बढ्दै कर सङ्कलन लागत
कर सङ्कलन गर्न लाग्ने सरकारको खर्च बढ्न थालेको छ । सूचना प्रविधिको प्रयोगमार्फत कर लागत घटाउने सरकारको लक्ष्य रहे पनि पछिल्ला दुई वर्ष यस्तो लागत झन् बढेको पाइएको हो ।
आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपियाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रूपियाँ ८१ पैसा कायम भएको छ ।
नेवानिको ग्राउन्ड ह्यान्डलिङ सेवा कसैले नखोस्ने आश्वासन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल वायु सेवा निगमको केन्द्रीय कार्यालयमा निरीक्षण तथा अनुगमन गर्नुभएको छ ।
पत्रकार महासङ्घमा उम्मेदवारी दर्ता
आगामी मङ्सिर २८ गते तय भएको नेपाल पत्रकार महासङ्घको निर्वाचन अन्तर्गत शुक्रबार (मनोनयन) उम्मेदवारी दर्ता सम्पन्न भएको छ ।
कांग्रेसले उपनिर्वाचनको समीक्षा गर्ने
उपनिर्वाचनको समीक्षा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक मङ्सिर २४ गते बस्ने भएको छ ।
बिआरआईबाट तर्सिनु पर्दैन
पूर्वपरराष्ट्रमन्त्री तथा नेकपा एमालेका सचिव रघुवीर महासेठले चीन र नेपालबिच भएको बिआरआई सम्झौताबाट भारत डराउनु नपर्ने बताउनुभएको छ ।
असल न्यायिक अभ्यासको सूचीकरण गरिने
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका र नगरपालिकामा गठन भएका न्यायिक समितिले गरेका असल अभ्यासको सूचीकरण गर्ने भएको छ ।
भूमिहीनको वास्तविक तथ्याङ्क आउनुपर्ने
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहीनको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
उजुरी बेनामे हुनुपर्ने विज्ञहरूको सुझाव
भ्रष्टाचार निवारण र अख्तियारसम्बन्धी विधेयकमा छलफल गरिरहेको प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समिति अन्तर्गतको उपसमितिले थप समय माग गरेको छ ।
शिक्षकको तलब मासिक रूपमा उपलब्ध गराउन स्थानीय तहलाई पत्राचार
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको तलब मासिक रूपमा उपलब्ध गराउन सबै स्थानीय तहलाई आग्रह गरेको छ ।
बिआरआई फ्रेमवर्क,सत्ता साझेदार दृढ
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबिच भएको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) सहकार्य फ्रेमवर्क’ सम्बन्धी सहमति कार्यान्वयनका सन्दर्भमा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) एकमत देखिएका छन् ।
मुआब्जा नीति नहुँदा अकल्पनीय भार
राष्ट्रले ठुला ठुला रेल, विद्युत्, सडक र सुरुङलगायतका आयोजनाको निर्माण गर्ने महìवाकाङ्क्षी लक्ष्य लिएर अगाडि बढिरहँदा मुआब्जा नीतिको अभावमा जग्गा प्राप्तिको विषय भने जटिल बन्दै गएको छ ।
दोस्रो मुसिकोट महोत्सव हुने
गुल्मीमा दोस्रो मुसिकोट महोत्सव हुने भएको छ । गुल्मी मुसिकोट उद्योग वाणिज्य सङघको आयोजनामा पुस १२ गतेदेखि २१ गतेसम्म दोस्रो मुसिकोट कृषि, पर्यटन, खेलकुद, सांस्कृतिक एवम ब्यापार महोत्सव आयोजना गर्न लागिएको प्रचार प्रसार उपसमितिका संयोजक वसन्त अधिकारीले जानकारी दिनुभयो ।
विदेशी पाहुनामैत्री शहर इन्चोन
विश्वको चौथो ठुलो अर्थतन्त्र दक्षिण कोरियाको तेस्रो ठूलो शहर इन्चोन यतिबेला आफूलाई ‘विदेशी पाहुनामैत्री शहर’ को रुपमा स्थापित गराउन सफल भएको छ ।
तीन देशको सुन्तला महोत्सव कोलकातामा
पश्चिम बंगालको कोलकातामा छैठौं सुन्तला महोत्सव शुक्रवारदेखि सुरु भएको छ । सिटी अफ जोएु कम्पनीको आयोजनामा भएको यस महोत्सवमा नेपाल, भारत र भुटानका सुन्तला उत्पादकहरूको सहभागिता रहेको छ ।
प्राकृतिक विपत्तिले तीन खर्ब १० अर्ब डलरको क्षति
प्राकृतिक प्रकोपका कारण यस वर्ष विश्वभर अनुमानित तीन खर्ब १० अर्ब अमेरिकी डलरको आर्थिक क्षति भएको पुनर्बीमा कम्पनी स्विस रेले बिहीबार जनाएको छ ।
दृश्यमा सुदूरपश्चिम सार्वजनिक
सुदूरपश्चिम प्रदेशको धनगढीमा एक भव्य कार्यक्रमका बिच एभरेष्ट ग्यालरीको आयोजनामा दृश्यमा सुदूरपश्चिम सार्वजनिक भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहीको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा एभरेष्ट ग्यालरी टिमले सुदूरपश्चिम प्रदेशका कैलारी गाउँपालिका तथा डोटी जोरायल गाउँपालिका क्षेत्रमा छायांकन गरिएको दुई वटा म्युजिकहरु सार्वजनिक गरिएको हो ।
विभिन्न ११ स्थानमा आगलागी, चारजना घाइते
नेपालका विभिन्न क्षेत्रमा पछिल्लो २४ घण्टामा ११ ठाउँमा आगलागी भएको छ ।
गोरखापत्रकर्मी पौडेलसहित तीन प्रतिभा सम्मानित
शब्दयात्रा प्रकाशन बनेपाले गोरखापत्रकर्मी केशवराज पौडेलसहित तीन जनालाई कदरपत्रले सम्मान गरेकोे छ । शब्दयात्रा प्रकाशन हरिगोपाल प्रधान कदरपत्र २०८१ ले गोरखापत्रकर्मी पौडेललाई सम्मान गरेको हो ।
दुई आयोगका पदाधिकारीका लागि ४० जनाको नाम छनोट
सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका लागि पदाधिकारी सिफारिस समितिले ४० जनाको नाम छनोट गरेको छ।
१०औँ राष्ट्रिय खेलकुद चैतमा
१०औँ बृहत राष्ट्रिय खेलकुद–२०८१ साल चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ ।
प्रेस स्वतन्त्रतामा हामी गम्भीर छौं : गृहमन्त्री लेखक
शुक्रबार धरानमा आयोजित नेपाली कांग्रेस धरान उपमहानगर समितिको आयोजनामा गिरिराज आचार्यद्वारा लिखित पुस्तक विमोचन तथा गिरिराज आचार्य श्रृजनशील पत्रकारिता पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो।
संविधान संशोधन गरेर उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिन्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उपराष्ट्रपतिलाई संविधान संशोधन गरेर राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिने बताउनुभएको छ।
देशद्रोह गरेको ठहर गर्दै दुई क्रिमिनियालीलाई जेल सजाय
युक्रेनलाई सैन्य उपकरण र पानीजहाजको गतिविधिबारे जानकारी दिएको आरोपमा मस्कोको नियन्त्रणमा रहेको क्रिमियाको एक अदालतले शुक्रबार दुई जनालाई देशद्रोहको दोषी ठहर गर्दै १३ बर्षको जेल सजाय सुनाएको छ ।