सर्वोच्चमा रेशम चौधरीको मुद्दामा सुनुवाइ हुँदै
नागरिक उन्मुक्ति पार्टीका नेता एवम् पूर्वसांसद रेशम चौधरीले दायर गर्नुभएको मुद्दाको सुनुवाइ हुँदैछ । पूर्वसांसद चौधरीले आफूविरुद्ध जन्मकैदको फौसला खारेज हुनुपर्ने माग राखि सर्वोच्चमा रिट निदेवन दर्ता गर्नुभएको थियो ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठ सुरु भएको छ ।
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक पार्टी कार्यालयमा सुरु भएको छ ।
चिनियाँ ‘बेलुन’ समुद्रमा खसालियो
अमेरिकी वाइडेन प्रशासनले शनिबार अमेरिकी एटलान्टिक तटमा ‘चिनियाँ बेलुन’ खसालेकोमा पेन्टागनको प्रशंसा गरेको छ । तर चीनले यस कदमप्रति आफ्नो ‘कडा असन्तोष’ व्यक्त गर्दै ‘आवश्यक प्रतिक्रिया’ दिन सक्ने बताएको छ ।
कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवारी नदिने
नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको छ ।
राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचन : सत्ता पक्षको उम्मेदवार अर्याल
राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सत्ता गठबन्धनबाट उर्मिला अर्यालले उम्मेदवारी दिनुहुने भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलले भने उम्मेदवारी दिने/नदिनेसम्बन्धमा निर्णय गरेका छैनन् । राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि आइतबार मनोनयन दर्ता हुँदै छ । सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रिय सभाको उपाध्यक्ष पदको मनोनयन प्रस्ताव आइतबार दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म दर्ता हुनेछ । मनोनयन दर्ता नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा हुनेछ ।
भएन विमानस्थलको चित्तबुझ्दो सुधार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार चित्तबुझ्दो नभएको बताउनुभएको छ । शनिबार विमानस्थलस्थित आन्तरिकतर्फको टर्मिनल अनुगमनका क्रममा उहाँले तुलनात्मक रूपमा विमानस्थलको सुधार हुँदै गए पनि चित्तबुझ्दो रूपमा सुधार हुन नसकेको बताउनुभयो।
क्यानको विवादास्पद निर्णयविरुद्ध प्रदर्शन
नेपाल क्रिकेट सङ्घ (क्यान)ले बलात्कार मुद्दाका अभियुक्त सन्दीप लामिछानेलाई खेलमा फर्काएको विरोधमा युवाले शनिबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ। प्रदर्शनकारीले क्यान र सन्दीपलाई बहिष्कार गर्नुपर्ने माग गरेका छन्। नाबालिगलाई बलात्कार गरेको अभियोग क्रिकेट खेलाडी लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा विचाराधीन रहेको अवस्थामा क्यानले सन्दीपलाई राष्ट्रिय टिममा फर्काउने निर्णय गरेको थियो। आरोपी लामिछानेलाई क्यानले शुक्रबारदेखि अभ्यास खेलमा सहभागी बनाएको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भएको छ।
भैरहवा–कोलम्बो सिधा उडान गर्न आग्रह
मित्रराष्ट्र श्रीलङ्का भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री डा. विमला राई पौडेलले त्यहाँका प्रधानमन्त्री दिनेश गुणवद्र्धनेसँग भेट गर्नुभएको छ । सो अवसरमा परराष्ट्रमन्त्री डा. पौडेलले श्रीलङ्काका प्रधानमन्त्री गुणवद्र्धनेसँगको भेटमा कोलम्बो र भैरहवा सिधा हवाई उडानका लागि आग्रह गर्नुभयो ।
छब्बीस वर्ष पुराना विद्यार्थीलाई मौका परीक्षा
