• १२ असोज २०८१, शनिबार

बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीविरुद्ध उजुरी

blog

बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि बन्द भएको अग्नि बचत तथा ऋण सहकारी संस्था । तस्बिर : केदार तिमल्सिना

बनेपा समाचारदाता 

बनेपा, साउन १६ गते  । काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालन भई बचतकर्ताको रकम समयमा फिर्ता नगर्ने दुई दर्जन सहकारी संस्थाविरुद्ध उजुरी परेको छ । आफूहरूले थोरै थोरै गरेर सहकारीमा बचत गरेको रकम आवश्यक परेको समयमा माग गर्दा फिर्ता नदिएको भन्दै २४ वटा सहकारीविरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा उजुरी परेको हो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले कार्यालयमा उजुरी परेका सहकारीमध्ये चार वटा सहकारीलाई सहकारी ठगी मुद्दा अन्तर्गत काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट आदेशसमेत भइसकेको बताउनुभयो । उहाँले बचतकर्ताले आर्थिक वर्ष २०७९/८० मा बनेपामा रहेको पुण्यश्वर बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र कर्मचारी गरी १५ जनाविरुद्ध दुई करोड ८६ लाख ८२ हजार ८६६ रुपियाँ र आव २०८०÷८१ मा बनेपाकै गरुड बचत तथा ऋण सहकारी संस्थाका १३ जनाविरुद्ध १४ करोड ९२ लाख २३ हजार ५९८ रुपियाँ मागदाबीसहित उजुरी परेको बताउनुभयो । यस्तै बनेपाकै युनिटी बचत तथा ऋण सहकारी संस्थाका १३ जनाविरुद्ध तीन करोड १९ लाख १८ हजार ५२५ रुपियाँ र बनेपाको युएम बचत तथा ऋण सहकारी संस्थाका १७ जनाविरुद्ध छ करोड ४१ लाख ५५ हजार २५० रुपियाँ मागदाबीसहित प्रहरीमा उजुरी परेको श्रेष्ठले बताउनुभयो । उहाँले सहकारी ठगी मुद्दामा संलग्न रहेकामध्ये हालसम्म पुण्यश्वरका छ, गरुडका सात र युनिटीका चार जनालाई पव्रmाउ गरिएको भन्दै पुण्यश्वरका नौ, गरुडका छ, युनिटीका नौ र युएम बचतका १७ जना फरार रहेको बताउनुभयो । 

सहकारी ठगी मुद्दामा पव्रmाउ परेकालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको प्रहरी जनाएको छ । प्रहरीले मुद्दा चलाइएको युएम बचतको ठगी विषयमा भने अनुसन्धान भइरहेको जनाएको छ । यसैबिच बनेपाको मुकुल बचत तथा ऋण सहकारी, बेथानचोकमा रहेको लालुपाते कृषि सहकारी, बनेपाको सम्झना फाइनान्स कम्पनी, पाँचखालमा रहेको प्रेमधर्म स्मृति बचत तथा ऋण, बनेपाको नागरिक बचत तथा ऋण, बनेपाकै समृद्ध काभ्रे कृषि सहकारी, बनेपाको महाकाली बहुउद्देश्यीय सहकारी र काठमाडौँको डुमादेवी बचत तथा ऋण सहकारी संस्थाविरुद्ध प्रहरीमा उजुरी परेको छ । यस्तै पाँचखालमा रहेको पलाञ्चोक कालिका भगवती बहुउद्देश्यीय, बनेपाको हिमरोशनी बचत तथा ऋण, न्यु भिजन बचत तथा ऋण सहकारी, अग्नि बचत तथा ऋण सहकारी, बनेपाकै मौलाकालिका बचत तथा ऋण, काठुगणेश बचत तथा ऋण सहकारी, झिगु लुनिभा बचत तथा ऋण सहकारी संस्थाविरुद्ध प्रहरीमा उजुरी परेको छ । 

त्यस्तै बनेपाकै विनायक बचत तथा ऋण सहकारी, गाउँले बचत तथा ऋण सहकारी, सिर्जनशील बचत तथा ऋण सहकारी, एसियन स्टार बचत तथा ऋण सहकारी, स्वर्णिम बचत तथा ऋण सहकारी र ओम जगत्गुरु बचत तथा ऋण सहकारीविरुद्ध बचतकर्ताको रकम फिर्ता नगरेको भन्दै उजुरी परेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । 

दर्जनभन्दा बढी सहकारी बन्द 

सहकारीमा बचतकर्ताले बचत गरेको रकम फिर्ता गर्न नसकेपछि काभ्रेपलाञ्चोकको बनेपामा कार्यालय स्थापना गरी सञ्चालन भएका दर्जनभन्दा बढी सहकारी बन्द भएका छन् भने केही सहकारी बन्द हुने अवस्थामा पुगेका छन् । बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि बनेपामा रहेको गरुड बचत तथा ऋण, युएम बचत तथा ऋण, स्वर्णिम, मौलाकालिका, आशुतोष, युनिटी, नाङ्लो बचत र मुकुल बचत तथा ऋण सहकारी संस्था पूर्ण रूपमा बन्द भएका छन् । यसै गरी बनेपामा नै रहेको विनायक बचत तथा ऋण, अखण्ड बचत तथा ऋण, एसियन स्टार, न्यु भिजन बचत तथा ऋण सहकारी संस्थालगायत डेढ दर्जनभन्दा बढी सहकारी संस्था बन्द भइसकेका छन् ।