• २३ पुस २०८१, मङ्गलबार

गैरकानुनी रूपमा नेपाल प्रवेश गर्ने चिनियाँ नागरिक पक्राउ

blog

गैरकानुनी रुपमा भारत हुँदै नेपाल प्रवेश गर्नेलाई प्रहरीले पक्राउ गरेका व्यक्ति । तस्बिर : कपिलवस्तु प्रहरी

नारद कोहार

तौलिहवा(कपिलबस्तु), मङ्सिर ११ गते । गैरकानुनी रूपमा भारत हुँदै नेपाल प्रवेश गर्ने दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले शुद्धोधन गाउँपालिका ५ घिराउजोतबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीका अनुसार भारतीय सीमाबाट नेपालतर्फ गैरकानुनी रूपमा भारतको सिद्धार्थनगर जिल्ला कक्रहवाका २३ वर्षीय अवबाज शेषले गाइड गर्दै ल्याएका दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा २३ वर्षीय लिगुईएन्वुई र ३५ वर्षीय एक्सटीयो रहेको उहाँले बताउनुभयो । पक्राउ परेका लिगुईएन्वुईसँग चिनियाँ पासपोर्ट रहेको र एक्सटीयो सँग चिनियाँ पासपोर्ट नभएको अधिकारीले बताउनुभयो । लिगुईएन्वुईको साथबाट दुई थान ल्यापटप, ६ थान विभिन्न कम्पनीका मोबाइल, चौध हजार सात सय पचास भारतीय रुपियाँ समेत फेला परेको प्रहरीले जनाएको छ ।

गैरकानुनी रूपमा नेपाल प्रवेश गर्ने तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानको लागी सामानसहित अध्यागमन कार्यालय बेलहिया रुपन्देही पठाइएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताउनुभयो ।