• १२ मंसिर २०८१, बुधबार

लेबनान युद्धविराम घोषणाको राष्ट्रसङ्घद्वारा स्वागत

blog

तस्बिर : एएफपी

बेरुत (लेवनान), मङसिर १२ गते । लेबनान र इजरायली इकाईले लेबनानमा युद्धविराम सम्झौतामा पुगेको अमेरिकी राष्ट्रपति जो बाइडेनको घोषणालाई संयुक्त राष्ट्र सङ्घले स्वागत गरेको छ ।

लेबनानका लागि राष्ट्रसङ्घीय विशेष संयोजक (युएनएससीओएल) जेनिन हेनिस–प्लास्चर्टले मङ्लगलबार विज्ञप्ति जारी गर्दै यो सम्झौताले दुवै पक्षका नागरिकहरूको सुरक्षा  पुनः स्थापना गर्ने प्रस्ताव –१७०१ ९२००६० को पूर्ण कार्यान्वयनमा गरिएको महत्त्वपूर्ण प्रक्रियाको सुरुवातलाई सङ्केत गर्ने बताउनु भएको छ । उहाँले सम्झौता कार्यान्वयन  सुनिश्चित गर्न पर्याप्त काम अगाडि बढेको बताउँदै दुवै पक्षको पूर्ण र अटुट प्रतिबद्धता रहेको उल्लेख गर्नु भएको छ । 

प्रस्ताव–१७०१ बाट चयन गरिएका प्रावधानहरू मात्र कार्यान्वयन गर्ने र अरूलाई मौखिक सेवा प्रदान गर्ने यथास्थिति पर्याप्त नहुनेसमेत  उहाँले बताउनु भएको छ । 

यसको माध्यमाबाट विनाशकारी अध्यायको अन्त्य गर्ने अवसर प्राप्त भएकोमा विशेष संयोजकले दलहरूको प्रशंसा गर्नु भएको छ । हाल प्राप्त उपलब्धिलाई सुदृढ पार्न ठोस कार्यहरू मार्फत काम गर्ने समय भएको उहाँले प्रस्ट पार्नु भएको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले मङ्गलबार लेबनान र इजरायली इकाई युद्धविराममा सहमत भएको घोषणा गर्नु भएको हो  जुन बुधवार देखि लागु हुने जनाइएको छ ।

युद्धविरामको घोषणा भएपछि अमेरिका र फ्रान्सले संयुक्त विज्ञप्तिमा लेबनानी सेनाको क्षमता निर्माण गर्न अन्तर्राष्ट्रिय प्रयासको नेतृत्व गर्ने र लेबनानी अर्थतन्त्रलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सम्झौताको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न काम गर्ने प्रतिबद्धता जनाएका छन् । रासस/क्यूएनए