गैरकानुनी रूपमा नेपाल प्रवेश गर्ने चिनियाँ नागरिक पक्राउ
गैरकानुनी रूपमा भारत हुँदै नेपाल प्रवेश गर्ने दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले शुद्धोधन गाउँपालिका ५ घिराउजोतबाट पक्राउ गरेको हो ।
उपराष्ट्रपति यादवसँग युएईका राजदूतको शिष्टाचार भेट
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला अल शम्सीले मङ्गलबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ।
सुदूरपश्चिम महोत्सव आयोजना हुने
कैलालीको धनगढीमा मङ्सिर २२ गतेदेखि सुदूरपश्चिम महोत्सव आयोजना हुने भएको छ ।
सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिनेछ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिने घोषणा गर्नुभएको छ ।
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न परराष्ट्रमन्त्रीको आग्रह
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखी यसको विस्तार एवं प्रवर्धन गर्न नेपालका नवनियुक्त राजदूत एवं निर्यात व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ ।
एनपिएल ‘प्लेयर अफ द सिरिज’लाई कार पुरस्कार
शारडा समूहले यस पुरस्कार ‘प्लेयर अफ द सिरिज’ घोषित हुने नेपाली खेलाडीलाई प्रदान गर्नेछ ।
'मानव अधिकारको रक्षाका लागि प्रदेश सरकार प्रतिबद्ध छ'
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले मानव अधिकारको रक्षाका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
मनाङमाथि संकटाको सहज जित
संकटा क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा मनाङ मर्स्याङदी क्लबमाथि सहज जित निकालेको छ ।
इजरायली राजदूतद्वारा बिपी सङ्ग्रहालयको निरीक्षण
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेपछि नेपालका लागि इजरायलका राजदूत शुमलिक एरी बासले सोमबार सन्दरीजलस्थित बिपी सङ्ग्रहालयको निरीक्षण गर्नुभएको छ ।
बगुवामा सहिद स्मृति आँखा उपचार केन्द्र स्थापना
गोरखाको भीमसेन थापा गाउँपालिकास्थित बगुवा स्वास्थ्य चौकीमा सहिद स्मृति आँखा उपचार केन्द्र स्थापना भएको छ ।
१० क्लबद्वारा ‘बी’ डिभिजन लिग नखेल्ने घोषणा
सहिद स्मारक ‘बी’ डिभिजनका १० क्लबले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बक्यौता रकम नदिएसम्म लिग नखेल्ने घोषणा गरेका छन् ।
नवलपुरमा महिला हिंसाका घटनामा वृद्धि
नवलपुरमा सबैभन्दा बढी महिला हिंसा सम्बन्धी घटनामा वृद्धि भएको छ । विगत तीन वर्षको अवधिमा भएका अपराध तथा हिंसाको तथ्याङ्क हेर्दा जिल्लामा महिला हिंसा सम्बन्धी रहेको पाइएको छ ।
ट्याक्टर पल्टेर चालकको मृत्यु
सर्लाहीको बलरा नगरपालिका–९, अचलगढमा मङ्गलबार बिहान खेत जोतिरहेको ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।
एसिसी यु–१९ एसिया कप टोलीको बिदाइ
नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्सिर १४ देखि संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुने एसिसी यु–१९ एसिया कप क्रिकेट खेल्न जाने टोलीको बिदाइ गरेको छ ।
मिडिया काउन्सिललगायतका विधेयक पारित गर्ने तयारीमा छौँ : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले आगामी हिउँदे अधिवेशनमा मिडिया काउन्सिल विधेयकलगायतका विभिन्न विधेयकलाई पारित गर्ने गरी छलफल अघि बढाएको बताउनुभएको छ ।
डिडिसी सुधारको नतिजा चाँडै देखिने
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास सस्थान (डिडिसी) लाई प्रभावकारी बनाई ऋणवाट मुक्त गराउन आफूले सक्दो प्रयास गरीरहेको बताउनु भएको छ ।
छरिएका स्वास्थ्य कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डअन्तर्गत ल्याई कार्यान्वयन गरौँ : स्वास्थ्यमन्त्री पाैडेल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सबै छरिएका स्वास्थ्य सहयोग कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डअन्तर्गत ल्याई कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।
पाकिस्तानमा भएकोे साम्प्रदायिक झडपमा ८८ जनाको मृत्यु
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा भएको साम्प्रदायिक झडपमा ज्यान गुमाउनेको सङ्ख्या बढेर ८८ जना पुगेको अस्पताल प्रशासनले जनाएको छ ।
भेरी अस्पतालका ६ चिकित्सकलाई सह-प्राध्यापकको जिम्मेवारी
भेरी अस्पताल नेपालगन्जमा आगामी वर्षदेखि सुरु हुने एमडी–एमएस अध्ययनका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले तयारीलाई अगाडी बढाएको छ ।
गोरखाको बगुवामा आँखा केन्द्र स्थापना
यहाँको भीमसेन थापा गाउँपालिकास्थित बगुवामा सहिद स्मृति आँखा उपचार केन्द्र स्थापना गरिएको छ ।
एमालेद्वारा प्रदेशसभा सदस्य निलम्बित
नेकपा (एमाले) बाँकेले पार्टी अनुशासन विपरीत काम गरेको भन्दै लुम्बिनी प्रदेशसभा सदस्य दुर्गा चौधरीलाई पार्टी सङ्गठित सदस्यताबाट निलम्बनको कारबाही गरेको छ ।
सन् २०२३ मा ८५ हजार महिला तथा बालिकाको हत्या : राष्ट्रसङ्घ
सन् २०२३ मा विश्वभर करिब ८५ हजार महिला तथा बालिकाको हत्या भएको राष्ट्रसङ्घले जनाएको छ । जसमा ६० प्रतिशत हत्या साथी तथा परिवारका सदस्यहरूद्वारा गरएिको उल्लेख गरिएको छ ।
प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश प्रमुखलाई बुझायो प्रतिवेदन
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँलाई आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रतिवेदन बुझाएको छ ।
सेती नदीको पुल निर्माण : २८ प्रतिशत भौतिक प्रगति
पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत सेती नदीमाथीको निर्माणाधीन पुलको भौतिक प्रगति २८ प्रतिशत पुगेको छ । ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलको तीनवटा जगको काम पूरा भएको र एउटा निर्माणको क्रममा रहेको आयोजनाका इन्जिनियर सौजन्य नेपालले जानकारी दिनुभयो ।