• २४ पुस २०८१, बुधबार

एनपिएल टोली जनकपुरको जर्सी सार्वजनिक

blog

जनकपुरको जर्सी सार्वजनिक गरिँदै ।

काठमाडौँ, मङ्सिर १२ गते । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले लिगमा लगाउने जर्सी सार्वजनिक गरेको छ ।

टोलीका मार्की खेलाडी आसिफ शेख र प्रशिक्षक पुवुदु दसानायकेले टोलीको जर्सी सार्वजनिक गर्नुभएको हो । यसैगरी जनकपुरलाई एनपिएलमा डिएनए इन्टरनेशनल नेपालले मुख्य प्रायोजन गर्ने भएको छ ।

प्रयोजन सम्बन्धी सम्झौता पत्रमा जनकपुरका निर्देशक अमित श्रेष्ठ र डिएनए इन्टरनेस्नल नेपालका प्रबन्ध निर्देशक अनुप घिमिरेले हस्ताक्षर गर्नुभएको छ । प्रयोजन रकम भने खुलाइएको छैन । डिएनए नेपाल कपडा उत्पादक कम्पनी हो ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा एनपिएल मङ्सिर १५ देखि पुस ६ गतेसम्म त्रिवि मैदान कीर्तिपुरमा हुनेछ । जनकपुरले उद्घाटन खेलमा विराटनगर किंग्सको सामना गर्नेछ । लिगमा सहभागिता जनाउन आठवटै फ्रेन्चाइज टोलीका विदेशी खेलाडी र प्रशिक्षक आउने क्रम जारी रहेको छ । 

सुदूरपश्चिमलाई मेट्रो अस्पतालको साथ

एनपिएलको अर्को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सलाई माया मेट्रो अस्पतालले ‘मेडिकल पार्टनर’को रूपमा साथ दिने भएको छ ।

उक्त सम्झौता पत्रमा सुदूरपश्चिमका मालिक स्वतन्त्र प्रताप शाह र अस्पतालका अध्यक्ष धीरेन्द्र साउदले हस्ताक्षर गर्नुभएको छ । 

राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेका सुदूरपश्चिमको मुख्य प्रशिक्षकमा जगत टमाटा र टोलीको मेन्टरमा अस्ट्रेलियाका ब्राड हज हुनुहुन्छ ।