सप्तकोशीको छालसँगै जिउनेलाई छोएन चुनावी लहरले
प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा गाउँसहर सबैतिर चुनावी लहर फैलिएको छ तर सप्तकोशी नदीको छालसँगै बगेर आउने दाउरा सङ्कलन गरेर जीवनयापन गर्नेलाई भने चुनावी लहरले खासै छोएको छैन ।
हात्ती प्रभावितलाई मौरीका घार
मोरङका हात्ती प्रभावित किसानलाई बेलबारी चिसाङ साझेदारी वन उपभोक्ता समूहले २० घार मौरी वितरण गरेको छ । बेलबारीस्थित बेलबारी चिसाङ साझेदारी वन उपभोक्ता समूहले शनिबार बेलबारी–
तनहुँमा बहुपक्षीय प्रतिस्पर्धा
निर्वाचन नजिकिँदै जाँदा तनहुँका दुवै क्षेत्रमा चुनावी सरगर्मी बढेको छ । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र अन्य नयाँ उम्मेदवारबिच बहुपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । अघिल्लो उपनिर्वाचनमा आमनेसामने भएका नेपाली कांग्रेसका गोविन्द भट्टराई र रास्वपाका स्वर्णिम वाग्ले पुनः प्रतिस्पर्धामा उत्रिँदा नेकपा (एमाले) ले पूर्वमन्त्री भगवती न्यौपानेलाई मैदानमा उतारेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थारू भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थारू भाषा
पोखरामा भयो सर्वपक्षीय भेला
आसन्न फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नका लागि पोखरामा सर्वपक्षीय भेलाको आयोजना गरिएको छ । सो भेलामा पोखराका मुख्य निर्वाचन अधिकृत, सुरक्षा निकायका प्रमुख, नागरिक समाज, पत्रकार, उद्योग व्यवसायी, बुद्धिजीवीलगायतको उपस्थिति रहेको थियो । कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले नागरिक शासनको प्रत्याभूत गर्ने, निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन आमनागरिकको दायित्व रहेको बताउनुभयो ।
कोरला नाका तीन दिन बन्द हुने
यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि तीन दिन चिनसँग सिमाना जोडिएको कोरला नाका बन्द गरिने भएको छ । उपल्लो मुस्ताङको ल्होमन्थाङ गाउँपालिकामा रहेको नेपाल–चीन २४ नम्बरको कोरला नाका फागुन १८ गते राति १२ बजेदेखि २१ गते राति १२ बजेसम्म बन्द गरिने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
साझा मुद्दा बन्यो सिद्धार्थ राजमार्ग
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आआफ्नो पक्षमा मत तान्नका लागि सबै दलले आआफ्नो योजना सार्वजनिक गरेका छन् । दलहरूको केन्द्रीय रणनीतिसँग मिल्ने योजनासहित पूर्वाधार, सुशासन र रोजगारीलाई प्राथमिकतामा राखेका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दल भौतिक पूर्वाधार तथा आधारभूत विषयलाई आफ्ना एजेन्डामा समेटेका छन् । सबै दलका उम्मेदवारले यहाँको सिद्धार्थ राजमार्गको स्तरोन्नतिको विषयलाई साझा मुद्दा बनाएका छन् ।
प्रमुख दलका उम्मेदवारबिच कडा प्रतिस्पर्धा
प्रतिनिधि सभा सदस्यको निर्वाचन आउन तीन दिन मात्रै बाँकी रहँदा बाँकेको निर्वाचन क्षेत्र नम्बर १ मा प्रमुख दलका उम्मेदवारबिच अत्यन्तै रोचक र कडा प्रतिस्पर्धा हुने देखिएको छ । यो क्षेत्रमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई नयाँ उम्मेदवारले चुनौती दिइरहेका छन् । कोहलपुर–११ का दीपक रैदासले एमालेका निवर्तमान सांसद सूर्य ढकाल विरासत जोगाउन कियाशील रहँदा कांग्रेस बाँकेका सभापति नारायण गौडेल, नेपाली कम्युनिस्ट पार्टी बाँकेका संयोजक नरेन्द्र पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेशकुमार चौधरीले कडा चुनौती दिनुभएको बताउनुभयो ।
मतदान स्थलमा प्राथमिक उपचार कक्ष
