• ३ असार २०८१, सोमबार

सभापति लामिछानेले विशेष पत्रकार सम्मेलन गर्नुहुँदै

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु

blog

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सहभागी हुन पार्टी कार्यालय वसुन्धरा पुग्नुभएको सभापति रवि लामिछाने ।

काठमाडौं, माघ २२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक पार्टी कार्यालयमा सुरु भएको छ ।

यसअघि शनिबार साँझ बसेको निर्णयक भनिएको बैठक निष्कर्षविहीन भन्दै आज (आइतबार)का लागि तय भएको थियो ।

संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकलगत्तै सभापति रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ ।

पार्टी कार्यालय वसुन्धरामा आइतबार दिउँसो साढे १ बजे सभापति लामिछानेले विशेष पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो ।

चितवन–२ बाट निर्वाचित लामिछानेले नागरिकता विवादमा दोषी ठहर भएपछि उक्त पद गुमाउनुभएको छ । पुनः नागरिकता लिनुभएपछि उहाँ गैरसांसद गृहमन्त्री बन्ने कसरतमा हुनुहुन्छ ।

आजै सभापति लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको छ ।