तीकै पहिलो तीर्थ मानिन्छ तर मन्दिर परिसरमा बन्ने संरचना सबै आधुनिक किसिमका छन् । जताततै सिमेन्टको प्रयोग भएको छ । मन्दिर परिसरमा गरिने विकास

वास्तुकलामा आधारित र कलात्मक हुनु प-यो ।” 

 २०६० सालमा वराहक्षेत्रका बारेमा विद्यावारिधि गर्नुभएका संस्कृतिविद् डा. सोम खतिवडा तीन हजार वर्षअघिको इतिहास बोकेको वराहक्षेत्र मन्दिर पुरातात्त्विक हिसाबले सकिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “१८४३ भन्दा अघि ढुङ्गाको शिखर शैलीका मन्दिरहरू थिए । रणबहादुर शाहले १८४३ मा काठमाडौँका कालिगड लगेर झिँगटीको छाना लगाएको तले शैलीको तीन वटा मन्दिर निर्माण गरे ।” उहाँका अनुसार १९९० को भूकम्पमा झिँगटीको छाना भएका मन्दिर भत्किएपछि १९९१ मा जुद्धशमशेरले गुम्बज शैलीमा पुनर्निर्माण गरे । वराह भगवान्को मन्दिर, लक्ष्मी मन्दिर र पाञ्चायन मन्दिर पुनर्निर्माण गरे पनि तत्कालीन समयमा देशैभरि भूकम्पले मन्दिरमा क्षति पु-याएकाले कम खर्चमा मन्दिर बनाउँदा पुरानो स्वरूपमा मन्दिर नबनेको संस्कृतिविद् खतिवडा बताउनुहुन्छ ।  

रणबहादुर शाहले वराह मन्दिरको अगाडि बनाएको पाटी २०६० सालतिर भत्काएर नयाँ शैलीमा निर्माण गरियो । पहिला मन्दिर शास्त्रीय आधार र वास्तु अनुसार बनाइएको भए पनि जुद्धशमशेरले पुनर्निर्माण गर्दा शास्त्रीय आधार र वास्तु अनुसार नबनाइएको डाक्टर खतिवडा बताउनुहुन्छ । हिन्दु धर्मका चार प्रमुख धाममध्ये एक धामका रूपमा मानिएकोे वराहक्षेत्र मन्दिर परिसर क्षेत्रमा नौ वटा पुरातात्त्विक मन्दिर छन् । गुरु वराहको मन्दिरभित्र रहेको ठुलो वराहको मूर्ति र लक्ष्मी मन्दिरभित्र रहेको मूर्ति १५ सय वर्षअगाडिका मूर्ति रहेको संस्कृतिविद् तथा प्राध्यापक डाक्टर सोम खतिवडा बताउनुहुन्छ ।  सप्तकोशी र कोकानदीको सङ्गमबाट करिब तीन सय फिटमाथि मूल मन्दिर छ । मन्दिरका मूल पुजारी किरण भण्डारीका अनुसार वराह मन्दिर, गुरु वराह र कोकाहा वराहको मूर्ति तीन हजार वर्षभन्दा पुराना छन् । मन्दिरभित्र रहेको कालो शिला नै यहाँको प्रमुख मूर्ति १०औँ र /११ औँ शताब्दीतिरका मूर्ति भएको बताइन्छ । यति पुराना पौराणिक र ऐतिहासिक रूपमा महìवपूर्ण मानिएको यो सुन्दर क्षेत्र सिमेन्ट, बालुवा र ढुङ्गाको मिश्रणबाट बन्ने संरचनाले जेलिँदै गएको छ । वराहक्षेत्र मन्दिरमा वराह मन्दिर, पाञ्चायन, लक्ष्मी, नागेश्वर, गुरु वराह, सूर्य वराह, कोका वराह, बद्री मुक्तेश्वर र इन्द्र वराहका मूर्ति छन् । मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठ भन्नुहुन्छ, “अहिलेसम्म भएका पुनर्निर्माण गर्न मिल्ने संरचना हटाउँदै पुरातात्त्विक चिजलाई महìव दिने गरी काम गर्ने अभियानको तयारीमा लागेका छौँ । मन्दिर परिसर क्षेत्रमा लगाइएको टायल हटाएर ढुङ्गा बिछ्याउने, फलामका सामान कम प्रयोग गर्नेलगायतको योजना बनाउँदै छौँ । पुरातात्त्विक वस्तु बिगार्न नमिल्नेमा सचेत भएका छौँ ।”  

प्राचीन पूर्वीय संस्कृति तथा परम्परा अनुसार वराहक्षेत्र धाममा रहेको वराह भगवान् विष्णुका १० औँ अवतारमध्ये तेस्रो अवतार मानिन्छ । सत्य युगमा डुब्न लागेको पृथ्वीलाई भगवान् वराहले जङ्गली जनावर बँदेलको रूपधारण गरी संसारभरका प्राणीको रक्षा गरेर संसारलाई स्थायित्व दिएको हिन्दु शास्त्रमा उल्लेख छ । पौराणिक कथा अनुसार भगवान् वराह तथा वराहक्षेत्र धामलाई संसारको पहिलो धामका रूपमा व्याख्या गर्ने गरिएकोे छ । विष्णु भगवान्को सातौँ अवतारका रूपमा वराह अवतार भई डुब्न लागेको पृथ्वीलाई जोगाएको वराह पुराणमा उल्लेख गरिएको छ ।