गुल्मीमा निर्वाचनको सबै तयारी पूरा भएको छ । निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन जिल्लास्तरीय एकीकृत सुरक्षा योजना निर्माण गरेर कार्यान्वयन गरिएको सुरक्षा निकायले जनाएको छ । सुरक्षा संवेदनशीलताका आधारमा अति संवेदनशील ४८, संवेदनशील ५७ र सामान्य ४० मतदान केन्द्र छन् । नेपाल प्रहरीतर्फ एक हजार ६९५ र सशस्त्र प्रहरीतर्फ १७९ निर्वाचन प्रहरी छनोट भएर तालिम सञ्चालन सकेर परिचालन भएका छन् ।
चुनावपछि बिर्सन्छन् श्रमिकका मुद्दा
निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलले आफ्ना एजेन्डामा श्रमिकका मुद्दा समेटेको दाबी गरे पनि चुनाव सकिएपछि ती प्रतिबद्धता कार्यान्वयनमा नआउने गरेको गुनासो श्रमिकले गरेका छन् । विगतका निर्वाचनमा श्रमिकका माग सम्बोधन गर्ने आश्वासन दिइए पनि व्यवहारमा त्यसको प्रभावकारी कार्यान्वयन नभएको देखिएको श्रमिकको भनाइ छ ।
मत हाल्न घर फर्किए मतदाता
कामका लागि भारतको कालापहाड गएका हुम्लावासी फर्कने क्रम सुरु भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्न तीन महिनाअगाडि भारत गएका उनीहरू मत हाल्न घर फर्कन थालेका हुन् ।
नाग्म–गमगढी राजमार्ग कालोपत्रे गर्न बजेट सुनिश्चित
सरकारले नाग्म–गमगढी राजमार्ग कालोपत्रे गर्न बजेट सुनिश्चित गरेको छ । नाग्मदेखि गमगढीसम्मको सडक बजेट अभावका कारण झन्डै तीन वर्षदेखि रोकिएको थियो । सडक डिभिजन कार्यालय जुम्लाका अनुसार यस पटक भने अब सरकारले बजेट स्वीकृत गरेपछि नाग्मदेखि देवारगाउँसम्मको करिब १५ किलोमिटरका लागि ठेक्का आह्वान भएपछि उक्त सडक कालोपत्रे हुने निश्चित भएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
‘नयाँ जति राम्रा, पुराना सबै खराब हुँदैनन्’
नेपाली कांग्रेसका केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले नयाँ जति सबै राम्रा र पुराना जति सबै खराब नहुने बताउनुभएको छ । उहाँले अहिले राजनीतिमा नयाँ मात्र राम्रा र पुराना खराब भन्ने भाष्य हाबी हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले नयाँले मात्रै समाधान दिन नसक्नेसमेत स्पष्ट पार्नुभयो ।
निर्वाचनको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचन–२०८२ को तयारी पूरा भएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै किमिसका काम पूरा भएसँगै निर्वाचनको तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी एवं सहायक निर्वाचन अधिकृत विष्णुप्रसाद अवस्थीले जानकारी दिनुभयो ।
सुदूरपश्चिमबाट एक उपप्रधानसहित चौध पूर्वमन्त्री उम्मेदवार
सुदूरपश्चिम प्रदेशमका विभिन्न निर्वाचन क्षेत्रबाट एक जना पूर्वउपप्रधानमन्त्रीसहित १४ जना मन्त्री चुनावी मैदानमा उत्रिएका छन् । चुनावमा होमिएकामध्ये पूर्वउप्रधानमन्त्री, पूर्वमन्त्री, प्रदेशका पूर्वमुख्यमन्त्री, मन्त्री र राज्यमन्त्री छन् ।
कटान शिविरका मतदाता भन्छन् : पानी दिनेलाई मत
कैलालीको घोडाघोडी–८ जरैटोल कटान शिविरका मतदाताले खानेपानीको व्यवस्थापन गर्नेलाई मत दिने बताएका छन् । कटान शिविरका बासिन्दाले बर्सौंदेखि खानेपानीको चरम अभाव झेल्दै आएका छन् । मत माग्न आउने उम्मेदवारलाई पानी व्यवस्थापन गरिदिनेलाई मत दिने जवाफ दिने गरेका छन् । खानेपानी र सडक समाधान गर्ने उम्मेदवारलाई मात्र मत दिने स्थानीय पवित्रा विकले बताउनुभयो । हामीले हरेक उम्मेदवारसित आफ्ना समस्या सुनाएका छौँ । उहाँले भन्नुभयो, “नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार वीरमान चौधरीलाई पनि यही माग राख्यौँ ।”
ठुला दलमा ४१–६० वर्षका उम्मेदवारको वर्चस्व
