शिष्ट सभामा अशिष्ट व्यवहार
संसद्भित्रको वाक् स्वतन्त्रतालाई संवैधानिक उन्मुक्ति भए पनि सभामा हुने छलफल शिष्ट र नैतिकता प्रतिकूल हुन नहुने बन्धन सांसदलाई छ तर पछिल्लो समय सार्वजनिक नैतिकता र असंसदीय शब्द/शब्दावलीको प्रयोग बग्रेल्ती हुन थालेका छन् ।
वडा अध्यक्षमाथि दुर्व्यवहार
कञ्चनपुरमा वडा अध्यक्षमाथि दुव्र्यवहार भएको छ । जिल्लाको भीमदत्त नगरपालिकाको आइतबार बसेको १२ औँ कार्यपालिका बैठकमा वडा १८ का अध्यक्ष रविन्द्रप्रसाद देवकोटामाथि कार्यपालिका बैठकमै दुव्र्यवहार गरिएको हो ।
गोरखापत्रकर्मी ढुङ्गेल पुरस्कृत
गोरखापत्र दैनिकका स्वास्थ्य समाचारदाता सरोज ढुङ्गेल शारदा सुदर्शन देकोटो स्मृति पाँचौ राष्ट्रिय स्वास्थ्य पत्रकारिताबाट सम्मानित हुनुभएको छ ।
कर्णाली प्रदेशसभाको बैठक स्थगन
प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले अवरोध गरेपछि कर्णाली प्रदेशसभाको बैठक स्थगन भएको छ ।
पाँच दिनभित्र ‘भिजिट भिसा’ प्रकरणबारे छानबिन संयन्त्र बन्छः मुख्य सचेतक बर्तौला
काठमाडौँ, असार ८ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले ‘भिजिट भिसा’ प्रकरणबारे सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच दुईबुँदे सहमतिमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकमाथि जारी छलफलमा मुख्य सचेतक बर्तौलाले दुईबुँदे सहमतिका पक्षमा केही दिनमै संयन्त्र बनाउने जानकारी दिनुभयो । “विपक्षी दलसँग भएको समझदारीबारे सरकार प्रतिबद्ध छ । एक महिना कुर्दैनाँै । आजको मितिले बढीमा पाँच दिनभित्रमा हामी संयन्त्र बनाउँछौँ,” उहाँले भन्नुभयो, “गृहमन्त्री रमेश लेखकले नै सदनमा उपस्थित भएर घोषणा गर्नुहुनेछ । त्यस प्रकारको तयारी उच्चस्तरबाट भएको छ ।”मुख्य सचेतक बर्तौलाले गत जेठ १३ गतेदेखि लगातार सदन अवरोध कायम राखेको उल्लेख गर्दै रास्वपा र राप्रपाका सांसदहरुको अवरोधप्रति असहमति व्यक्त गर्नुभयो । आजको बैठकमा त्यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा [माओवादी केन्द्र] का प्रमुख सचेतक हितराज पाण्डेले सहमतिअनुसार सरकारले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन ढिलाइ गर्न नहुने राय व्यक्त गर्नुभएको थियो ।
मुलुकमा अहिलेको सबैभन्दा ठुलो खाँचो सिस्टमको हो: माधव सापकोटा
काठमाडौँ, असार ८ गते । नेकपा (माओवादी केन्द्र) का नेता माधव सापकोटाले मुलुकमा सबैभन्दा ठुलो खाँचो सिस्टमको भएको बताउनुभएको छ ।आइतबार ललितपुरमा आयोजित सद्गमय सिजन–२ समापन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सार्वजनिक यातायातदेखि अस्पतालदेखि सिंहदरबारभित्रै विभिन्न जटिलता, समस्या र चुनौतीहरूको रहेको बताउँदै मुलुकमा सिस्टमको खाँचो रहेको बताउनु भयो । उहाँले विदेशी राष्ट्रहरूले गरेका प्रगति र उन्नतिसँग तुलना गर्दा धेरै निराश हुनुपर्ने स्थिति नरहे पनि सिस्टम भने नभएको जिकिर गर्नुभयो । उहाँले एउटा नागरिकले सहजतापूर्वक अस्पतालमा गएर उपचार गर्न सक्ने अवस्था बनाउन नसकिएको बताउनु भयो । उहाँले नेपालमा केही नभएको भन्ने बुझाइ गलत भएको बताउँदै पछिल्लो १० वर्षको अवधिको पूर्वाधार निर्माणदेखि मानव विकास सूचकाङ्कसम्म हेरेको खण्डमा फरक पाउने बताउनु भयो । उहाँले बिस्तारै क्रमिक रूपमा विकासहरू हुँदै गएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “ नेपालमा केही नभएको त्यस्तो कुरा पनि होइन । हिजो भर्खरै प्रधानमन्त्री ज्यूको उपस्थितिमा नयाँ संरचनाको उद्घाटन भएको छ । यसले हाम्रो समाजमा नयाँ रक्तसञ्चार गरेको छ । हामीले १० वर्षको बिचको समग्र पूर्वाधार निर्माण, मानव विकास सूचकाङ्कसहित अरू सबै कुराको हे¥यौ भने फरक पाउँछौँ । बिस्तारै क्रमिक रूपमा विकास सुधार हुँदै गएका छन् । तर, आजको समस्या के हो भने सार्वजनिक यातायात