मध्यपूर्वमा नेपालीको सुरक्षा
मध्यपूर्वका विभिन्न देशमा लाखौँ नेपाली कार्यरत छन् । रोजीरोटीका लागि त्यहाँ कार्यरत नेपालीको सुरक्षा हाम्रा लागि प्रमुख चासोको विषय बनेको छ । मध्यपूर्व शनिबार बिहानदेखि एकाएक युद्धभूमिमा परिणत भयो । जेनेभा वार्ता विफल भएपछि अमेरिका र इजरायल मिलेर इरानमाथि आक्रमण सुरु गरे । त्यसलगत्तै इरान पनि प्रत्याक्रमणमा उत्रियो । इरानले इजरायलसहित अमेरिकी सैन्य अखडा रहेका कुवेत, साउदी अरब, बहराइन, संयुक्त अरब इमिरेट्स, कतारमा क्षेप्यास्त्र प्रहार गरेसँगै शान्ति बिथोलियो । आकाश असुरक्षित बन्यो । विमान कम्पनीले एकाएक सबै उडान स्थगित गरेका छन् । उडान स्थगितले हजा
आमनिर्वाचन : राजनीतिक कोसेढुङ्गा
आगामी पाँच वर्षका लागि जनताबाट अनुमोदित हुन राजनीतिक दलका उम्मेदवार यतिबेला मतदाताका घरदैलोमा पुगेर भोट माग्न व्यस्त छन् । अघिल्ला चुनावमा जस्तै यस पटक पनि दल र उम्मेदवारबिच मतदातालाई आफ्नो पक्षमा ल्याउन प्रतिस्पर्धा छ । त्यसका लागि कतिपय उम्मेदवार लोभलाग्दा विकासे योजनाको पोको बोकेर मतदाता कहाँ पुगेका छन् । आफूलाई विपक्षीभन्दा कसरी अब्बल साबित ग
भ्रामक सूचनाबाट बच्न स्वनियम
प्रविधिको विकाससँगै विकसित भएको सामाजिक सञ्जाल हाम्रो दैनिक जीवनको अभिन्न अङ्ग बनिसकेको छ । सरल र सहज प्रविधि भएकाले सामाजिक सञ्जाल हरेक व्यक्तिको साथी जस्तै बनिसकेको छ । सामाजिक सञ्जालको सही र समुचित प्रयोग हाम्रा लागि उपयोगी हुन्छ । यो केवल सञ्चारको माध्यम मात्र नभई सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणको एक शक्तिशाली औजार पनि हो । नेपालमा फेस
१०० वर्ष अघिको गोर्खापत्र
१०० वर्ष अघिको गोर्खापत्र
आजको राशिफल
आजको राशिफल
फागुपूर्णिमा होली आज
अबिरया होली तँ चाया ला ल्यासे अबिरं छंगु ख्वाः हिसि दयका बिई न्हापालिपा मछासां थौंला प्याखं हुला क्यों... (अबिरको होली रिसाएको हो कि, अबिरले तिम्रो अनुहार राम्रो बनाइदिन्छु, पहिले लाज माने पनि आज नाचिदेउ) हरेक होलीमा युवापुस्तादेखि पाखा उमेर समूहमा यो गीत निकै लोक
सार्वजनिक बिदामा पनि पेट्रोलियम पदार्थ पाइने
सार्वजनिक बिदामा पेट्रोलियम पदार्थको बिक्री खुला हुने भएको छ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको सार्वजनिक बिदामा नेपाल आयल निगमका डिपो/शाखा कार्यालय खुला हुने भएका छन् । बजारमा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज राख्न डिपो तथा कार्यालय खुला हुने भएका हुन् । सरकारले आसन्न चुनावलाई लक्षित गरेर आगामी बुधबार, बिहीबार र शुक्रबार तीन दिन सार्वजनिक बिदा दिएको छ ।
बिदामा बैङ्किङ सेवा दिन निर्देशन
प्रतिनिधि सभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर निर्वाचन अवधिमा पनि बैङ्क तथा वित्तीय संस्थाका सेवा सञ्चालन हुने भएका छन् । नेपाल राष्ट्र बैङ्कले निर्वाचनका कारण निरन्तर सार्वजनिक बिदा परेकाले अत्यावश्यक बैङ्किङ सेवा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।
टेलिकमबाट एकै पटक दस हजार एसएमएस