युवाको माग बढिरहेका बेला सुदूरपश्चिमबाट प्रतिनिधि सभाको निर्वाचनमा ४० वर्षमुनिका उम्मेदवार कम रहेको पाइएको छ । ठुला चार दलले उठाएका ७३ प्रतिशत उम्मेदवार ४१ देखि ६० वर्ष उमेर समूहका रहेका छन् । संविधानतः २५ वर्ष पूरा भएको नेपाली नागरिक उम्मेदवार बन्न पाउने व्यवस्था छ ।
ह्याट्रिक गर्ने दाउमा लामिछाने, जितको खोजीमा अन्य उम्मेदवार
आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा चितवन क्षेत्र नम्बर २ को निर्वाचन माहोल तातेको छ । अघिल्ला दुई निर्वाचनमा भारी मतान्तरले चुनाव जित्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले जितको ह्याट्रिक गर्ने तयारीमा हुनुहुन्छ भने बर्सौंदेखि समाज क्षेत्रमा क्रियाशील नेपाली कांग्रेसकी उम्मेदवार मीनाकुमारी खरेल, नेकपा एमालेका युवा नेता अश्विन घिमिरे, नेकपाका प्रताप गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका जगदीश्वर अधिकारीलगायतका २३ जना उम्मेदवार पहिलो जितको खोजीमा हुनुहुन्छ ।
आदिवासी समुदायबाटै सतहत्तर प्रतिशत उम्मेदवार
काठमाडौँको कालीमाटीका २५ वर्षीय सुनील मानन्धर पहिलो पटक मतदान गर्दै हुनुहुन्छ । उहाँले जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिमा देशलाई समाल्ने नेतृत्वको खोजी भएकाले सोहीबमोजिम मतदान गर्ने बताउनुभयो । अघिल्लो निर्वाचनमा मतदाता नामावली नै नभरेका युवा मानन्धरले यस पटक फागुन २१ गतेको निर्वाचनमा मतदान गर्नकै लागि नामावली भर्नुभएको हो ।
गाउँ सुनसान भएकोप्रति चिन्ता
थारू समुदाय चितवनको मात्र हैन, नेपालकै आदिवासीमध्येको एक समुदाय मानिन्छ । आधुनिकताले छोएसँगै गाउँघरको निमेक छाडेर बिदेसिने लहर चलेपछि अचेल थारूगाउँमा युवाको जमघट निकै कम छ । फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा मतदाताले आफ्ना छोराछोरीलाई स्वदेशमै काम गरेर सँगै बस्ने वातावरण बनाइदिन भोट माग्न आउने नेताहरूसँग भन्न थालेका छन् ।
कर्णालीको विकास दलको घोषणापत्रमा
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सार्वजनिक गरिएका घोषणापत्रमा प्रमुख दलले साबिक कर्णालीका पाँच जिल्लाको विकासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् । साबिक कर्णालीका जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालीकोटको विकासमा दलहरूले आफ्नो घोषणापत्रमा यहाँको पूर्वाधार विकास र सिँजा खस सभ्यताको संरक्षण तथा संवर्धन गर्ने प्रतिबद्धता जनाएका हुन् ।
मध्यपूर्वमा नेपालीको सुरक्षा
मध्यपूर्वका विभिन्न देशमा लाखौँ नेपाली कार्यरत छन् । रोजीरोटीका लागि त्यहाँ कार्यरत नेपालीको सुरक्षा हाम्रा लागि प्रमुख चासोको विषय बनेको छ । मध्यपूर्व शनिबार बिहानदेखि एकाएक युद्धभूमिमा परिणत भयो । जेनेभा वार्ता विफल भएपछि अमेरिका र इजरायल मिलेर इरानमाथि आक्रमण सुरु गरे । त्यसलगत्तै इरान पनि प्रत्याक्रमणमा उत्रियो । इरानले इजरायलसहित अमेरिकी सैन्य अखडा रहेका कुवेत, साउदी अरब, बहराइन, संयुक्त अरब इमिरेट्स, कतारमा क्षेप्यास्त्र प्रहार गरेसँगै शान्ति बिथोलियो । आकाश असुरक्षित बन्यो । विमान कम्पनीले एकाएक सबै उडान स्थगित गरेका छन् । उडान स्थगितले हजा
आमनिर्वाचन : राजनीतिक कोसेढुङ्गा
आगामी पाँच वर्षका लागि जनताबाट अनुमोदित हुन राजनीतिक दलका उम्मेदवार यतिबेला मतदाताका घरदैलोमा पुगेर भोट माग्न व्यस्त छन् । अघिल्ला चुनावमा जस्तै यस पटक पनि दल र उम्मेदवारबिच मतदातालाई आफ्नो पक्षमा ल्याउन प्रतिस्पर्धा छ । त्यसका लागि कतिपय उम्मेदवार लोभलाग्दा विकासे योजनाको पोको बोकेर मतदाता कहाँ पुगेका छन् । आफूलाई विपक्षीभन्दा कसरी अब्बल साबित ग