चढ्यो भने त्यो चढी साध्य छैन । त्यसको जटिलता, समस्या र चुनौतीहरूको बारेमा, हस्पिटल गयो भने अरू प्रकारका चुनौतीहरू छन् । सिंहदरबारभित्रकै कुरा गर्ने हो भने अरू चुनौतीहरू छन्, सबै भन्दा ठुलो खाँचो भनेको हाम्रा देशमा सिस्टमको हो । विदेशी राष्ट्रहरूले गरेका प्रगति र उन्नतिसँग हामीलाई तुलना गर्दा धेरै निराश हुनुपर्ने स्थिति छैन । तर, हामीकहाँ सिस्टम छैन । एउटा नागरिकले सहजतापूर्वक अस्पतालमा गएर लाइन बसी कुपन लिएर उपचार गर्न सक्ने अवस्था हामीले बनाउन सकिरहेका छैनौँ । यहीँबाट हाम्रो कमजोरी छ ।” उहाँले कसरी विधिमा बस्ने र विधिको विकासलाई संस्थागत गराउने विषयमा बहस हुनु जरुरी रहेको बताउनु भयो ।
जटिल प्रकृतिका रोगको उपचारमा थप १ लाख पाउने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले जटिल प्रकृतिका रोगको उपचारका लागि स्वास्थ्य बिमा कोषमार्फत थप एक लाख उपलब्ध गराउने गरी निर्णय गरेका छन् ।
उदयपुरमा वडाध्यक्ष र वडा सदस्यको निधन
उदयपुर, असार ८ गते । उदयपुरको रौतामाई गाउँपालिका–२ का वडाअध्यक्ष होमबहादुर दाहाल र ताप्ली गाउँपालिका–३ का वडा सदस्य छविजर्घा मगरको निधन भएको छ ।रौतामाई गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्र थापा क्षेत्रीका अनुसार वडा २ का वडाअध्यक्ष दाहालको ६८ वर्षको उमेरमा उपचारका क्रममा काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा आज निधन भएको हो ।शस्तै, ताप्ली गाउँपालिका–३ का वडा सदस्य ३९ वर्षीय छविजर्घा मगरको शनिबार निधन भएको ताप्ली गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विकले बताउनभयो । उहाँ लामो समयदेखि बिरामी हुनुहुन्थ्यो । वडाध्यक्ष दाहाल र वडा सदस्य मगरको निधनको शोकमा आज दुवै पालिकाले आफ्ना सबै सेवा बन्द गरेका थिए ।
सीमान्तकृत समुदायका लागि सुरक्षित आवासमा पहुँच वृद्धि गर्न जोड
काठमाडौँ, असार ८ गते । आवाससम्बन्धी संविधानप्रदत्त अधिकार प्राप्तिका लागि सीमान्तकृत समुदायको सुरक्षित आवासमा पहुँच वृद्धि गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । शहरी विकास मन्त्रालय र लुमन्ती आवासका लागि सहयोग समूहको संयुक्त आयोजनामा आज ललितपुरमा भएको सीमान्तकृति समुदायका लागि आवास पहुँचसम्बन्धी राष्ट्रिय गोष्ठीका वक्ताहरुले आवासको हक कार्यान्वयनका लागि सबै निकायले भूमिका बढाउनुपर्नेमा जोड दिए । कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले संविधानले नै आवासको हकलाई मौलिक हकमा समावेश गरिसकेकाले आवास नहुनेहरुका लागि आवासको हक प्राप्त गर्नु महत्वपूर्ण हुने र सरकारले शहरी विकास नीतिअनुरुप आवास निर्माणलाई जोड दिइरहेको बताउनुभयो । अहिले कानुनलाई समयसापेक्ष बनाउने क्रममा शहरी विकास विधेयक बनाउँदै गरेको जानकारी दिँदै सचिव सिग्देलले सरकारले कोही पनि आवासविहीन नहुनेगरी सर्वेक्षण गर्न लागेको पनि जानकारी दिनुभयो । उहाँले संयुक्त आवाससम्बन्धी कानुन संशोधनको चरणमा रहेको बताउनुभयो । कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले सीमान्तकृत समुदायलाई आवास मात्रै बनाएर नहुने, उनीहरुका लागि रोजगारी र आयआर्जनका कार्यक्रम सँगसँगै लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले कतिपय क्षेत्रमा आवास उपयोग नभएको अवस्थामा त्यसलाई ध्यान दिन सुझाव दिनुभयो । शहरी विकास तथा भवन निर्माण विभाग काठमाडौँका महानिर्देशक मचाकाजी महर्जनले सबै निकायको समन्वयमा मात्रै आवासको हक स्थापित गर्न सकिने बताउनुभयो । कार्यक्रममा सीमान्तकृत समुदायका लागि आवास पहुँचसम्बन्धी विभाग र लुमन्ती आवासका लागि सहयोग समूहबीच त्रिवर्षीय सम्झौता भएको छ । उक्त सम्झौतामा विभागका महानिर्देशक महर्जन र लुमन्तीकी कार्यकारी निर्देशक लजना मानन्धरले हस्ताक्षर गर्नुभयो । कार्यक्रममा लुमन्ती आवासका लागि सहयोग समूहकी अध्यक्ष गुजेश्वरी श्रेष्ठले कुनै पनि कार्यक्रम सुरुआत गर्न सजिलो तर कार्यान्वयनमा कठिन हुने गरेको बताउनुभयो ।
तीनजना भन्दा बढी सन्तान जन्माउनेलाई मासिक पाँच सय भत्ता
पाल्पाको रामपुर नगरपालिकाले तीन वा सो भन्दा बढी सन्तान जन्माउने परिवारलाई प्रोत्साहन गर्ने योजना अघि सारेको छ । आर्थिक वर्ष २०८२-०८३ देखि तीन वा तीन भन्दा बढी सन्तान जन्माएमा तेस्रो सन्तान र तेस्रो सन्तान पछिका हरेक सन्तानलाई पाँच वर्ष सम्म मासिक पाँच सय प्रदान गर्ने नीति लिएको हो ।
‘कांग्रेसको महाधिवेशन २०८३ मङ्सिरभित्र हुनुपर्छ’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन विसं २०८३ मङ्सिरभित्र हुनुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले आज आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उहाँले पार्टीको महाधिवेशन निर्धारित मितिमा हुनुपर्ने बताउनुभयो ।
खोलाले बगाउँदा एक जना बेपत्ता
गौमूल गाउँपालिकामा खोलाले बगाएर आज एक जना बेपत्ता भएका छन् ।
इलाममा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
इलामको रोङ गाउँपालिका ३ पाथले डाँडा स्थित मेची राजमार्ग सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
च्याउ सङ्कलनलाई जङ्गल खुला
बाँके राष्ट्रिय निकुञ्जले च्याउ सङ्कलन गर्नका लागि सशुल्क निकुञ्जको जङ्गल क्षेत्र खुला गरेको छ । जङ्गलमा पाइने च्याउ सङ्कलन गर्न स्थानीयहरूका लागि सशुल्क जङ्गल क्षेत्र खुला गरिएको निकुञ्जले जनाएको छ ।
१० करोड बढी भ्रष्टाचार गरेको भन्दै पशुपतिका सदस्य सचिव थापासहित १४ जनाविरुद्ध मुद्दा
१० करोड ३३ लाख भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पशुपतिका वैद्यको दुर्घटनामा निधन
पशुपति आर्यघाट सेवा केन्द्रका आयुर्वेदिक चिकित्सक सुवर्ण वैधको निधन भएको छ ।
चार सय बढी घर बाढीपहिरोको जोखिममा
काठेखोला गाउँपालिका विपद् व्यवस्थापन समितिका अनुसार गाउँपालिकाका आठ वटा वडाका चार सय ७९ वटा घर बाढीपहिरोको जोखिममा रहेका छन् ।
सिरिजङ्घाको बजेट ५८ करोड ७५ लाख
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले झण्डै ५९ करोड रुपियाँको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि गाउँपालिकाले उक्त रकम बराबरको बजेट ल्याएको हो ।
जैमिनी नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने
बागलुङको जैमिनी नगरपालिकाले किसानको उत्पादन बजारमा जोड्न कृषि एम्बुलेन्स सञ्चालन गर्ने नीति ल्याएको छ ।
लुम्बिनी प्रदेशसभा सदस्य सुमन रायमाझी विरुद्ध पक्राउ पुर्जी
लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध बैङ्किङ कसुरको आरोपमा पक्राउ पुर्जी जारी भएको छ । उहाँ जनमत पार्टीको तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्य हुनुहुन्छ ।
ढोरपाटन जिप दुर्घटना : मृतकको सङ्ख्या पाँच पुग्यो
बागलुङको ढोरपाटनमा गत शुक्रवार (जेठ २) भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको छ । दुर्घटनामा परी घाइते हुनुभएकी ढोरपाटन नगरपालिका वडा नं. २ की २३ वर्षीय इन्द्रा कुँवरको उपचारको क्रममा मृत्यु भएपछि ज्यान गुमाउने सङ्ख्या पाँच पुगेको हो ।
तुलसीपुरको नीति : ‘जहाँ छहारी, त्यहाँ चौतारी’
तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२-८२ को नीति तथा कार्यक्रममा स्वच्छ पर्यावरणलाई प्राथमिकता दिँदै ‘जहाँ छहारी, त्यहाँ चौतारी ’ समावेश गरेको छ ।
पोखरा-२६ का ताल अव्यवस्थित
सात ताल सुन्दर नगरी पोखराका विशेष पहिचान हुन् ।
मुग्लिन-मलेखु सडकखण्ड आजबाट राति बन्द नहुने
मुग्लिन-मलेखु सडकखण्डको चार वटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम बिहान सम्पन्न भएको छ । यससँगै आजबाट रातिको समयमा सडक आवागमन नरोकिने भएको छ।