• ११ पुस २०८१, बिहिबार

समाजमा विद्यमान कुप्रथा अन्त्य गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ ।

काठमाडौँ, साउन १५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाजमा व्याप्त अन्धविश्वास, कुप्रथा र रुढीवादी परम्पराको अन्त्यका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । 

आज यहाँ आयोजित एक कार्यक्रममा सञ्चारमन्त्रीले सबै प्रकारका विभेद र कुसंस्कारको अन्त्य गर्दै आधुनिक समाज निर्माणका निम्ति वर्तमान सरकार क्रियाशील रहेको बताउनुभयो । उहाँले रुढी परम्परा र अन्धविश्वासको अन्त्यका लागि ऐनकानुनको प्रभावकारी कार्यान्वयनमा सरकारले जोड दिएको बताउनुभयो । 

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले सामाजिक कुरीति अन्त्य गर्न समाजका सबै वर्गको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै भन्नुभयो, “बोक्सी प्रथालाई पूर्णरुपमा अन्त्य गर्न सरकार पूर्ण प्रतिबद्ध छ । “सती प्रथा सकियो तर यसको धङधङी अहिले पनि नेपाली समाजमा बाँकी छ,” उहाँले मुलुक राजनीतिकरुपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरे पनि आर्थिकरुपमा धेरै पछाडि रहेको वास्तविकता औँल्याउनुभयो । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हलिया, छाउपडी, हरुवाचरुवा र कम्लरी प्रथालाई पनि पूर्णरुपमा अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । त्यस अवसरमा उहाँले बोक्सी प्रथामा आधारित चलचित्र ‘अग्निदहन’को पोस्टर पनि सार्वजनिक गर्नुभयो । रासस