• १२ असोज २०८१, शनिबार

छुरा प्रहारबाट युवाको हत्या

blog

उर्लाबारी, साउन १६ गते । मोरङको उर्लाबारी–४ आइतबारेका २१ वर्षीय कुशल दाहालको छुरी प्रहारबाट हत्या भएको छ ।

मङ्गलबार साँझ उर्लाबारी–५ स्थित उर्लाबारी उद्योग वाणिज्य सङ्घको भवन छेउको घरमा सुवास लामाले छुरा प्रहार गर्दा दाहालको मृत्यु भएको हो । घटना लगत्तै  ५ नं. वडाका वडाध्यक्ष रविन लामाले कुशललाई उपचारका लागि उर्लाबारीस्थित गोदावरी अस्पताल पुर्‍याउनुभएको थियो ।

गोदावारी अस्पतालमा उपचार हुन नसकेपछि दमकको लाइफ लाइन अस्पताल पु¥याइएका दाहालको त्यहाँ पनि उपचार हुन नसक्ने भएपछि बिर्तामोडको बीएण्डसी अस्पताल पुर्‍याइएको थियो । छुरा प्रहारबाट गम्भीर घाइते दाहालको  विएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी ज्ञानेन्द्र बस्नेतले बताउनुभयो ।

यसअघि पटकपटक हत्या अभियोगमा जेल परेका सुवास भरखरै मात्र ८ वर्ष हिरासत बसेर आएका थिए । सुवासलाई प्रहरीले खोजि रहेको छ ।