महिलालाई निःशुल्क ‘सेनिटरी प्याड’
झापाको दमक नगरपालिकाले नगरभित्रका सबै महिलालाई वर्षभरि नै निःशुल्क रूपमा ‘सेनिटरी प्याड’ उपलब्ध गराउने भएको छ ।
जलजलामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु
बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
संविधानको मूलभूत विषयमा संशोधन गर्न नसक्ने : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई ठुला दलको सातबुँदे सहमतिलाई संस्थागत गर्न नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बिच राजनीतिक संयन्त्र बनेको बताउनुभएको छ ।
जुम्ला साक्षर जिल्ला घोषणा
कर्णालीको जुम्ला जिल्ला साक्षर घोषणा भएको छ । जिल्लाका आठैवटा स्थानीय तह साक्षण घोषणा भइसकेपछि जिल्ला स्तरीय समितिले एक भव्य कार्यक्रम आयोजना गरी साक्षर जिल्ला घोषणा गरेको हो ।
कोरोला–त्रिवेणी मार्ग गण्डकी प्रदेश सरकारको प्राथमिकतामा
गण्डकी प्रदेशको गौरव मानिएको कोरोला–पोखरा–त्रिवेणी मार्गको काम प्राथमिकतामा परेको छ। यस मार्गको काम छिटो पुरा गर्न प्रदेश सरकारले चासो दिएको छ।
प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउँदै राष्ट्रिय फोटो पत्रकार समूह नेपाल
राष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरी ध्यानाकर्षणपत्र हस्तान्तरण गरेको छ ।
लेबनान युद्धविराम घोषणाको राष्ट्रसङ्घद्वारा स्वागत
लेबनान र इजरायली इकाईले लेबनानमा युद्धविराम सम्झौतामा पुगेको अमेरिकी राष्ट्रपति जो बाइडेनको घोषणालाई संयुक्त राष्ट्र सङ्घले स्वागत गरेको छ ।
गोलभेँडा खेतीमा कीटनाशक औषधी छर्किँदै किसान
धनगढी उपमहानगरपालिका–२ कृष्णनगरमा व्यावसायिक रुपमा गरिएको गोलभेडा खेतीमा कीटनाश औषधि छर्किदै किसान ।
रेडियो नेपाल र नेपाल टेलिभिजन सबैको पहुँचमा पुग्छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले युगानुकूल स्तरोन्नति गर्दै सरकारी सञ्चार माध्यमहरुलाई अघि बढाइने उल्लेख गर्नुभएको छ ।
जनकपुर र अयोध्यालाई हवाई सेवा मार्फत जोड्ने प्रयासमा छौँ : मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नगरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जनकपुर र अयोध्यालाई हवाई सेवाको मध्यामबाट जोड्नु पर्ने बताउनुभएको छ ।
जनसङ्ख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रूपमा हेरिनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रूपमा हेरिनुपर्ने बताउनुभएको छ ।
सामाजिक सुरक्षा कोषले दिएको खुसी
बाँकेको बैजनाथ गाउँपालिका-४ विकास नगरकी पुष्पा चन्द अहिले २८ वर्ष पुग्नुभयो । उहाँको श्रीमानको दुई वर्षअघि ३३ वर्षको उमेरमा मृत्यु भयो ।
चिसोसँगै अस्पतालमा बिरामीको घुइँचो बढी
पछिल्लो केही दिनयता चिसो बढेसँगै मकवानपुसहित बागमतीका विभिन्न जिल्लामा रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढ्दै गएका छन् ।
वन अतिक्रमण हटाइयो
डिभिजन वन कार्यालय सर्लाहीले लालबन्दी नगरपालिका–६, मा वनको अतिक्रमित जग्गा खाली गराएको छ ।
भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा
भरतपुर अस्पतालमा उपचाररत बालबालिकालाई उपचारसँगै खेल्ने र पढ्ने अवसर पाएका छन् । अस्पतालले ‘प्ले थेरापी’ कक्ष सञ्चालन गरेर बालबालिकालाई खेल्ने र पढ्ने अवसर समेतप्रदान गरेको हो ।
रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकामा नेपाल आयल निगमका लुम्बिनी प्रादेशिक भण्डारण गृह निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न काठमाडौं विश्वविद्यालयसँग सम्झौता भएको छ ।
स्थानीय तहसँग सुझाव माग्दै वित्त आयोग
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहसँग राजस्व बाँडफाँट विषयमा सुझाव माग्न सुरु गरेको छ ।
मकैका कुनियाँ खोज्न व्यापारी गाउँमा
बाजुराका अधिकांश ठाउँमा मकैका कुनियाँ (मकैको खात) खोज्न व्यापारीहरु गाउँमा पुग्न थालेका छन् ।
तानसेनलाई मध्ययुगीन सहर बनाउन प्रज्ञा प्रतिष्ठानको गठन
तानसेन नगरपालिकाभित्र रहेको कला र संस्कृतिको संरक्षण गर्दै तानसेनलाई मध्ययुगीन सहरको रुपमा विकास गर्न नगरपालिकाले तानसेन नगर प्रज्ञा प्रतिष्ठान गठन गरेको छ ।
इजरायल र हिजबुल्लाहद्वारा द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रस्तावको स्वीकार
अमेरिकी राष्ट्रपति जो बाइडेनले लेबनानी र इजरायलका प्रधानमन्त्रीसँग कुरा गरेको जनाउँदै उनीहरुले द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रस्तावलाई स्वीकार गरेको घेषणा गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल एक्स मार्फत यस्तो जानकारी मुलक समाचार सम्प्रेषण गर्नु भएको हो ।
बाढीपहिरोको दुई महिनाः सुरक्षित वासस्थानको माग गर्दै पीडित
बाढीपहिरोको गएको दुई महिना बितिसक्दा पुनर्निर्माण र आवासको व्यवस्था हुन नसकेको भन्दै जिल्लाका पीडितले सुरक्षित वासस्थानको माग गरेका छन् । जाडोयाम सुरु भएसँगै सुरक्षित बास आवश्यक पर्ने भएकाले स्थानीय सरकारसँग बासस्थानको व्यवस्था गर्न बाढीपहिरो पीडितले माग गरेका हुन् ।
पहुँचको आधारमा कर्मचारीको सरुवा हुँदैन : मन्त्री तिमिल्सिना
लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले पहुँचका आधारमा हुने गरेको कर्मचारीको सरुवा रोक्न मन्त्रालयको तर्फबाट आवश्यक पहल गर्र्ने बताउनुभएको छ ।
कीर्तिपुर नगरपालिका उपनिर्वाचन : मतदाता रिझाउँदै उम्मेदवार
यही मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकामा उम्मेदवारहरु मतदाता रिझाउनमा व्यस्त छन् । कीर्तिपुर नगरपालिकामा नगरप्रमुखसहित वडा नम्बर १ र ४ को वडाध्यक्षका लागिसमेत उपनिर्वाचन हुँदैछ ।
नगरपालिकामा न्यून आय, कर्मचारी धेरै
टीकापुर नगरपालिकाले गराएको सङ्गठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणमा अस्वाभाविक रूपमा कर्मचारी प्रस्ताव गरिएको छ ।