• ८ पुस २०८१, सोमबार

गोरखापत्रकर्मी पौडेलसहित तीन प्रतिभा सम्मानित

blog

गोरखापत्रकर्मी केशवराज पौडेल (दायाँबाट पहिलो) सहित सम्मानित तीन प्रतिभासहितका सहभागीहरु ।

गोरखापत्र समाचारदाता

काभ्रेपलाञ्चोक, मङ्सिर २१ गते । शब्दयात्रा प्रकाशन बनेपाले गोरखापत्रकर्मी केशवराज पौडेलसहित तीन जनालाई कदरपत्रले सम्मान गरेकोे छ । शब्दयात्रा प्रकाशन हरिगोपाल प्रधान कदरपत्र २०८१ ले गोरखापत्रकर्मी पौडेललाई सम्मान गरेको हो । 

काभ्रेपलाञ्चोक जिल्लाका प्रतिभाको रुपमा पत्रकारिताका माध्यमबाट जन्म जिल्लाको ऐतिहासिक परिचय कायम गराउन सफल हुनुभएको सम्मानपत्रमा उल्लेख गरिएको छ । पौडेलसँगै काभ्रेपलाञ्चोकका अग्रज पत्रकार प्रल्हाद शर्मा र पत्रकार कपिल कोइरालालाई कदरपत्रले सम्मान गरिएको छ । 

सम्मानित पत्रकारलाई नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा कुलप्रसाद कोइराला, नेपाल फोटो पत्रकार समूहका अध्यक्ष प्रदिपराज वन्त, शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री र हरिगोपाल प्रधानले संयुक्त रुपमा कदरपत्रले सम्मान गर्नुभयो । 

सोही कार्यक्रममा नेपालको विविध पृष्ठभूमि र योगदानमा षडानन्द पुस्तक, पाठकको आँखामा हरि मञ्जु श्री पुस्तिका, म जहाँ जन्मिए, त्यहीँ बसेर मर्न पाइयोस् गानको सार्वजनीकीकरण गरिएको थियो । समाजमा योगदान पु¥याउने, जयनारायण नेपाल, रश्मि हुँमागाई, पुण्यवती घले र अमृत अधिकारीलाई विद्धतवृत्ति सर्मपण गरिएको थियो । 

त्यस्तै, पत्रकारिता विषयमा काभ्रे बहुमुखी क्याम्पसमा अध्ययरत रोशनी खत्री र विकलाङ्ग भएर पनि अध्ययनमा अब्बल अनिशा खत्रीलाई छात्रवृत्ति सर्मपण गरिएको थियो ।