नेपाल टेलिकमले एकै पटक १० हजारसम्म सामूहिक एसएमएस पठाउन सकिने सुविधा उपलब्ध गराएको छ । टेलिकमको मोबाइल नम्बर प्रयोग गरिरहेका ग्राहकले एकै पटक दुई हजार, पाँच हजार र १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने कम्पनीले जनाएको छ ।
गोलभेँडा राख्न छैन चिस्यान केन्द्र
गोलभेँडाको भाउ एक्कासि खस्किएपछि सर्लाहीका किसान मारमा परेका छन् । घाम चर्किएर गर्मी बढेसँगै किसानको खेतमा लगाइएको सबै जसो गोलभेँडा एकै पटक पाकेर बजारमा अत्यधिक भित्रन थालेपछि मूल्य ह्वात्तै घटेको हो । अत्यधिक उत्पादन हुँदा गोलभेँडा बिक्री हुन छाडेको किसानले गुनासो गरेका छन् ।
श्री स्टिल्सले प्राथमिक सेयर निष्कासन गर्ने
श्री स्टिल्स लिमिटेडले प्राथमिक सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले उक्त सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैङ्किङ लिमिटेडलाई नियुक्त गरेको छ ।
आँप उत्पादन बढ्ने अनुमान
महोत्तरीसहित तराई मधेशका जिल्लामा यस वर्ष आँप उत्पादनमा उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ । आँपका रुखमा प्रशस्त मात्रामा मञ्जर (फूल) लागेपछि किसान उत्साहित छन् ।
होलीले सद्भाव बढाओस् : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् भनी कामना गर्नुभएको छ ।
युद्ध प्रभावित देशमा श्रम स्वीकृति स्थगन
सरकारले मध्यपूर्वका खाडी देशमा जाने श्रमिकका लागि श्रम स्वीकृति दिन स्थगित गरेको छ । मध्यपूर्वमा इजरायल, अमेरिका र इरानबिचको युद्धका कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राखेर सरकारले श्रम स्वीकृति प्रदान गर्न स्थगित गरेको हो ।
सुनचाँदीको मूल्य अझै बढ्न सक्ने
मध्यपूर्वी देशमा भएको आक्रमणका कारण सुनचाँदीको मूल्य थप बढ्ने अनुमान गरिएको छ । अमेरिका र इजरायलद्वारा इरानमाथि भएको आक्रमण र इरानले पनि विभिन्न देशमा गरेको प्रत्याक्रमणको भोलिपल्ट नेपाली बजारमा सुनको मूल्य पाँच हजार रुपियाँभन्दा धेरैले बढेको छ ।
अठार देशबाट चवालिस अर्बभन्दा बढीको आयात
नेपालगन्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विभिन्न १८ देशबाट ४४ अर्ब रुपियाँभन्दा बढीको आयात भएको छ । नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलका अनुसार गत सात महिनाको अवधिमा भारतलगायत १८ देशबाट ४४ अर्ब ५४ करोड २१ लाख ६६ हजार रुपियाँ बराबरको मालसामान आयात भएको हो । सबैभन्दा बढी आयात भारतबाट मात्रै ४१ अर्ब पाँच करोड ९७ लाख ९७ हजार रुपियाँ बराबरको भएको छ । नेपालगन्ज भन्सार कार्यालयका अनुसार चीनबाट दुई अर्ब ५२ करोड ५० लाख ७० हजार मूल्य बराबरको मालसामान आयात भएको छ ।
क्षतिग्रस्त उद्योगले पाएन बिमा रकम
“ऋणले चुर्लुम्मै डुबियो, न काम लाग्ने पुराना सामग्री चलाउन पाइयो न त ऋण तिर्न पाइयो, किन मान्छे विदेश पलायन हुन्छन् भन्ने कुराको हेक्का हुँदै छ अहिले,” इलामको जसबिरे चिया कारखानाका सञ्चालक शरद सुब्बाले भन्नुभयो, “शुभचिन्तकबाट लिएको रकम समयमा फिर्ता गर्न नसक्दा लज्जाबोध भइसक्यो ।”
हवाई यात्रुलाई सुरक्षाको व्यवस्था
