२१ वर्षपछि थिमि ताहनानीमा भैरव नाच
मध्यपुरथिमिमा भाद्र कृष्ण द्वितीया (गुँलागा द्वितीया) देखि पञ्चमीसम्म चार रात नचाइने थिमि भैलः प्याखँ यसवर्ष वडा नम्बर ५ ताहाननीबाट प्रदर्शन गरिने भएको छ ।
कर्णाली कोरिडोरको सर्केगार्ड खार्पुनाथ सडक २७ दिनपछि सुचारु
कर्णाली कोरिडोरको हुम्ला खण्डको सर्केगार्डदेखि खार्पुनाथ गाउँपालिका-५ को खार्पुसम्मको सडक अवरुद्ध भएको २७ दिनपछि सुचारु भएको छ ।
राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’
राहुघाट जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिकाको निर्माणाधीन नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको ६ हजार दुईसय ७० मिटर लामो मुख्य सुरुङ ‘ब्रेक थ्रु’ गरिएको हो ।
बाँकेमा ट्राफिक नियम उल्लङ्घनमा कमी
पश्चिम नेपालको केन्द्र बाँके जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने क्रम विगतको तुलनामा उल्लेख्य मात्रामा घटेको देखिएको छ ।
अझै कालोपत्रे हुन सकेन भातकाँडा-बडाल-रेल सडक
भातकाँडा-बडाल-रेल सडकको साढे चार किलोमिटर सडक खण्ड कालोपत्रे गर्न आर्थिक वर्ष २०७८-२०७९ मा ठेक्का सम्झौता भए पनि सडक कालोपत्रे हुन सकेको छैन ।
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमनमा वृद्धि
अघिल्लो आर्थिक वर्षको तुलनमा गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ । आव २०८०÷८१ मा तीन लाख ६ हजार ८३७ पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए । अघिल्लो आवमा यो सङ्ख्या दुई लाख ९९ हजार चार सय १२ थियो ।
गलेश्वरधाममा तीन लाखभन्दा बढी भेटी सङ्कलन
म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा यस वर्षको साउन महिना दोस्रो सोमबार तीन लाख ३६ हजार १८५ रुपियाँ भेटी सङ्कलन भएको छ ।
अन्नपूर्ण साउथ हिमाल
माछापुच्छ्रे नमुना पदमार्ग अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित कोर्चां डाँडाबाट बादलको घुम्टोमा देखिएको अन्नपूर्ण साउथ हिमालको दृष्य ।
लोकतन्त्र स्थायित्वका लागि एमाले–काँग्रेस सहकार्य: महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले लोकतन्त्रको स्थायित्वका लागि एमाले–कांग्रेसकाबिच सहकार्य भएको बताउनुभएको छ ।
नेपालीलाई ठूलो सम्मान
सन् १९५९ को मे २६ तारिख । पश्चिम जर्मनीको म्युनिखमा बसेको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को ५५ औँ सभाले सन् १९६४ मा १८ औँ गीष्मकालीन ओलम्पिक आयोजनाको निर्णय ग¥यो, जापानको टोकियो शहरमा । जापानले दोस्रो विश्व युद्धपछि ओलम्पिक आयोजना गर्ने भयो । एसियाली मुलुकमा आयोजना हुने यो पहिलो ओलम्पिकसमेत थियो । त्यसैले जापान चाहन्थ्यो एसियाका अन्य मुलुक जस्तै नेपालले पनि टोकियो ओलम्पिकमा भाग लिओस् । नेपालले त्यतिबेलासम्म आइओसीको सदस्यता ग्रहण गरिसकेको थिएन । यद्यपि नेपालले तीन वटा एसियाड
आज खिर खाने दिन, यस्ता छन् खिरका फाइदा
नेपालीका हरेक चाडबाडले विभिन्न प्रकारका खानेकुरालाई प्रोत्साहन गर्ने गर्छ । असार १५ मा दही चिउरा खाएजस्तै साउन १५ मा खिर खाने चलन छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने मान्यता नेपाली समाजमा चलिआएको छ । खिर स्वास्थ्यका लागि उपयुक्त खाना मानिन्छ । पोषणविद् प्रा.डा.उमा कोइरालाका अनुसार खिर पूर्ण खाना हो ।
पूर्वमन्त्रीको हत्यामा संलग्न पक्राउ
पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र राय यादवको आर्थिक प्रलोभनमा परेर उहाँकै घरमा काम गर्ने सहयोगीले हत्या गरेको खुलेको छ ।
दस वटा पक्की पुल निर्माण
सिन्धुली जिल्लाका विभिन्न ग्रामीण सडकमा पर्ने खोलाहरूमा बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा हालसम्म १० वटा पक्की पुल निर्माण भएका छन् । जिल्लाका विभिन्न खोला तथा नदीमा निर्माणाधीन १२ वटा पक्की पुलमध्ये गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म १० वटा पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको पूर्वाधार विकास कार्यालय सिन्धुलीले जनाएको छ ।
नाचगान गरेर जुटाएको रकम सामाजिक सेवामा
म्याग्दीको बेनी नगरपालिका–४ को उपल्लो तातोपानी बजारका बासिन्दाले नाचगान गरेर जुटाएको रकम सामाजिक काममा परिचालन गरेका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा राई भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा राई भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
गोलभेँडा रोप्नको लागि तयार गरिएको मल्चिङ
दाङको घोराही उपमहानगरपालिका–१६ स्थित तेरौटेमा बाँके कोहलपुरका नारायण पोख्रेलले गोलभेँडा खेतीका लागि निर्माण गर्नुभएको मल्चिङ । पोख्रेलले तेरौटेमा ११ बिघा जग्गा भाडामा लिएर पाँच वर्षदेखि व्यवसायिक तरकारी खेती गर्दै आउनुभएको छ ।
नौ वर्षमा पनि सम्पन्न भएन खानेपानी योजना
धनुषाको मिथिला नगरपालिका–५, विश्रामपुरमा नौ वर्षअघि सुरु गरिएको खानेपानी योजनाको काम अझै पूरा भएको छैन । तत्कालीन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनुषाले पाँच वर्षभित्र विश्रामपुरवासीलाई स्वच्छ खानेपानी खुवाउने लक्ष्यसहित २०७२ सालमा सो योजनाको काम सुरु गरेको थियो ।
स्वच्छ र निष्पक्ष बनाउन सुरु
मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री कौशलकिशोर रायले यातायात व्यवस्था कार्यालय मातहत रहेको ट्रायल सेन्टरलाई व्यवस्थित र परिमार्जित गरी सवारी लाइसेन्स वितरण प्रक्रियालाई स्वच्छ र निष्पक्ष बनाउन प्रदेश सरकारले प्रव्रिmया अगाडि बढाइसकेको बताउनुभएको छ ।
साउन १५ को संस्कृति खिर खाएर मनाइँदै
साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ ।
कञ्चनजङ्घा क्षेत्रमा हिउँचितुवाको आक्रमण बढ्दो
जिल्लामा हिउँचितुवाले चौँरी तथा याकलाई आक्रमण गर्नेक्रम बढ्दै गएको छ । गत वर्ष आर्थिक वर्ष २०८०र ८१ मा कञ्चनजङ्घा संरक्षण क्षेत्रबाट निस्केका चितुवाले किसानले गोठमा पालेका १६ याक मारिदिएको थियो ।
चिया पर्यटन प्रवर्धनका लागि आकर्षक ‘स्काई डोम’
पाँचथरमा चिया पर्यटनको प्रवर्धन गर्न स्काई डोम निर्माण गरिएको छ । जैविक चिया उत्पादन र प्रवर्धन गर्दै आएको कञ्चनजङ्घा टी स्टेट एन्ड रिसर्च सेन्टर र टी कलेक्टिभिटीले एक करोड रुपियाँ लगानी गरेर स्काई डोम निर्माण गरेको हो ।
खुमै डाँडा
माछापुच्छ्रे नमुना पदमार्ग अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित कोर्चां डाँडाबाट देखिएको खुमै डाँडाको दृष्य ।
सरकारी कार्यालयले नै तिर्दैनन् खानेपानी महसुल
नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जको आर्थिक वर्ष २०८०-८१ असार मसान्तसम्मको सरकारी कार्यालय तथा निजी ग्राहकको खानेपानी महसुलको बक्यौता रकम रु १२ करोड ३३ लाख ५७ हजार चार सय १८ पुगेको छ ।