श्रममन्त्री भण्डारी र इजरायली राजदूतबिच शिष्टाचार भेट
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीसँग नेपालका लागि इजरायली राजदूत शुमलिक एरी बासले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा. महत
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सिङ्गो पार्टी एकताबद्ध भएर सङ्गठन सुदृढीकरणसहित जनतामाझ जानुपर्ने खाँचो औँल्याउनुभएको छ।
झापामा गोरक्षा महोत्सवमा तयारी भइरहँदा गौहत्या भएपछि धार्मिक अगुवा आन्दोलित
झापाको शिवसताक्षी नगरपालिकामा पर्ने धार्मिक तथा पर्यटकीय क्षेत्र शिताक्षीधाममा श्रीशताक्षी गोरक्षा महोत्सवको तयारी भइरहदा गौहत्या हुनु दुर्भाग्य भएको गौ संरक्षण अभियान्ता तथा शताक्षीधाम गोलोक गोवर्धन गौशालाका संस्थापक तथा संरक्षक आचार्य पं. नन्दकिशोर भारद्धाजले बताउनुभएको छ।
गण्डकीका सभामुख धिताललाई मातृशोक
गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धिताललाई मातृशोक परेको छ।
मन्त्रालयको त्रैमासिक समीक्षा : परिणाममूलक काम गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान स्थितिमा परिवर्तन ल्याउने गरी प्रभावकारीरुपमा काम गर्न मन्त्री र सचिवलाई निर्देशन दिनुभएको छ।
नेपाल पाकिस्तानसँग पराजित
पाकिस्तानमा जारी नेत्रहीन टी–२० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोली पाकिस्तानसँग पराजित भएको छ ।
मर्मत गरिँदै खानेपानीका पाइपलाइन
काठमाडौँ उपत्यकामा फुटेका खानेपानीका पाइपलाइन मर्मत गरी पानी वितरण सञ्चालन गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को टोलीले हाल ठाउँ ठाउँमा मर्मत गरी पानी वितरण गरिएको खानेपानी मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री डा.राणा चीनको औपचारिक भ्रमणमा जानुहुँदै
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा भोलिदेखि चीनको औपचारिक भ्रमणमा जानुहुने भएको छ ।
लेबनानमा युद्धविराम गाजा युद्ध अन्त्य गर्ने महत्त्वपूर्ण कदम-जोर्डन
जोर्डनले लेबनानमा इजरायल र हिजबुल्लाहबिच बुधबार लागू भएको युद्धविरामलाई स्वागत गर्दै गाजामा इजरायल र हमासबिचको युद्ध अन्त्य गर्ने दिशामा यो महत्त्वपूर्ण कदम भएको बताएको छ ।
शिक्षामन्त्री भट्टराई र विकास साझेदारबिच भेट
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसँग मन्त्रालयको नेतृत्वमा कार्यान्वयनमा रहेको विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयनका संयुक्त विकास साझेदारले शिष्टाचार भेटघाट गरेका छन्।
ललितपुर–८ लाई टेबलटेनिस उपाधि
ललितपुर महानगरपालिका वडा नं.–८ ले चौथो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टको उपाधि जितेको छ ।
युद्ध विरामपछि बेरुतका विस्थापित बासिन्दा घर फर्के
युद्धविराम लागू भएपछि द्वन्द्वका कारण क्षति भएको बेरुतको दक्षिणी उपनगरबाट विस्थापित बासिन्दाहरू बुधबार घर फर्केका छन् ।
राष्ट्रपति पौडेलद्वारा कलाकारहरू सम्मानित
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको प्रकृति र संस्कृतिलाई आधुनिक प्रविधि, उपकरणको प्रबन्ध गरी गुणस्तरीय र अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने गरी पर्दामा उतारेर चलचित्र उद्योगलाई नेपालको पर्यटन उद्योगसँग जोड्न आग्रह गर्नुभएको छ ।
नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साझेदारी प्रवर्द्धन, ज्ञान आदानप्रदान र स्वास्थ्य क्षेत्रमा भएका चुनौती सामना गर्न विश्वव्यापी विशेषज्ञता उपयोग गर्ने हेतुले आगामी पुस ११ र १२ गते काठमाडौँमा नेपाल स्वास्थ्य सम्मेलन आयोजना गर्ने भएको छ ।
तोरन गल्फको उपाधि नजिक
तोरनविक्रम शाही सूर्य नेपाल सेन्ट्रल ओपन गल्फको उपाधि नजिक पुग्नुभएको छ ।
हाईस्कुल राष्ट्रिय क्रिकेट पुसमा
हाईस्कुल राष्ट्रिय क्रिकेट प्रतियोगिता पुसको पहिलो साताबाट सुरु हुने भएको छ ।
जनकपुर र अयोध्यालाई हवाईसेवामार्फत जोड्ने छौँ : मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जनकपुर र अयोध्यालाई हवाई सेवाको माध्यामबाट समेत जोड्नु पर्ने बताउनु भएको छ ।
एनपिएल टोली जनकपुरको जर्सी सार्वजनिक
नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले लिगमा लगाउने जर्सी सार्वजनिक गरेको छ ।
मञ्जुश्री गुफा जाने पदमार्ग निर्माण भएपछि पर्यटकलाई सहज
हलेसी क्षेत्रमा रहेको मञ्जुश्री गुफामा जाने पदमार्ग निर्माण गरिएको छ। त्रि–धार्मिक स्थल हलेसी नजिकै रहेको मञ्जुश्री गुफामा जाने पदमार्ग निर्माण भएपछि भक्तजनलाई सहज भएको छ।
कर्मचारीको सरुवा रोक्न मन्त्रालयलाई आग्रह
बाँकेको नरैनापुर गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरीको सरुवा रोक्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको छ।
सहरी विकास मन्त्रालयका सचिव गेलाल सेवानिवृत्त
सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल सेवा निवृत्त हुनुभएको छ । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबिच उहाँलाई बिदाइ गर्नुभएको हो ।
शारीरिक सुगठनमा जमेका रुजेश
‘‘शारीरिक सुगठन (बडी बिल्डिङ)का खेलाडीलाई झट्ट देखेर लोभिने धेरै हुन्छन् । तर शरीर बनाउनको दु:ख बयान गरी साध्य छैन,’’ रुजेशले भन्नुभयो ।
सवारी दुर्घटनामा एकको मृत्यु
कपिलबस्तुको यशोधरा गाँउपालिका ७ सोमडिहस्थित सडकमा लु ५५ प ३७३४ र युपि ५५ एके ३५७५ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ ।
निर्वाचन आयोगले काठमाडौं–१६ र कीर्तिपुरमा खटायो अनुगमन टोली
निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौं महानगरपालिका १६ र कीर्तिपुर नगरपालिकामा आचारसंसहता अनुगमन टोली खटाएको छ ।