त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा भर्ना भए पनि प्रयोगात्मक परीक्षामा अनुपस्थित भएका कारण उत्तीर्ण हुन नसकेका २६ वर्ष पुराना विद्यार्थीलाई मौका परीक्षाको अवसर दिएको छ। परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले तीन वर्षे स्नातक तहअन्तर्गत व्यवस्थापन, शिक्षाशास्त्र, मानविकी तथा सामाजिकशास्त्र र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत भर्ना भएका विद्यार्थीलाई यस्तो मौका दिएको हो। हाल स्नातक तहअन्तर्गत सम्पूर्ण सङ्काय चार वर्षे भइसकेको छ।
सबैसँग संवाद हुँदैछ, समस्या समाधान हुन्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उठाएको मागका सन्दर्भमा आफूले सबै पक्षसँग संवाद गर्ने र समस्याको समाधान हुने बताउनुभएको हो ।
कर्तव्य ज्यान मुद्दामा दम्पती पक्राउ
जिल्ला प्रहरी कार्यालय गुल्मीले एक दम्पतीलाई कर्तव्य ज्यान मुद्दामा प्रक्राउ गरी सार्वजनिक गरेको छ ।
राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग सहकार्य हुन्छ : माओवादी केन्द्र
नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने भएको छ ।
ट्रकको ठक्करबाट एक जनाको मृत्यु
जिल्लाको तिनाउ–५, चौबिस माइलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग हुँदै पाल्पाबाट बुटवलतर्फ गइरहेको लु २९ प ३२९७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको ल. २ ख ८४३ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए
पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण कम भएसँगै नेपालबाट बाहिरिने भन्दा भित्रिने पर्यटकको सङ्ख्या बढ्दै गएको हो ।
बृहस्पतिमा ९२ वटा चन्द्रमा !
खगोलविद्हरूले बृहस्पतिमा थप १२ वटा चन्द्रमा पत्ता लगाएका छन् । यो सँगै सौर्यमण्डलमा सबैभन्दा धेरै चन्द्रमा भएको ग्रह बृहस्पति भएको छ ।
स्कुल बसको ठक्करबाट युवकको मृत्यु, दुई घाइते
सर्लाही सदरमुकाम मलङ्गवामा शनिबार बिहान स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।
साताका सात तस्बिर
काठमाडौंको मखन तरणीबहाल अगाडि ह्विलचेयरमा बसेर मास्क बेच्दै गरेका एक व्यक्तिलाई मङ्गलबार गाडीमा राखेर लाँदै काठमाडौं महानगर प्रहरी ।
सानो सङ्घर्षबाट जनताको अधिकार प्राप्त भएको होइन : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उपलब्धि र जनताको अधिकार सानो सङ्घर्षबाट प्राप्त नभएको बताउनुभएको छ ।
माधव नेपालको २५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)
’नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।
डेढ वर्षदेखि कार्यालय सहयोगीको भरमा विद्यालय
खोटाङको एक विद्यालय डेढ वर्षदेखि कार्यालय सहयोगीको भरमा रहेको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित भीमकन्या प्राथमिक विद्यालयमा डेढ वर्षदेखि एक जना कार्यालय सहयोगी मात्र रहेको पाइएको हो ।
भीड तथा दङ्गा नियन्त्रणसम्बन्धी नमुना अभ्यास गर्दै प्रहरी
जिल्ला प्रहरी कार्यालय नवलपुरले कावासोतीमा भीड तथा दङ्गा नियन्त्रण सम्बन्धी नमुना अभ्यास प्रदर्शन गरेको छ । आन्दोलनका क्रममा हुने धनजनको क्षति रोक्न नवलपुरका सुरक्षा निकायद्वारा स्थिति नियन्त्रण नमुना अभ्यास गरिएको हो ।
विमानस्थलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार चित्त बुझ्दो नभएको बताउनुभएको छ । शनिबार बिहान विमानस्थलको अनुगमन गर्न पुग्नुभएका मन्त्री किरातीले यस्तो बताउनुभएको हो ।
पाल्पामा ट्याक्टरको ठक्करबाट आमा–छोराको मृत्यु
पाल्पामा ट्याक्टरको ठक्करबाट आमा–छोराको मृत्यु भएको छ । लु. २ त. ९८८४ नम्बरको ट्याक्टरले लु.५३ प.७५७१ नम्बरको स्कुटरलाई शनिबार बिहान ठक्कर दिँदा आमा–छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।