सरकारले पश्चिम एसिया तनावका कारण विमानस्थल बन्द भएकाले नेपाली यात्रुलाई गन्तव्यमा लग्न नसकिएकाले त्यहीँ प्रबन्ध गरिएको जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रीपरिषद् बैठकले सबै विमानस्थल बन्द भएकाले फर्काउन नसकिएकाले सम्बन्धित ठाउँमै सुरक्षित रहने व्यवस्था गरिएको परराष्ट्रमन्त्री बालनन्द शर्माले जानकारी दिनुभयो ।
नेपालीको सुरक्षा प्राथमिकतामा
नेपाल सरकारले पश्चिम एसियास्थित इरानमा बढ्दै गएको तनावसँगै आसपासका देशमा रहेका १७ लाखभन्दा बढी नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ । परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी पश्चिम एसियाका विभिन्न १३ वटा मुलुकमा थप सङ्कट बढ्ने अवस्था आए सबै नेपालीलाई सुरक्षित रूपमा नेपाल ल्याउने गरी आवश्यक गृहकार्य भइरहेको जनाएको छ ।
आजै मध्यरातदेखि मौन अवधि
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत फागुन २१ गते हुने मतदानका लागि उम्मेदवारले निर्वाचन प्रचारप्रसार गर्ने अन्तिम दिन सोमबार उम्मेदवार र दलको प्रवर्धन हुने गरी प्रचारप्रसार गर्न पाउने छन् । फागुपूर्णिमा पर्व पनि परेका कारण कतिपय उम्मेदवारले अन्तिम दिनमा आन्तरिक बैठकमा केन्द्रित हुने रणनीति बनाएका छन् ।
अन्तर्राष्ट्रिय उडान अनिश्चित
संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त सैन्य आक्रमणपछि नेपालबाट पश्चिम एसिया क्षेत्रमा हुँदै आएको हवाई सेवा व्यापक रूपमा प्रभावित भएको छ । अमेरिका र इजरायलले इरानका सैन्य तथा आणविक पूर्वाधारमाथि शनिबार गरेको हवाई आक्रमणको प्रत्युत्तरमा इरानले अमेरिकी सैन्य अखडा, विमानस्थललगायतका सहयोगी संरचनामाथि गरेको मिसाइल र ड्रोन आक्रमणपछि कतार, संयुक्त अरब इमिरेट्स र साउदी अरबलगायतका देशले आफ्नो हवाई आकाश बन्द गर्दा आइतबार काठमाडौँमा ओहोरदोहोर गर्ने २३ वटा उडान हुन सकेनन् ।
झन्डै बाह्र लाखले छान्ने छन् पन्ध्र सांसद
काठमाडौँका १० क्षेत्र, भक्तपुरका दुई र ललितपुरका तीन जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनको उल्लासमय माहोल देखिएको छ । राजधानीका तीन जिल्लाका ११ लाख ८४ हजारभन्दा बढी मतदाताले १५ जना प्रतिनिधि सभा सदस्य छान्ने छन् ।
भोलि खण्डग्रास चन्द्रग्रहण
फागुन १९ गते मङ्गलबार साँझ नेपालका विभिन्न भागबाट खण्डग्रास चन्द्रग्रहण देखिने भएको छ । यो ग्रहण विशेष किसिमको रहने छ किनभने चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा चन्द्रमा उदाउने भएकोले यो ग्रहणलाई दुर्लभ मानिएको वाल्मीकि क्याम्पसका वरिष्ठ खगोलविद् प्राडा जयन्त आचार्य बताउनुहुन्छ ।
समृद्धिको आधार पूर्वाधार र पर्यटन
भारतसँग सीमा जोडिएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) देखि चीनको तिब्बत छुने कोरला नाका समेटिएको गण्डकी प्रदेशमा २४ लाख ६६ हजार मानिसको बसोबास छ । यही फागुन २१ गते हुने आमनिर्वाचनमा यस प्रदेशमा १८ लाख ७० हजार ६५ मतदाता छन् । निर्वाचनकेन्द्रित हुँदै दलले विभिन्न नाममा जारी गरेका घोषणापत्रमा पर्यटन, सुशासन र प्रविधिमार्फत प्रदेशको समृद्धि हासिल गर्ने उल्लेख छ ।