उडानमा नयाँ व्यवस्था
नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई दुर्घटना न्यूनीकरण गर्न पाँचवटा नयाँ नियम जारी गरेको छ । जारी नयाँ नियममध्ये केही तत्काल कार्यान्वयनमा आउनेछन् भने केही आगामी गृष्मकालीन मौसम लागेसँगै कार्यान्वयनमा आउनेछन् । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आन्तरिक हवाई उडानलाई थप सुरक्षित, भरपर्दो, मर्यादित र व्यावसायिक बनाउने उद्देश्यले नयाँ हवाई उडान व्यवस्था गरिएको बताउनुभयो ।
दुबई पुगेकी किशोरी कुवेतमा बिक्री
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी किशोरी कुवेत पु-याई बेचबिखनमा परेकी छिन् । मानव बेचबिखनमा संलग्न गिरोहले १९ वर्षीया ती युवतीलाई पाँच लाख रुपियाँमा बिक्री गरेका थिए । बेचबिखनमा परेकी किशोरी कुवेतमा पु-याई यौनजन्य क्रियाकलापसँगै श्रम शोषणमा परेको सूचनापछि कुवेतमा रहेको नेपाली दूतावासले उद्धार गरी नेपाल पठाएको छ ।
नेपाल–युरोपेली सङ्घको बैठक: हवाई सुरक्षा प्राथमिकतामा
नेपाल र युरोपेली सङ्घको सम्बन्ध नेपालको हवाई सुरक्षाको उच्च प्राथमिकतामा रहेको छ । बेल्जियमको ब्रसेल्समा बसेको नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको बैठकमा हवाई सुरक्षा द्विपक्षीय सम्बन्धको प्राथमिकतामा रहेको थप प्रस्ट पारिएको हो । सङ्घको प्रतिनिधिमण्डलले नेपालमा माघ १ गते भएको यती एयरलायन्स दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । दुवै पक्षले दुर्घटनापछिको अवस्थालाई सम्बोधन गर्न नेपाल नागरिक उड्डयनसँगको सहकार्यमा नेपालको अवस्थिति अध्ययन गर्ने विषय हालका लागि केही पछाडि सार्ने विषयमा सहमति जनाएका छन् ।
‘टेलिकमको सेवा ग्राहकको घरसम्मै पुर्याउँछौँ’
नेपाल टेलिकमले प्रदान गर्दैआएको हरेक सेवा सेवाग्राहीको घरसम्म पुर्याउने नेपाल टेलिकम मधेश प्रदेश प्रादेशिक निर्देशनालयका निर्देशक अन्तप्रकाश मल्लिकले बताउनुभएको छ ।
पोखराबाट उड्ने हवाइयात्रु क्रमशः बढ्न थाले
माघ १ गते पोखरामा भएको विमान दुर्घटनापछि पातलिँदैगएको विमान उडान अहिले क्रमशः लयमा फर्किन थालेको छ ।
मिस नेपालका लागि आवेदन खुला : ‘विश्वभरका महिलासँग मित्रता बढाउने अवसर पायौँ’
द हिडेन ट्रेजर मिस नेपालले – २०२३ को आवेदन खुलाएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत द हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकरले मिस नेपालको आगामी यात्रा शुभारम्भ गर्न गइरहेको जानकारी दिनुभयो ।
सिमकोट रिङरोड निर्माणको काम अघि बढ्ने
हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटको रिङरोड निर्माण कार्य अगाडि बढ्नेभएको छ । कर्णाली प्रदेश सरकारबाट बजेटको व्यवस्था भएपछि बजेट अभावले रोकिएको निर्माण कार्य अघि बढ्ने भएको हो ।
बुटवलवासीलाई रगतसम्बन्धी सबै सेवा निःशुल्क
बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क हुने भएको छ । बुटवल उपमहानगरपालिकाले रक्त सञ्चार सेवा केन्द्रसँग सम्झौता गरी बुटवलभित्रका बासिन्दाले रुपन्देहीका अस्पतालहरूमा उपचाररत रहँदा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ लिँदा शुल्क नलाग्ने व्यवस्था गरेको हो ।
सत्ता समीकरण फेरबदल हुँदैन : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल सत्ता समीकरण फेरबदल नहुने बताउनुभएको छ।
पूर्वकप्तान पारसद्वारा क्रिकसल प्रशिक्षण केन्द्रको उद्घाटन
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले स्वयम्भूस्थित द एक्सेल्सियर स्कुलले निर्माण गरेको क्रिकेटको बन्द प्रशिक्षण गर्ने मैदान (क्रिकसल) को उद्घाटन गर्नुभएको छ ।
गोरखापत्रकर्मी पराजुली सम्मानित
गोरखापत्रकर्मी वसन्त पराजुली सम्मानित हुनुभएको छ । विश्व सिमसार दिवसको अवसर पारेर राप्ती नदी तटीयक्षेत्र सरसफाइ अभियानले एक कार्यक्रम गरी पराजुलीलाई सम्मान गरेको हो ।
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (बिहीबार) दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २२ दशमलव १२ अङ्कले ओरालो लागेर दुई हजार ९४ दशमलव ५४ मा सीमित भएको छ ।
दुई अध्यादेश स्वीकृत
