• १८ फागुन २०८२, सोमबार

श्री स्टिल्सले प्राथमिक सेयर निष्कासन गर्ने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन १८ गते । श्री स्टिल्स लिमिटेडले प्राथमिक सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले उक्त सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैङ्किङ लिमिटेडलाई नियुक्त गरेको छ । 

श्री स्टिल्स लिमिटेडले टिएमटी रिबार निर्माण गर्छ । नेपाल जस्तो भौगोलिक जटिलता र भूकम्पीय जोखिम रहेको देशको संरचना निर्माणमा अत्यधिक बलिया संरचना निर्माणमा ध्यान दिनुपर्ने हुन्छ । रिबारको उत्पादनका लागि सिक्स स्ट्यान्ड ब्लक मिलको अत्याधुनिक जापानी प्रविधिमा आधारित उपकरण रहेको कम्पनीले जनाएको छ । 

सम्झौतामा श्री स्टिल्स लिमिटेडका तर्फबाट कम्पनीका प्रबन्ध सञ्चालक राजेशकुमार अग्रवाल तथा नबिल इन्भेस्टमेन्ट बैङ्किङ लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गर्नुभएको थियो ।