• ११ मंसिर २०८१, मङ्गलबार

एमालेद्वारा प्रदेशसभा सदस्य निलम्बित

blog

प्रदेशसभा सदस्य दुर्गा थारु र उहाँलाई निलम्बन गरिएको पत्र । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, मङ्सिर ११ गते । नेकपा (एमाले) बाँकेले पार्टी अनुशासन विपरीत काम गरेको भन्दै लुम्बिनी प्रदेशसभा सदस्य दुर्गा चौधरीलाई पार्टी सङ्गठित सदस्यताबाट निलम्बनको कारबाही गरेको छ । 

पार्टीलाई हानी नोक्सानी पुर्‍याउने मनसायका साथ केन्द्रीय अध्यक्ष, महासचिव समेतको मानहानि हुने गरी पार्टीका मूल्य मान्यता विपरीत सार्वजनिक रुपमा गालीगलौज गर्ने, सामाजिक सञ्जालमा पार्टीका नेता, कार्यकर्तालाई खुइल्याउने जस्ता गतिविधि निरन्तर गरेपछि पार्टी विधानको धारा ८(३) र (४)० बमोजिम स्पष्टीकरण सोधिएकोमा कमिकमजोरी महसुस गर्नको साटो नेता, कार्यकर्ता र समग्र पार्टीका विरुद्ध लिखित जवाफ दिएपछि विधानको धारा ८१(७) को अनुशासनको कारवाहीको व्यवस्था अनुरुप पार्टी सदस्यताबाट निलम्बन गरिएको जिल्ला अध्यक्ष निरक गुरुङले जानकारी दिनुभयो । 

अध्यक्ष गुरुङले भन्नुभयो, "लगातार पार्टी नेता र पार्टीविरुद्ध गतिविधि जारी राखेपछि निलम्बनको कारबाही गर्न बाध्य भएका छौं ।" प्रदेशसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर १(२) बाट नेकपा (एमाले)को तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य थारु लीला गिरी नेतृत्वको सरकारमा वन तथा वातावरण मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । 

पूर्व माओवादी सेनामा रहेका थारु नेकपा विभाजनपछि एमालेमै रहेर प्रदेश कमिटीको उपसचिव हुनुभएको थियो ।