• १२ असोज २०८१, शनिबार

सडक बगाउँदा लोकमार्ग अवरुद्ध

blog

बाढीले क्षति गरेको पूर्वपश्चिम लोकमार्गस्थित बेलगाछी पुलको अप्रोच । तस्विरः रविन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दीबास, साउन १६ गते । चुरे क्षेत्रमा मङ्गलबार राति परेको भारी वर्षाका कारण ढुङग्रे खोलामा आएको बाढीले सडक कटान गर्दा पूर्व–पश्चिम लोकमार्ग रातिदेखि अवरुद्ध भएको छ । बाढीले बर्दीबास ५ स्थित जङ्गली क्षेत्रमा पर्ने फबेलगाछी पुलको पश्चिमतर्फको अप्रोच कटान गर्दा लोकमार्ग अवरुद्ध भएको हो । 

बाढीले कटान जारी राखेकाले प्रहरीले पूर्वतर्फको गाडीलाई गौशला रोड र पश्चिमतर्फका सवारीलाई लक्ष्मिनिया चोकबाट हुलाकी सडक हुँदै गन्तव्यतर्फ पठाउने गरेको छ । 

इलाका प्रहरी कार्यालय बर्दीबासका डिएसपी रेवतीरमण पोखरेलका अनुसार बाढीले जंगली क्षेत्रमा सडक कटान गरेको छ । कटान क्षेत्रमा सडक कार्यालयले बिहानदेखि मर्मतको काम सुरु गरेको जनाएको छ । 

सडक  डिभिजन कार्यालय जनकपुरका डिइ दीपककुमार झाले मर्मतको काम भइरहेको बताउनुभयो । बढीले मूल सडकमै १० मिटर लम्बाई र करिब अढाइ मिटर गहिरो खाल्डो पारेकाले अपरान्हपछि मात्र लोकमार्ग खुल्न सक्ने सम्भावना रहेको बताउनुभयो ।