‘पाल्पामा नयाँ उद्योग दर्ताभन्दा खारेजको सङ्ख्या धेरै’
यहाँका युवा व्यवसायीले दोहोरो कर तिर्नुपर्दा समस्यामा परेको गुनासो गरेका छन् । व्यवसायी अशोक श्रेष्ठले स्थानीय तह, घरेलु र कर कार्यालयमा छुट्टाछुट्टै राजस्व तिर्नुपर्ने समस्या परेको बताउनुभयो ।
दक्षिण एसियामा लोकतन्त्र
दक्षिण एसियाली मुलुकमा लोकतान्त्रिक शासन व्यवस्था भए पनि लोकतन्त्रको अवस्था सन्तोषजनक छैन, चिन्ताग्रस्त छ ।
एक लाख पचास हजार क्यूफिट सालका काठ सड्दै
पश्चिम नवलपरासीमा एक लाख ५० हजार क्यूफिट सालका काठ सड्न थालेको छ । डिभिजन वन कार्यालय नवलपरासीका वन व्यवस्थापन अधिकृत यम भगतका अनुसार जिल्ला वन डिभिजन कार्यालय हाताभित्र एक करोड बढी मूल्य बराबरको काठ बिक्री नभएर सड्न थालेको हो ।
निःसन्तानपनको बढ्दो समस्या
दम्पतीले परिवार नियोजनका कुनै पनि साधन प्रयोग नगरी एक वर्षसम्म प्रयास गर्दा पनि गर्भ रहेन भने त्यसलाई निःसन्तानपन भनिन्छ ।
नेवानिले पनि हटायो माथिल्लो भाडादर
नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानतर्फको माथिल्लो भाडादरको हवाई टिकट नबेच्ने भएको छ ।
गोलभेँडालाई राम्रो मूल्य
सर्लाहीका बजारमा स्थानीय किसानले उत्पादन गरेको गोलभेँडा भित्रिन थालेको छ ।
चक्कु प्रहार गरी बुवाको हत्या
रुकुमपश्चिममा आफ्नै छोराले बुवाको हत्या गरेका छन् । जिल्लाको आठबिसकोट नगरपालिका १० घारीखोलाका १९ वर्षीय वीर बहादुर केसीले ५१ वर्षीय बुवा दर्बे केसीको हत्या गरेको प्रहरीले जनाएको छ ।
लगानीको वातावरण सिर्जना गर्न नीतिगत सुधार गरिने
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानीको वातारण सिर्जना गर्न नीतिगत सुधार गर्न लागिएको बताउनुभएको छ ।
चार अर्ब त्रिहत्तर करोड कर फिर्ता
सरकारले गत आर्थिक वर्ष २०७९/८० मा चार अर्ब ७३ करोड रुपियाँ कर फिर्ता गरेको छ ।
आकर्षण बढेन प्रधानमन्त्री रोजगार कार्यक्रममा
वैदेशिक रोजगारीको विकल्पमा सञ्चालन गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमको एक सय दिनको रोजगारीले युवालाई आकर्षण गर्न सकेको छैन ।
नेपाल प्रहरीका आठ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस
नेपाल प्रहरीका आठ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षकमा बढुवाका लागि सिफारिस गरिएको छ । नेपाल प्रहरीको बढुवा समितिको सचिवालयले आइतबार साँझ बढुवा हुने प्रहरी अधिकृतहरूको नाम सार्वजनिक गरेको हो ।
‘सार्कका पत्रकारबिच सहकार्य आवश्यक’
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्कभित्रका पत्रकारको सद्भाव र सहकार्य हुन आवश्यक रहेको बताउनुभएको छ ।
कलाकार शाहसँग ललितकला संवाद
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा आइतबार अग्रज कलाकार शशिविक्रम शाहसँग ललितकला संवाद सम्पन्न भएको छ ।
अङ्ग्रेजी अनुवादमा ‘अनुपमा धर्ती’
कवि गोविन्दराज विनोदीको अङग्रेजी अनुवादसहितको ‘अनुपमा धर्ती’ कवितासङग्रह सार्वजनिक भएको छ ।
आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आइतबारको तुलनामा यूरोपियन यूरो, स्वीस फ्रयाङ्क, कुवेती दिनारलगायतको मूल्य घटेको छ ।
राष्ट्रव्यापी कविता प्रतियोगिता सम्पन्न
नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक सङघ (निस्टा) को आयोजनामा श्रमचेतना साहित्यिक गोष्ठी तथा राष्ट्रव्यापी कविता प्रतियोगिता सम्पन्न भएको छ ।
बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा
मन्थली नगरपालिका–७, खनखनेका जब्बरबहादुर बादी ६० वर्षको हुनुभयो । उहाँको मुख्य पेसा मादल बनाउने हो ।
मृत्युपछिको अङ्गदानलाई प्रोत्साहन, हजारभन्दा बढी बिरामी दाताको प्रतीक्षामा
नेपालमा एक हजार मिर्गौला र ५५ जना कलेजोका बिरामी दाता प्राप्तिको प्रतीक्षामा छन् । उनीहरूले मृत्युपश्चात् हुने दानमा अधिक निर्भर हुनु परिरहेको छ ।
सुल्झियो पिजी अध्ययन विवाद
चिकित्सा शिक्षा आयोगको १५ औँ बैठकपछि निजी मेडिकल कलेज सञ्चालकहरू र चिकित्सा शिक्षा आयोगको विवाद समाधान भएको छ ।
गिद्ध पर्यटनको ‘हब’ बन्दै नवलपुर
जङ्गलको बिचमा एउटा ठुलो चौर छ । चौरको छेवैमा सानो प्वाल राखेर हेर्न र फोटो खिच्न मिल्ने गरी एउटा मचान बनाइएको छ ।
राहदानी सेवा आंशिक सञ्चालन,सेवाग्राहीका तथ्याङ्क सुरक्षित
विद्युतीय राहदानीसम्बन्धी सेवा पूर्ण रूपमा सञ्चालनमा आउन अझै समय लाग्ने भए पनि आंशिक सेवा आइतबार अपराह्नबाट सञ्चालन गरिएको राहदानी विभागले जनाएको छ ।
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
राष्ट्रपति रामचन्द्र पौडेलले मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा, ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ ।
मनिलामा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन
फिलिपिन्सको राजधानी मनिलाको एक आवासीय समुदायमा आइतबार भएको भीषण आगलागीमा परी कम्तीमा दुई हजार व्यक्ति घरविहीन भएका स्थानीय अधिकारीले बताएका छन्।
‘शनिवारीय’ मेलामा थारु खानाको परिकार
धनगढीको पार्कमोडमा स्थानीय महिलालाई स्वरोजगारको अवसर जुटाउन गरिएको ‘शनिवारीय’ मेलामा थारु खानाका परिकारको स्टल राख्नुभएकी धनगढी उपमहानगरपालिका —१५ सुर्मी गाउँकी सुनिता चौधरी । मेलामा थारु समुदायका खानाका परिकार ग्राहकको बढी रोजाइमा परेको छ ।