राष्ट्रपतिमा सहमति खोज्न उच्चस्तरीय संयन्त्रको बैठक बस्दै
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज (बिहीबार) दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।
किमाथाङका नाका खुल्लाको माग गर्दै ज्ञापन पत्र
कोरोना महामारीसँगै बन्द रहेको किमाथाङका नाका आन्तरिक प्रयोजनका लागि खुलाई दिन सहजीकरणको माग गर्दै सीमावासीहरूले सरकारसँग माग गरेका छन् ।
खुट्टाको सहायताले उच्च शिक्षा
पूर्वी नवलपरासी हुप्सेकोट गाउँपालिका–३, जुल्पेटारका यम खाम्चा जन्मजात नै शारीरिक रूपमा अशक्त हुनुहुन्छ। उहाँ बोल्न तथा हातको सहाराले केही काम गर्न सक्नुहुन्न तर खुट्टाको सहयोगमा अन्य धेरै काम गर्दै आउनुभएको छ। साहित्यकार झमक घिमिरेको झल्को दिने खाम्चाको रहर पनि झमकजस्तै साहित्यकार बन्ने छ।
सिंहदरबारमा मेलम्चीको पानी
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा पहिलो पटक मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु भएको छ । बुधबार पानी वितरण कार्यको परीक्षण गरिए पनि बिहीबारदेखि नियमित रूपमा वितरण कार्य सुरु गरिने भएको छ । यसअघि काठमाडौँ उपत्यकामा दुई पटक मेलम्चीको पानी वितरण गरिए पनि सिंहदरबारमा वितरण हुन सकेको थिएन । खानेपानी मन्त्रालयले सिंहदरबारभित्रका सरकारी कार्यालय तथा निकायमा चौबिसै घण्टा उपलब्ध हुने गरी मेलम्चीको पानी पठाउने तयारी गरिएको छ ।
‘अध्यक्ष भएमा सङ्गठनलाई चलायमान बनाउँछु’
अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) का उपाध्यक्ष झपिन्द्र खत्रीले आगामी निर्वाचनबाट आफू सङ्गठनको अध्यक्षको जिम्मेवारी पाएमा सङ्गठनलाई चलायमान र गतिशील बनाउने दाबी गर्नुभएको छ ।
धरानमा पाँचौँ प्रदेश स्तरीय पुष्प मेला सुरु
“घर आँगन होस् या सडक किनारा, रोपी स्वदेशी फूल बिरुवा बनाउन् प्रदेश हराभरा” नाराका साथ प्रदेश १ स्तरीय पाँचौँ पुष्प व्यापार प्रदर्शनी मेला धरानमा सुरु भएको छ ।
मोलुङ हाइड्रोको आइपिओ बाँडफाँट
मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीयवासीको लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेको छ । कम्पनीले प्रतिशेयर एक सय रुपियाँ अङ्कित दरको आठ लाख दुई हजार ५०० कित्ता शेयर आयोजना प्रभावित ओखलढुङ्गा जिल्लाका तीन वटा स्थानीय तहका लागि पुस १९ देखि माघ १५ गते सम्म विक्री गरेको थियो ।
प्रतिबन्धित लागुऔषधसहित तीन पक्राउ
मालवाहक ट्रकमा लुकाई छिपाई प्रतिबन्धित लागुऔषध ल्याएको आरोपमा पर्सा प्रहरीले लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रदेश २–०३–००१ क १९३४ नम्बरको मालवाहक ट्रकमा लुकाई छिपाई ठूलो परिमाणमा प्रतिबन्धित लागु औषधसहित तीन जनालाई पर्सा प्रहरीले पक्राउ गरेको हो ।
सात दशमलव सोह्र अङ्कले घट्यो नेप्से
मङ्गलबार उच्च अङ्कको वृद्धि देखिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज (बुधबार) भने घटेको छ । आज नेप्से परिसूचक सात दशमलव १६ अङ्कले घटेर दुई हजार एक सय ७० दशमलव १८ अङ्कमा कायम भएको हो ।
राष्ट्रिय सभा सदस्यमा एमालेका कुमार दशौदी विजयी
राष्ट्रिय सभा उपनिर्वाचनमा सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा (एमाले) का उम्मेदवार कुमार दशौदी विजयी हुनुभएको छ ।
एघार करोडको लागतमा सिँचाइ योजना निर्माण
कपिलवस्तुको बाणगंगा नदीमा ११ करोडको लागतमा बाँध निर्माण सम्पन्न भएको छ । बाणगंगा नगरपालिकाको वडा नम्बर ५ र ६ को आठ सय हेक्टर भूमिमा सिँचाई हुने गरी प्रगति चार मौजा सिँचाइ योजना निर्माण सम्पन्न भएको हो ।
सभामुख घिमिरेसँग चिनियाँ राजदूतको भेट
