• २५ पुस २०८१, बिहिबार

गेटामा एमबिबिएस पढाइ सञ्चालन गर्न पहल

blog

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल गेटाको भौतिक संरचना अनुगमनका क्रममा ।तस्बिर : कमल सावद

धनगढी/अत्तरिया समाचारदाता

धनगढी, पुस २४ गते ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कैलालीको गेटामा आउने असारदेखि एमबिबिएस पढाइ सञ्चालनका लागि पहल भइरहेको बताउनुभएको छ । 

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन गेटामा निर्माण गरिएको भौतिक संरचना मङ्गलबार अनुगमन गर्दै मन्त्री पौडेलले असारदेखि एमबिबिएस पढाइ सुरु गर्ने पहल भइरहेको बताउनुभयो । अहिले ५० श-याको अस्पताल चलिरहेको गेटामा तीन सय श-याको अस्पताल चलाएर एमबिबिएस पढाइ सुरु गर्न सकिने उहाँको भनाइ छ । 

“एमबिबिएस पढाइ सुरु गर्न तीन सय श-याको अस्पताल तीन वर्ष चलेको हुनुपर्ने ऐनमा प्रावधान छ,” मन्त्रीले थप्नुभयो, “तर छ वटा प्रदेशमा एमबिबिएस कार्यव्रmम सुरु भइसकेकाले बाँकी रहेको सुदूरपश्चिममा एमबिबिएस पढाइ सुरु गर्न सकिने गरी चिकित्सा शिक्षा आयोगले विशेष परिस्थिति भएको कारणले निर्णय गर्न सक्छ ।”

विश्वविद्यालय बनाउनुअगाडि नै तीन सय श-याको अस्पताल चलाएर एमबिबिएस पढाइ सुरु गर्न सकिने मन्त्रीको भनाइ छ । उहाँले विश्वविद्यालय बनाउने, विश्वविद्यालय बनाउनका निम्ति छिटो काम अगाडि बढाउने र पछि विश्वविद्यालयलाई नै हस्तान्तरण गर्ने गरी अस्पताल र एमबिबिएस कार्यव्रmम सञ्चालनको प्रयास भइरहेको उल्लेख गर्नुभयो । 

गेटामा सात अर्ब लगानीमा अत्यन्त व्यवस्थित पूर्वाधार निर्माण भएको बताउँदै मन्त्री पौडेलले मेडिकल विश्वविद्यालय बनाउन पूर्वाधार बनाएर मात्रै नहुने उल्लेख गर्दै थप्नुभयो, “त्यसका लागि अस्पताल आवश्यक पर्छ । मेडिकल पढाइ सञ्चालन हुनु पर्छ ।” उहाँले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन ऐन संसद्को समितिमा रहेको भन्दै चाँडै सदनमा प्रस्तुत हुने विश्वास व्यक्त गर्नुभयो । 

नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रीले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बन्न आवश्यक रहेको जनाउँदै यसका लागि सबैको पहलकदमी आवश्यक रहेको बताउनुभयो । “विश्वविद्यालय बनेपछि मात्रै अस्पताल चल्छ र एमबिबिएस पढाइ हुन्छ भन्ने होइन,” मन्त्री पौडेलले भन्नुभयो, “यहाँ अहिले नै तीन सय शøयाको अस्पताल चलाउन सकिन्छ । मन्त्रालयले त्यसको तयारी सुरु गरेको छ ।”

गेटामा अहिले चलिरहेको ५० श-याको अस्पतालमा आकस्मिक सेवा २४ घण्टा चल्न नसकिरहेको मन्त्रीले बताउनुभयो । उहाँले सघन उपचार कक्ष (आइसियु) र साधारण वार्डसमेत नचलेको उल्लेख गर्दै जनशक्ति थप गरेर तीन सय श-याको अस्पताल नियमित सञ्चालन हुने बनाउने उल्लेख गर्नुभयो । तीन सय श-याको अस्पताल सञ्चालन गर्न एक अर्ब बजेट आवश्यक हुने भन्दै मन्त्री पौडेलले तत्काल त्यति स्रोत जुटाउन सक्ने अवस्था नरहेकाले न्यूनतम खर्चमा अस्पताल चलाउने तयारी भइरहेको बताउनुभयो ।