• २४ पुस २०८१, बुधबार

प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउँदै राष्ट्रिय फोटो पत्रकार समूह नेपाल

blog

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाउँदै राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीप राज वन्तलगायत । तस्बिरः प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, मङ्सिर १२ गते । राष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरी ध्यानाकर्षणपत्र हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले समूहका नवनिर्वाचित कार्यसमितिका सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको १३ सदस्यीय टोलीले बालुवाटारमा प्रधामन्त्रीलाई नौ बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्रमा नेपालमा विभिन्न सञ्चार गृहहरूमा फोटो पत्रकारिता गर्ने फोटो पत्रकारहरूको हकहितका लागि सरकारका तर्फबाट आवश्यक सहयोग र फोटो सङ्ग्रहालयका लागि आवश्यक पहल गराइदिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

त्यस्तै, फोटो पत्रकारिताको माध्यमबाट जीविकोपार्जन गर्ने सम्पूर्ण फोटो पत्रकारहरूको बिमा तथा स्वास्थ्य सुरक्षा, फोटो पत्रकारहरूलाई व्यावसायिक तालिम दिन वार्षिक रूपमा बजेट व्यवस्थापन, समय अनुसार अपडेट रहन फोटो पत्रकारहरूलाई आवश्यक क्यामेरा खरिद गर्न सहुलियत दरमा ऋण उपलब्ध गराउन पहल गरिदिन पनि ध्यानाकर्षण गराएको छ ।

नवनिर्वाचित राष्ट्रिय फोटो पत्रकार समूहको कार्यसमितिलाई प्रधानमन्त्रीले  पत्रकारितामा फोटोको महत्त्व धेरै रहेकाले मैले फोटो पत्रकारहरूका लागि राज्यको तर्फबाट सहयोग गर्ने बताउनुभयो ।