सभामुख देवराज घिमिरे र नेपालका लागि चिनियाँ राजदूत छेन सोङबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यालयमा भएको भेटमा उहाँहरुबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध, संसदीय गतिविधि आदानप्रदानलगायत विषयमा छलफल भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
पाँचौँ खुला लन टेनिस प्रतियोगिता हुने
रुपन्देहीको बुटवलमा प्रथम मेयर कप तथा पाँचौँ संस्करणको खुला लन टेनिस प्रतियोगिता हुनेभएको छ । रुपन्देही लन टेनिस सङ्घको आयोजनामा फागुन ६ देखि १० गतेसम्म देवीनगर लन टेनिस कम्प्लेक्समा हुने प्रथम मेयर कप तथा पाँचौँ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ को तयारी पूरा भएको सङ्घका अध्यक्ष गोपाल ज्ञवालीले बताउनुभयो ।
जग्गा वर्गीकरण गर्न स्थानीय तह अन्यौलमा
दोलखाको स्थानीय तहमा जग्गा वर्गीकरण बारेमा अन्योल देखिएको छ । जिल्लाका नौ स्थानीय तहमध्ये भीमेश्वर नगरपालिका र बैतेश्वर गाउँपालिकाले मात्र भूवर्गीकरण गरेका छन् ।
एक वर्षमा सतर्कता केन्द्रमा भ्रष्टाचारका ८९८ उजुरी : ६५९ वटा फर्छ्यौट
आर्थिक वर्ष २०७८/७९ मा राष्ट्रिय सतर्कता केन्द्रमा ८९८ उजुरी परेका छन्। यो आर्थिक वर्षमा ६४७ र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका २५१ गरेर ८९८ उजुरी छानबिन भएको केन्द्रले जनाएको छ। केन्द्रले छानबिन गरेकामध्ये ६५९ वटा उजुरी फर्छ्यौट भएका छन्।
उपचार अभावमा वृद्धाको बिचल्ली
कैलालीका एक वृद्ध आर्थिक अभावमा उपचार नपाएपछि चार वर्षदेखि जिउँदो लासजस्तै हुनुभएको छ । घोडाघोडी नगरपालिका –१ कौवाका ७० बर्षीया तुलसीदेवी आचार्यलाई चार वर्ष पहिले प्रेसरले हानेपछि प्यारालाइसिस भएको थियो ।
नागरिकमैत्री प्रहरी व्यवहार लागु गरिने
जिल्ला प्रहरी कार्यालय हुम्लाले नागरिकमैत्री प्रहरी व्यवहार लागु गर्ने प्रतिबद्धता जनाएको छ । नयाँ सरुवा भएर आउनुभएका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले प्रहरी नागरिकको सुरक्षाका लागि खटिने भएको कारण व्यवहार पनि नागरिकमैत्री बनाइने बताउनुभएको हो ।
अमेरिकी सरकारको सहायता प्रदान गर्ने नीतिको प्रशंसा
अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआईडी) का प्रशासक सामन्था पावरले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलेसँग शिष्टाचार भेटघाट गर्नु भयो ।
भात पकाउने गोरहाको प्रयोग बढ्यो
सप्तरीमा खाना पकाउनका लागि परम्परागत रूपमा प्रयोग गरिने गोरहाको प्रयोग बढेको छ । गोरहाको प्रयोगले खाना पकाउन र जाडोमा आगो ताप्न सहयोग पुग्ने हुनाले यसको प्रयोग बढेको स्थानीयको भनाइ छ ।
प्रहरी अधिकृतको विकास गरी दक्ष जनशक्ति परिपूर्ति गर्ने लक्ष्य : निमित्त प्रहरी महानिरीक्षक
निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाले सामाजिक उत्तरदायी, सिर्जनशील र परिणाममुखी व्यावसायिक प्रहरी अधिकृतहरूको विकास गरी नेपाल प्रहरीको दक्ष जनशक्ति परिपूर्ति गर्ने लक्ष्य रहेको बताउनुभएको छ ।
कृषि, पर्यटन, व्यापारिक प्रवर्द्धनका लागि महोत्सव
पूर्वी नवलपरासीको कावासोतीमा कृषि, पर्यटन, व्यापारिक प्रवर्द्धनका लागि फागुन ३ गतेदेखि १३ गतेसम्म सातौँ नवलपुर महोत्सव हुनेभएको छ ।
अत्याधुनिक शौचालय प्रयोगविहीन
नेपालकै पहिलो स्वचालित अत्याधुनिक शौचालयको रूपमा चर्चा पाए पनि सञ्चालनमा आएको केही समयमै शौचालय प्रयोगविहीन भएको छ ।
बालिका छात्रवृत्ति अभियान : ३४ जनालाई दोस्रो वर्षको छात्रवृत्ति प्रदान
मानव अधिकार तथा शान्ति समाजले ७ कक्षामा अध्ययनरत दलित समुदायका विपन्न परिवारका ३४ जना बालिकालाई छात्रवृत्ति प्रदान गरेको छ । समाजले ३४ जना बालिका प्रत्येकलाई १२ हजारका दरले चार लाख ८ हजारको छात्रवृत्ति प्रदान गरेको हो ।
हराउँदै भारी बोक्ने गधा र खच्चर
केही समय पहिला बाजुरामा सामान ढुवानी गर्ने रूपमा प्रयोग हुँदैआएका गधा र खच्चर बिस्तारै लोप हुन थालेका छन् ।