• २३ पुस २०८१, मङ्गलबार

नेपाल पाकिस्तानसँग पराजित

blog

पाकिस्तानसँग हारेपछि नेपालका खेलाडी ।

काठमाडौँ, मङ्सिर १२ गते । पाकिस्तानमा जारी नेत्रहीन टी–२० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोली पाकिस्तानसँग पराजित भएको छ । 

बुधवार भएको खेलमा नेपाल घरेलु टोली पाकिस्तानसँग १० विकेटले पराजित भयो । नेपालले दिएको १०१ रनको सामान्य लक्ष्य पाकिस्तानले ६.४ ओभरमा बिना विकेटको क्षति पूरा गरेको हो । 

यसअघि पहिले ब्याटिङ गरेको नेपालीले १८ ओभरमा पाँच विकेटको क्षतिमा सय रन बनाएको थियो । नेपालका लागि भरत थापाले सर्वाधिक ३९ र नरेश चौधरीले १७ रन बनाउनुभयो । 

पहिलो खेलमा नेपाल श्रीलङ्काका र दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो । नेपालले तेस्रो खेलमा अफगानिस्तान र चौथो खेलमा दक्षिण अफ्रिकालाई हराएको थियो ।

पाकिस्तानसँग हारेपनि नेपालको सेमिफाइनल पुग्ने सम्भावना कायम छ । ६ टोली सहभागी विश्वकपमा शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।