गण्डकी प्रदेश सभाले दुई वटा अध्यादेश स्वीकृत गरेको छ । आज (बिहीबार) बसेको प्रदेश सभा बैठकले प्रदेश सरकारबाट जारी भएका निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश स्वीकृत गरेको हो ।
प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरी पक्राउ
ट्रयाक्टर जलाएको मुद्दामा फरार सूचीमा रहनुभएका कैलाली –२ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी पक्राउ पर्नुभएको छ । आज उहाँ पक्राउ पर्नुभएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले पुष्टि गर्नुभयो ।
सङ्कटमा छन् झलनाथले सम्झिएका असला
गलकोट नगरपालिका ९ का गोम रानाले सानैदेखि दरमखोलामा माछा मार्नुहुन्थ्यो । जलारीका रुपमा उहाँको लामो अनुभव छ । रानाले जाल खेल्दा पहिलेझैँ माछा पर्न छाडेको धेरै भइसक्यो ।
‘मिडियाकर्मीले स्वास्थ्य प्रवर्द्धन सेवालाई प्राथमिकता दिनुपर्छ’
मिडियाकर्मीले प्रचारात्मक सेवालाई मात्र जोड दिंदैआएको भए पनि अब स्वास्थ्य प्रवर्द्धन सेवालाई प्राथमिकता दिनुपर्ने सरोकारवालाले बताएका छन् ।
तनहुँ जलविद्युत आयोजनाको प्रवेश सुरुङ छेडियो
तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रवेश सुरुङ छेडिएको छ ।
‘रास्वपालाई गृहमन्त्री दिन पूर्णपाठ चाहिँदैन'
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्री दिन अदालतको पूर्ण पाठ खोजिरहनु नपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा पत्रकारसँग बिहीबार कुरा गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।
राप्ती नदीमा १० वटा गोही छाडिए
बाँके राष्ट्रिय निकुञ्जले बर्दिया निकुञ्जबाट ल्याएर १० वटा गोही (घडियाल) बाँकेको राप्ती नदीमा छोडेको छ । सिमसार दिवसको अवसरमा बर्दियाबाट ल्याइएको गोही लुम्बिनी प्रदेशका मन्त्री कृष्णा केसीले बिहीबार राप्तीसोनारी गाउँपालिका –१ स्थित राप्ती नदीमा छोड्नुभयो ।
सांसदले नागरिकसँग गरेका वाचा संसदीय गतिविधिबाट पूरा गर्नुपर्छ : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले छोटो समयमा नै संसदीय गतिविधिबाट नागरिकका समस्या समाधान गरी नेपालको संसदीय इतिहासमै शिक्षा दिने किसिमको भूमिका खेल्न सांसदहरूलाई आग्रह गर्नुभएको छ ।
प्रतिनिधिसभा सदस्यका लागि दुईदिने अभिमुखीकरण सुरु
प्रतिनिधिसभा सदस्यका लागि आजदेखि दुईदिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । शुक्रबार बिहान ११ बजेदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रम अपराह्न ४ बजेसम्म जारी रहने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
अपाङ्गता भएका व्यक्ति पक्राउ,महानगरपालिकाको दाबी मिल्दैन
सडकपेटीमा बसेर सामान बेचिरहेका अपाङ्गता भएका एक व्यक्तिलाई काठमाडौँ महानगरपालिकाका प्रहरीले मङ्गलबार साँझ ट्रकमा हालेर लैजाँदै गर्दाको फोटो बुधबारको गोरखापत्र दैनिकमा प्रकाशित भएपछि त्यसबारे गम्भीर प्रतिक्रिया उत्पन्न भएको छ। अपाङ्गता भएका व्यक्ति र अधिकारकर्मी तथा सर्वसाधारणले सामाजिक सञ्जालमा उक्त कार्य मानवता विरोधी भएको भन्दै आलोचना गर्नुभएको छ। काठमाडौँ महानगरपालिकाले महानगरका सडक खाली गराउन गरेको प्रयासमा मानवीय पक्षलाई उपेक्षा गरिएको र यसले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धिका प्रावधान उल्लङ्घन भएको दाबी गरिएको छ।
अर्थतन्त्र सुधार्न थप कदम चाल्ने सरकारको तयारी
मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सरकारले थप कदम चाल्ने भएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुधबार राजधानीमा आयोजित ‘अर्थतन्त्रको अवस्था र अबको निकास’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सो जानकारी दिनुभएको हो।
सत्ता साझेदार दलबीच गृहमन्त्री नियुक्तिबारे मतभेद
सर्वोच्च अदालतको आदेशपश्चात् गृहमन्त्रीबाट रवि लामिछाने पदमुक्त भएपछि रिक्त रहेको गृहमन्त्रीबारे सत्ता साझेदार दलबीच मतभेद देखिएको छ। नेकपा (एमाले)ले गैरसांसदका रूपमा लामिछानेलाई नै गृहमन्त्री बनाउनुपर्ने दबाब दिइरहेको छ भने नेकपा (माओवादी केन्द्र)ले सर्वोच्चको फैसलाको पूर्णपाठ आएपछि मात्रै निर्णय गर्ने बताएको छ।